लोकतान्त्रिक गठबन्धनको कार्यदल

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडा्रं– नेपाली कांग्रेसको नेतृत्वमा बनेको बृहत् लोकतान्त्रिक गठबन्धनले कार्यदल गठन गरेको छ ।
कार्यदलमा नेपाली कांग्रेसबाट विमलेन्द्र निधि, पूर्णबहादुर खड्का र डा। मीनेन्द्र रिजाल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट बुद्धिमान तामाङ, राप्रपा प्रजातान्त्रिकबाट विक्रम पाण्डे, संघीय समाजवादी फोरम नेपालबाट रामसहाय यादव, राष्ट्रिय जनता पार्टी नेपालबाट सर्वेन्द्रनाथ शुक्ल र नेपाल लोकतान्त्रिक फोरमबाट रामजनम चौधरी रहेका छन् ।
आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा १८ असोजमा कांग्रेससहित छ दलले गठबन्धन गर्ने निर्णय गरेका थिए ।