सप्तरीबाट प्रारम्भ भयो एनआरएनएको राहत वितरण

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– सरकारबाट राहत वितरण गर्ने अनुमति पाए लगत्तै एनआरएनले सप्तरीबाट बाढी पीडितलाई राहत वितरण गर्न थालेको छ । अनुमति पाए लगत्तै एनआरएनका अध्यक्ष डा.शेष घलेको नेतृत्वमा राजेन्द्र भट्ट, श्याम तामाङ्ग, धर्मराज गीरी, राजेश राणाको टोली आन्तरिक विमानस्थलबाट हेलिकप्टरमा राजविराज पुगी राहतको आवश्यकता सामाग्रीको पहीचान गर्नका लागी जिल्ला प्रसाशन कार्यालयका प्रमुख लगायत स्वाथ्य चौकीको लागी आवश्यक पर्ने औषधी, विशेषज्ञको बारेमा एकिन तथ्याङ्क तयार पारि फर्केको छ ।
आगामी हप्ताको मंगलबारदेखि राहत सामाग्री र स्वास्थ्य चौकी संचालनमा आउने छ । चार हजार बाढी पिडित परिवारहरुलाई छ हजार रुपैया बराबरको खाध्ययान्न, टेण्ट वितरण गर्ने अध्यक्ष डा। घलेले बताउन भइकाृ छ , डा.घलेका अनुसार प्रारम्भिक अध्ययनका लागि त्यहां पुग्नु एको हो । यसले राहत आवश्यक ठाउमा दिन सहज हुनेछ ।
प्रमुख जिल्ला अधिकारी भगीरथ पाण्डेका अनुसार एनआरएनएले वितरण गर्ने राहत वास्तविक पिडितहरुकोमा पुर्याउन सहयोग गरिने छ । यो राहत राहत मात्र नभई पिडितहरुको लागी एउटा सहयोग बन्ने छ । ।
नेपालको तराई भु–भाग विशेष गरेर कोशी नदी वरपरका बस्ती गाँउहरुलाई असर गरेको बाढी पिडितहरुलाई दुई वर्ष पूर्व गएको महाभुकम्पमा जस्तै राहत वितरण गर्न अध्यक्ष डा. घले र उनकी श्रीमती जमुना गुरुङ्गबाट एक करोड सहयोग गरेर शुरु गरीएको सहयोगको लक्ष दुई करोड थियो । हाल सम्म दुई करोड भन्दा बढीको वचनबद्धता आई सकेको छ । करीब पचास जना स्वयम सेवकले चार दिन राहत वितरण गर्ने छन भने दुई हप्ता भन्दा बढी स्वास्थ्य विशेषज्ञहरुले स्वास्थ्य सिविर संचालन गर्ने छन । यसका लागी जिल्ला प्रसाशन कार्यालय राजविराजले सहकार्य गर्ने छन भने नेपाल प्रहरी र नेपाली सेनाले पनि सघाउने छ ।
राहत वितरणमा सहभागी हुन केन्द्रिय उपाध्यक्ष भवन भट्ट, अमेरिकाज् संयोजक सोनाम लामा केन्द्रिय सल्लाहकार त्रिलोक यम गुरुङ्ग, राजेन्द्र भट्ट लगायत एनआरएनहरु नेपाल आएका छन भने आईसीसी सदस्य जमुना गुरुङ्ग पनि नेपाल आई पुगेकी छिन ।
अध्यक्ष घले बाढीले तराइ डुबानमा परेको खबर पाउने बितिकै गत हप्ता नै नेपाल आएका हुन । नेपाल सरकारको एक द्वार प्रणालीले गर्दा एनआरएनएले राहत वितरण गर्न पाएको थिएन । केहि दिनको प्रयास पछि सत्र अगस्तको दिन सप्तरीमा मात्र राहत वितरण गर्न पाउने अनुमती दिएको हो ।