काठमाडौं नेशनल मेडिकल कलेजको सम्बन्धन स्थगित

काठमाडौं– त्रिभूवन विश्वविद्यालयले काठमाडौं नेशनल मेडिकल कलेजलाई दिएको अस्थायी सम्बन्धन तत्कालका लागि स्थगित गरेको छ । त्रिविले प्रेस विज्ञप्ती जारी गरी काठमाडौं नेशनल कलेजलाई दिएको सम्बन्धन हाललाई स्थगित गरेको जनाएको छ । त्रिविले एक महिनाअघि काठमाडौं नेशनल कलेजलाई सम्बन्धन दिएको थियो ।
उक्त मेडिकल कलेजका सम्बन्धनका विषयमा टीकाटिप्पणी आएपछि छानविन समिति गठन गरेको त्रिविले जनाएको छ । स्वास्थ्य संस्था स्थापना, सञ्चालन तथा स्तरोन्नति मापदण्ड सम्बन्धी निर्देशिका, २०७० बमोजिम भएरनभएको सत्यतथ्य पत्ता लगाई प्रतिवेदन पेश गर्न समिति गठन गरिएको छ । सो समितिको प्रतिवेदन नआएसम्मका लागि अस्थायी सम्बन्धन स्थगित गरेको हो ।
त्रिविको विज्ञप्तीमा भनिएको छ– ‘सत्यतथ्य खोजबिन समितिको प्रतिवेदन प्राप्त नभएसम्म त्रि।वि। कार्यकारी परिषद्बाट मिति २०७४।४।१२ मा अस्थायी सम्बन्धन दिने भनी गरेको निर्णय हाललाई स्थगन गरिएको व्यहोरा समेत जानकारी गराइन्छ ।’

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...