यस वर्षको ‘जोगमाया चापागाईँ गजल पुरस्कार’ गजलकार कमल संघर्षलाई 

-- नेपाली टाईम्स अस्ट्रेलिया ?>
अस्ट्रेलियामा बसोबास गर्दै आइरहेका गायक एबं साहित्यकार प्रदिप चापागाईंले आफ्नी हजुरआमाको नाममा स्थापना गरेको ‘जोगमाया चापागाईँ गजल पुरस्कार’ यो बर्ष हजुरआमा स्व. जोगमाया चापागाईँको २२ औं पुण्य तिथीको अवसर पारेर गजलकार कमल संघर्षलाई दिने निर्णय जोगमाया चापागाईँ प्रतिष्ठानले गरेको छ।
प्रतिष्ठानको तर्फबाट प्रदिप चापागाईँ  र ज्योति चापागाईँले एक प्रेस बक्तब्य प्रकाशित गरि उक्त कुराको जानकारी गराएका छन् । गजलकार कमल संघर्षको प्रकाशित गजल सङ्रह ‘सडक’ का लागि यो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो । गत वर्ष देखि सुरु गरिएको यो पुरस्कार गत साल गजलकार अशिम सगरले प्राप्त गरेका थिए ।