फेसियल हाउसको सम्मान यु–१८ फुटबल टोलीलाई

काठमाडौं– भुटानको राजधानी थिम्पुमा सम्पन्न यु–१८ साफ च्याम्पियनसिपको उपाधि विजेता नेपाली फुटबल टिमलाई मंगलबार काठमाडौंमा सम्मान गरिएको छ । सुन्धारास्थित सिटिसी मलमा रहेको फेसियल हाउसले खेलाडीहरुको सम्मानमा केक काटेर खुशीयाली साटासाट गरेको हो । प्रतियोगिताको फाइनल खेलमा नेपालले भारतलाई २–० ले पराजित गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा नेपालका दिनेश हेन्जलले दुई गोल गरेका थिए । उक्त प्रतियोगितामा ४ खेल खेलेको नेपालको तीनमा जित तथा एकमा हार व्यहोरेकोृ थियो ।
सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा सहभागि भएका यु–१८ टिमका कप्तान अर्पण कार्कीले फेसियल हाउसलाई उत्साह जगाउने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । ‘दसैंको मुखैमा भुटानबाट उपाधि जितेर स्वदेश फर्किँदा अत्यन्त खुशी लागेको थियो, कप्तान कार्कीले भने—‘अब एएफसी अन्डर–१८ मा पनि राम्रो गर्ने छौं ।’
फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा सौन्दर्यकर्मी सुष्मा महराले नेपाललाई उपाधि दिलाउने युवा खेलाडीहरुको उत्साह जगाउने उदेश्यले उनीहरुलाई सम्मान गर्दै खुशीयाली साटासाट गरेको बताइन् ।
समारोहमा यु–१८ का कप्तान अर्पण कार्कीसहित खेलाडीहरु सुमन अर्याल, दिनेश हेन्जल, एरिक विष्ट, अभिषेक रिजाल, रोमन लिम्बु, अभिषेक बराल तथा अशोक थापा मगर उपस्थित थिए ।

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...