फेसियल हाउसको सम्मान यु–१८ फुटबल टोलीलाई

काठमाडौं– भुटानको राजधानी थिम्पुमा सम्पन्न यु–१८ साफ च्याम्पियनसिपको उपाधि विजेता नेपाली फुटबल टिमलाई मंगलबार काठमाडौंमा सम्मान गरिएको छ । सुन्धारास्थित सिटिसी मलमा रहेको फेसियल हाउसले खेलाडीहरुको सम्मानमा केक काटेर खुशीयाली साटासाट गरेको हो । प्रतियोगिताको फाइनल खेलमा नेपालले भारतलाई २–० ले पराजित गर्न सफल भएको थियो । उक्त प्रतियोगितामा नेपालका दिनेश हेन्जलले दुई गोल गरेका थिए । उक्त प्रतियोगितामा ४ खेल खेलेको नेपालको तीनमा जित तथा एकमा हार व्यहोरेकोृ थियो ।
सम्मान तथा बधाइ ज्ञापन कार्यक्रममा सहभागि भएका यु–१८ टिमका कप्तान अर्पण कार्कीले फेसियल हाउसलाई उत्साह जगाउने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद दिए । ‘दसैंको मुखैमा भुटानबाट उपाधि जितेर स्वदेश फर्किँदा अत्यन्त खुशी लागेको थियो, कप्तान कार्कीले भने—‘अब एएफसी अन्डर–१८ मा पनि राम्रो गर्ने छौं ।’
फेसियल हाउसकी प्रवन्ध निर्देशक तथा सौन्दर्यकर्मी सुष्मा महराले नेपाललाई उपाधि दिलाउने युवा खेलाडीहरुको उत्साह जगाउने उदेश्यले उनीहरुलाई सम्मान गर्दै खुशीयाली साटासाट गरेको बताइन् ।
समारोहमा यु–१८ का कप्तान अर्पण कार्कीसहित खेलाडीहरु सुमन अर्याल, दिनेश हेन्जल, एरिक विष्ट, अभिषेक रिजाल, रोमन लिम्बु, अभिषेक बराल तथा अशोक थापा मगर उपस्थित थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...