एनआरएनएको निर्वाचन सोमबार १ बजेपछि

काठमाडौं–गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको दोस्रो दिन आज आइतबार बन्द सत्रसँगै उम्मेदवारहरुको मनोनयन दर्ता प्रारम्भ भएको छ। निर्धारित समय भन्दा ढिला अन्तिम मतदाता नामावली प्रकाशन भएकोले उम्मेदवारको मनोनयनमा ढिला शुरु भएको हो ।
भोलि सोमबार दिउसो १ बजेपछि मतदान कार्यक्रम प्रारम्भ हुनेछ। मतदानको समय दिउसो १ बजेदेखि बेलुका ६ बजेसम्म तोकिएको छ।
प्रमुख निर्वाचन अधिकृत शिव रिजालका अनुसार केही डेलिगेट आउन ढिला भएकोले प्रतिनिधि पास वितरण लम्बिएको बताए। अन्तिम मतदाता नामावली ११ बजे निकाल्ने भनिएकोमा बेलुका ४ बजेमात्रै निकालिएपछि ५ बजेबाट उम्मेदवारले उम्मेदवारी दर्ता शुरु गरेका हुन्।
प्रमुख निर्वाचन अधिकृत रिजालका अनुसार राती नौ बजेसम्म मनोनयन गर्न पाइनेछ भने भोली बिहान ९।३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ। त्यसपछि दावी विरोध र उम्मेदवारको अन्तिम नामावली भोलि दिउसो १२ बजे प्रकासन गरिनेछ।
मतदाताको रुपमा सम्मेलनमा ७७ देशका एक हजार सात सय ९७ जना प्रतिनिधि सहभागी छन्। चार दिनसम्म चल्ने सम्मेनले संघको नयाँ नेतृत्व चयन गर्नेछ। अध्यक्ष, उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, क्षेत्रिय संयोजक सहसंयोजक महिला संयोजक सहितका पदाधिकारी निर्वाचनबाट चयन गर्नेछन् ।
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सिड्नी, अष्ट्रेलिया — सडकपेटी तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताउन बाध्य मानिसहरूको...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
ग्रान्भिल, सिड्नी | २६ सेप्टेम्बर २०२६ दिदीबहिनी विमेन्स नेटवर्क अष्ट्रेलिया (DWNA) को NSW...
सन् २०२५ तिर आइपुग्दा नेपाली समाज नै डिप्रेस्ड भएको हो कि भन्ने...