एमालेसंग तालमेल गर्ने माओवादी केन्द्रको निर्णय
एकिकरणकै सम्भावना

काठमाडौं— नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा तालमेल गर्ने भएको छ । सोमबार बसेको सचिवालय बैठकले एमालेसँग चुनावी तालमेल गर्ने निर्णय गरेको हो । यसअघि नेकपा एमालेले प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा बाम एकता खाँचो रहेको भन्दै तालमेल गर्ने निर्णय गरेको थियो ।
चुनावी तालमेलका लागि माओवादीले अध्यक्ष पुष्पकमल दाहाल नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय समिति बनाएको छ । समितिमा नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा रहनेछन् । समितिले गरेको निर्णय नै मान्य हुने माओवादी केन्द्रले जनाएको छ ।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पहिलो चरणअन्तर्गत एमालेसँग चुनावी तालमेल गर्न लागेको बताएका छन् । पहिलो प्रयासमा एमालेसँग चुनावी तालमेल गर्न लागेका हौं । हाम्रो लक्ष्य भने पार्टी एकीकरण नै हो, श्रेष्ठको भनाइ छ ।
उच्चस्तरीय समितिले एमालेसँग चरणबद्ध छलफल गर्ने श्रेष्ठले बताएका छन् । चुनावी तालमेलका लागि दुबै पार्टीबाट सहमतिका ड्राफ्टसमेत तयार भएको छ । दुबै पार्टीका शीर्ष नेताहरुले ड्राफ्टलाई अन्तिम रुप दिएर सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी भएको बताइन्छ ।
यसैबीच, एमालेसँग चुनावी तालमेल गर्ने माओवादी केन्द्रको निर्णयप्रति पार्टीका चार केन्द्रीय नेताले नोट अफ डिसेन्ट लेखेका छन् । नेता मणि थापाले पार्टीको दीर्घकालीन योजना बनाएर अघि बढ्नुपर्छ न कि कुनै पार्टीसँग तालमेल गरेर । यसले जनयुद्धको मनोभावनालाई ठेस पुर्याउँछ भन्ने धारणा व्यक्त गरेका छन् ।
उक्त निर्णय आफूहरुलाई मान्य नहुने भन्दै सचिवालय सदस्यहरु मातृका यादव, प्रभु शाह, मणि थापा र गोपाल किरातीले नोट अफ डिसेन्ट लेखेका हुन् ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...