गुलरियामा तनाव, अनिश्चितकालिन कफ्यू

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– जिल्ला प्रशासन कार्यालय, बर्दियाले आज सोमबार बिहान १० बजेदेखि गुलरिया नगरपालिका–११ लालपुरसहित आसपासका संवेदनशील क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ ।
हिजो आइतबार साँझ लालपुरमा ताजिया र मूर्ति विसर्जन गर्ने क्रममा सडकमा ठाउँ साँघुरो भएको विषयलाई लिएर विवाद हुँदा दुई पक्षबीच झडप भएको थियो । स्थितिलाई सामान्य बनाउन प्रहरीले केही सेल अश्रुग्यास र हवाईफायर गरेको थियो ।
झडपमा पाँचजना सामान्य घाइते भएका थिए । सोही घटनापछि दुई पक्षबीच पुनः झडप हुनसक्ने सम्भावना रहेकाले स्थितिलाई शान्तिपूर्ण बनाउन कर्फ्यू आदेश जारी गर्नुपरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए ।
प्रजिअ भट्टराईका अनुसार, स्थिति साम्य नभएसम्म कर्फ्यू आदेश जारी रहनेछ । दुवै पक्षबीच वार्ताको प्रयास भइरहेको पनि बताए ।