रिट खारेज भएपछि सिलवालको राजीनामा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– आईजीपी प्रकरणमा मुद्दा हारे लगतै नेपाल प्रहरीका डीआईजी नवराज सिलवालले राजीनामा दिएका छन् । ३० वर्षे सेवा अवधि सकिन ६ महिना मात्र बाँकी छँदा उनले राजीनामा दिएका हुन्।

वरियता क्रमअनुसार आफूलाई आइजिपी हुनबाट वञ्चित गरेको भन्दै असन्तुष्ट रहेका उनले मंगलबार राजीनामा दिएका हुन्। आइजिपी नियुक्त नभएपछि उनी सर्वोच्च अदालत गएका थिए। उनले २०७३ चैत ३० गते अदालतमा रिट दायर गरेका थिए। सर्वोच्चले समेत उनको रिट खारेज गरेपछि प्रहरी सेवाबाट हट्ने निर्णय गरेका हुन्।

सिलवालले मंगलबार साँझै विज्ञप्ति जारी गर्दै प्रहरी सेवाबाट अलग भएको घोषणा गरेका छन् । अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने आफूले अनुभूति गरेको भन्दै उनले अन्यायमा परेकाहरुको सशक्त आवाज बन्ने कोसिस गर्ने बताए ।