उदहरणिय कार्य गर्दै ‘नया’

-- The NTA / प्रकाशित मिति : शुक्रबार, चैत्र ५, २०७२
सहयोगलागि उठाएको बाँकी रकम एनआरएनए अस्ट्रेलिया सोसियल वेल फेर फण्ड कै खातामा फिर्ता  …………….
 NAYA logo
संस्था स्थापनाको हिसाबले नयाँ नै भए पनि सिड्नीमा रहेका युवाहरुको संस्था नेपाली अस्ट्रेलिया युथ एसोसिएसन (नया) ले एक पछि अर्को उदाहराणिय र सकारात्मक कार्यहरु गर्दै युवा जनशक्तिलाई सकारात्मक कार्यमा उत्पेरणा दिइरहेको छ । खेल र अतिरिक्त युवा कृयाकलपबाट युवा/युवतीहरुलाई रचनात्मक भूमिकामा आबद्द गराउने पबित्र उदेश्यका साथ स्थापना भएको यस संस्थाले त्यसको अलावा बिबिध सामाजिक र परोपकारी कार्यहरुमा सधै हात बढाउदै आएको छ।  फल स्वरुप पटक-पटक नेपाल देखि अस्ट्रलिया सम्मका बिबिधि संस्थाहरुलाई सहयोग गर्ने र भबितब्य पर्दा युवा-युवतीहरु एक भएर समस्या समाधानमा पनि सधै अगाडी बढिरहेको छ ।
   NAYA Donation (3)NAYA Donation (2)  NAYA Donation (1)
यस्तै परोपकारी कार्य स्वरुप अभिभाबकिय भूमिका निर्बाह गर्दै गत महिना सिड्नीमा मृत्यु भएका एक युवा राजु भण्डारीको सम्पूर्ण मृत्यु पछिका र दाहा संस्कार सम्मको कार्यहरुको जिम्मा लिएर सम्पन्न गरेको छ । ‘नया’ का अध्यक्ष कोमल पाठकले जनाए अनुसार घटना घटेको केहि मिनेट भित्रै आफु सहित ‘नया’ का साथीहरु र एनआरएनए अस्ट्रेलियाका साथीहरु घटना स्थल पुगी दाहासंस्कारको दिन सम्म खेटेर यो कार्य सम्पन्न गरिएको हो ।  पाठकका अनुसार मृतकको नजिकको आफन्त र नेपालमा रहेका अभिभाबकले यतै दाहा संस्कार गर्न अनुमति दिए पश्चात संस्थाको तर्फबाट यहाँ रहेका नेपाली दाजु भाई दिदि बैनिहरुलाई आर्थिक सहयोगको अपिल गरिएको थियो । सोहि अनुसार सबै मनकारीहरुको सहयोगबाट उनको दाहासंस्कार सम्पन्न भएको छ ।
                                                                                             Main list
यसको अलावा सधै यस्ता कार्यहरुमा उठेको रकम कति खर्च भए, कति पुगेन, नपुग रकम कसरि जुराईयो ? बचत रकम के गरियो ? भनि सधै प्रश्न उठिरहने गर्दथ्यो । ‘नया’ ले यस कार्यको लागि उठेको रकमको सबै हिसाब दुरुस्त र बचत रकम तत्कालै एनआरएनए अस्ट्रेलियाको सोसियल वेल फेर फण्डको खातामा जम्मा गरि यहाँका संचार माध्यमहरुलाई जानकारी गराई सरहानिय कार्यको सुरुवात गरेको छ ।
यसका साथै एकल प्रयास र कुनै एउटा संस्थाले मात्र यस्ता भबितब्य घटनाहरु पार लगाउन कठिन पर्ने हुदाँ यसरि नै हामी सबै मिलेर अगाडी बढ्नु पर्ने  र परोपकारी कार्यको आय व्यय तत्कालै सार्बजनिक गर्दा यसले सबै सहयोगी हरुलाई उत्साह थप्ने पनि पनि ‘नया’ का अध्यक्ष कोमल पाठकले बताए । संस्थाले यस कार्यमा सहयोग गर्ने मृतकका सबै साथीभाई इस्टमित्र एनआरएनए अस्ट्रेलिया र अस्ट्रेलियामा रहेका सबै संघ संस्था र पदाधिकारीहरु, एनएसडब्लु बाणिज्यदुतको कार्यलय लगाएत सबैलाई हार्दिक धन्यबाद पनि व्यक्त गरेको छ।