दुई नम्बर प्रदेशको निर्वाचनमा केन्द्रित राजनीति

-- कृष्ण भट्टरार्इ, नेपाली टाइम्स अष्ट्रेलिया ?>

अघिल्लो दुई चरणका स्थानिय निर्वाचन सफलतापूर्वक सम्पन्न भएपछि यतिबेला सम्पूर्ण राजनीति दल, निर्वाचन आयोग तथा सर्वसाधारणको ध्यान प्रदेश नम्बर २ मा सम्पन्न हुने तेस्रो चरणको निर्वाचनमा केन्द्रित भएको छ । उक्त प्रदेशमा यही सेप्टेम्बर १८ का दिन स्थानिय निकायको निर्वाचन सम्पन्न हुँदैछ ।

केही महिनाअघि नै घोषणा गरिएको प्रदेश नम्बर २ को निर्वाचन सफलतापूर्वक सम्पन्न होला कि नहोला भन्ने कुराको अन्यौल केही साताअघि सम्म कायम थियो । यद्धपि, केही साताअघि सरकार तथा आन्दोलनरत मधेशी मोर्चाबीच भएको वार्ता सहमतिमा टुंगिएपछि सेप्टेम्बर २ का दिन निर्वाचन हुने निश्चित भएको हो । पहिलो र दोस्रो चरणको स्थानिय निर्वाचन वहिष्कार गरेको राष्ट्रिय जनता पार्टि (राजपा) ले तेस्रो चरणको निर्वाचनमा सहभागिता जनाउने निर्णय गरें सँगै तराईमा निर्वाचनको माहौल बनेको हो, चुनावी सरगर्मी चढेको हो ।

 

निर्वाचन तयारी पूरा

निर्वाचन आयोगले सेप्टेम्बर १८ (२ असोज) मा हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूण तयारी पुरा भैसकेको जानकारी गराएको छ । आयोगले निर्वाचनका लागि तीन हजार ५ सय ७८ मतदान केन्द्र निर्धारण गरेको जनाएको छ । प्रदेश नं २ का १ सय ३६ स्थानीय तहमा हुने निर्वाचनका लागि दुई हजार १ सय ६६ मतदान स्थलसमेत निर्धारण भएको निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिएका छन् । स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतदान गर्नेछन् । प्रदेश नं २ मा एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउापालिका रहेका छन् । यो निर्वाचनबाट कूल ६ हजार ६२७ जनप्रतिनिधिको चयन हुनेछन् ।

 

मधेशमा चुनावी रौनक

प्रदेश नम्बर २ को स्थानीय तह चुनावको मिति नजिकिँदै जाँदा मधेसमा चुनावी रौनक ह्वात्तै बढेको छ । आठ जिल्लाका १ सय ३६ स्थानीय तहमा उम्मेदवारको टुंगो लगाउन प्रमुख राजनीतिक दलहरू अन्तिम कसरत गर्दैछन् । उम्मेदवारको अन्तिम सूचि तय गर्न नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा राष्ट्रिय जनता पार्टीले आन्तरिक छलफल तीव्र पारेका छुन् । दलहरूलाई चुनावमा उम्मेदवारका आकांक्षीहरू धेरै भएका कारण उम्मेदवारको टुंगो लगाउन समस्या परेको देखिएको छ । सम्भवत: सेप्टेम्बरको पहिलो सातासम्म सबै दलहरूले उम्मेदवारको टुंगो लगाइसक्ने छन् ।

२ नम्बर प्रदेशमा हुने स्थानीय तह चुनावमा उम्मेदवारी मनोनयनको कार्यक्रम सेप्टेम्बर ६ लाई तोकिएको छ । नेपाली कांग्रेसले अगष्टको १५ सम्ममा उम्मेदवार टुंगो लगाइसक्ने भने पनि यो सामाग्री तयार पारुञ्जेल उसले उम्मेदारको टुंगो लगाउन सकेको छैन । कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा उम्मेदवार चयनका लागि ८ वटै जिल्लाका पूर्व सांसद, उम्मेदवारका प्रत्यासीलगायत नेता तथा कार्यकर्तालाई राखेर छलफल गरेको थियो । सेप्टेम्बर ३१ सम्ममा सबै उम्मेदवारको नाम तय गर्ने भनिएपनि अहिलेसम्म कांग्रेसले अन्तिम नामावली टुंग्याएको छैन ।

प्रमुख प्रतिपक्षी एमालेले प्रदेश नम्वर २ का अगुवा कार्यकर्ता भेला वीरगन्जमा सम्पन्न गरेको छ । उपाध्यक्ष वामदेव गौतमलगायत उम्मेदवारी टुंग्याउने जिम्मा पाएका सबै नेता २ नम्बर प्रदेशका जिल्लामा छन् । रौतहटबाट संसदीय चुनाव जितेका नेता माधव नेपाल चुनावी अभियानकै क्रममा रौतहटका प्राय: सबै गाउँमा पुगिसकेका छन् । नेताहरूको चुनावी अभियानसंगै उम्मेदवार चयनको काम पनि भइरहेको छ । एमालेले सबै ठाउँमा सर्वसम्मत ढंगले उम्मेदवारको टुङगो लगाइसकेको सकेको दावी गरिए पनि हालसम्म घोषणा भने गरिएको छैन ।

पहिलो र दोश्रो चरणको चुनावमा धेरै ठाउँमा कांग्रेससँग तालमेल गरेको नेकपा माओवादी केन्द्रले पनि प्रदेश २ मा भेला राखेको छ । जनकपुरमा प्रारम्भ भएको भेलामा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपस्थित भए । अधिकांश स्थानीय तहमा माओवादीले उम्मेदवारको टुंगो लगाइसकेको एक नेताले जानकारी दिएका छन् । माओवादीले पनि अन्तिम नामावली सार्वजनिक गरेको छैन ।

त्यसो त अधिकांश राजनीतिक दलहरूले एजेन्डा मिल्ने दलसंग स्थानीय स्तरमा तालमेल गर्ने रणनीति बनाएका छन् । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र तराई मधेसमा बढी प्रभाव रहेका राष्ट्रिय जनता पार्टी राजपा नेपाल, संघीय समाजवादी फोरम नेपाल तथा नेपाल लोकतान्त्रिक फोरमसाग तालमेल गर्न चाहेका छन् । यद्धपि ती तीन मधेस केन्द्रीत दलबीच नै तालमेल हुने संभावना हालसम्म देखिएको छैन । सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेबीच पहिलो र दोश्रो दुवै चरणको चुनावमा तिब्र प्रतिस्पर्धा देखिएका कारण यी दुई दलबिच पनि तालमेल हुन सक्ने अवस्था देखिंदैन । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले भने अवस्था हेरेर मात्रै तालमेल गर्ने योजना बनाएको छ ।

अघिल्ला दुई चरणको निर्वाचनमा भाग नलिएको राजपालाई पनि उम्मेदवार तय गर्न गाह्रो परिरहेको छ । केहि दिनअघि वीरगन्जको पार्टी कार्यालयमा बसेको राजपाको बैठकमा उम्मेदवारीकै विषयलाई लिएर झडपसमेत भएको थियो । यद्धपि उसले निर्वाचनको तयारी भने तिब्र पारेको बताएको छ । राजपा उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लका अनुसार केन्द्रीय पर्यवेक्षकले स्थानीय तहबाटै सर्वसम्मत रूपमा उम्मेदवार चयन प्रक्रिया अघि बढाउनेछ । सर्वसम्मत हुन नसके अध्यक्षमण्डलको छलफलबाट उम्मेदवारको टुंगो लगाइने छ ।

प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरमा कांग्रेस, एमाले र माओवादी तीन वटै ठूला राजनीतिक दल र फोरम नेपालले पनि उममेदवारको टुंगो लगाउन सकेका छैनन् । वीरगञ्जलाई सबै दलहरूले प्रतिष्ठाको रुपमा हेरेका छन् ।

 

दलहरूको यस्तो छ दावी

तेस्रो चरणको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू चुनाव केन्द्रीत हुन थालेका छन् । पहिलो र दोस्रो चरणका निर्वाचनमा संविधान संशोधनविना निर्वाचनमा नजाने भन्दै राजपाले भाग लिएको थिएन । यद्धपि, तेस्रो चरणको निर्वाचनमा राजपासमेत निर्वाचनमा भाग लिने भएपछि चुनावी रौनक बढेको छ । २ नम्बर प्रदेशमा बढीभन्दा बढी स्थानीय तहमा विजय हाासिल गरेर पहिलो कसरी बन्ने भन्ने विषयमा रणनीति बनाएर दलहरू मधेस झरेका छन् । सबै दलका केन्द्रीय तहका नेताहरू २ नम्बर प्रदेशमा केन्द्रीत बनेका छन् । निर्वाचनको मिति नजिकँदै जाादा दलहरूले आ–आफ्नै दावीसमेत गरिरहेका छन् । कांग्रेस, एमाले, माओवादी केन्द्र र राजपाका शीर्ष यतिबेला नेता तराईमै छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत अहिले २ नम्बर प्रदेश झरेका छन् भने एमाले वरिष्ठ नेता माधवकुमार नेपाल एक सातादेखि तराईमै छन् ।

नेपाली कांग्रेसले २ नम्बर प्रदशेमा ८० देखि १ सय स्थानीय तहमा विजयी हुने दावी गरेको छ । एमालेले भने ५० सिट जित्ने अनुमान गरेको छ । माओवादी केन्द्रले पनि ५० स्थानीय तहमा विजयी हुने दावी गरेको छ । राजपाले भने २ नम्बर प्रदेशमा सबैभन्दा बढि स्थानीय निकायमा विजयी भएर पहिलो नै हुने दावी गरेको छ ।