काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौं– त्रिभूवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन तत्कालका लागि स्थगित गरेको छ । त्रिविले प्रेस विज्ञप्ती जारी गरी काठमाडौं नेशनल कलेजलाई दिएको सम्बन्धन हाललाई स्थगित गरेको जनाएको छ । त्रिविले एक महिनाअघि काठमाडौं नेशनल कलेजलाई सम्बन्धन दिएको थियो ।
उक्त मेडिकल कलेजका सम्बन्धनका विषयमा टीकाटिप्पणी आएपछि छानविन समिति गठन गरेको त्रिविले जनाएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० बमोजिम भएरनभएको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदन नआएसम्मका लागि अस्थायी सम्बन्धन स्थगित गरेको हो ।
त्रिविको विज्ञप्तीमा भनिएको छ– ‘सत्यतथ्य खोजबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्म त्रि।वि। कार्यकारी परिषद्बाट मिति २०७४।४।१२ मा अस्थायी सम्बन्धन दिने भनी गरेको निर्णय हाललाई स्थगन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।’
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...