एनआरएनएको अध्यक्षमा भट्ट र गुरुङबीच प्रतिस्पर्धा

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलनको आज सोमबार नयाँ नेतृत्व छान्ने निर्वाचन हुँदैछ । उम्मेदवारको सूचीअनुसार अध्यक्षमा भवन भट्ट र जमुना गुरुङबीच प्रतिस्पर्धा हुँदैछ । दुई उपाध्यक्ष पदका लागि सात जनाबीच प्रतिस्पर्धा हुने भएको छ। वर्तमान उपाध्यक्ष कुमार पन्त तथा कुल आचार्य, सोनाम लामा, चिरन्जीवि थापा, रविना थापा, खगेन्द्र जीसी उपाध्यक्षको दौडमा छन् ।
महिला उपाध्यक्षमा सपिला राज भण्डारी र रन्जु थापाबीच प्रतिस्पर्धा हुने भएको छ। अध्यक्षपछिको सबैभन्दा महत्वपूर्ण मानिएको महासचिव पदमा त्रिपक्षीय भिडन्त हुने देखिएको छ। महासचिव पदमै निरन्तरता दिन चाहेका वर्तमान महासचिव डा.बद्री केसी तथा त्रिलोक गुरुड, अर्जुन श्रेष्ठबीच प्रतिस्पर्धा हुनेछ ।

पछिल्लो निर्वाचन तालिका अनुसार उम्मेदवारको नाममाथि दाबी विरोधका लागि तोकिएको समय सकिए पनि पहिलो नामावली प्रकासन भएको छैन । दुई बजे उम्मेदवारको अन्तिम नामावली प्रकासन गरिने र तीन बजेदेखि मतदान सुरु गर्ने तयारी निर्वाचन समितिले गरेको छ । सचिव पदमा ऋषिराम कँडेल, डम्बर क्षेत्री, देवबहादुर बस्नेत, सन्तोष कुमार भट्टराई, जानकी गुरुड र गणेश केसीबीच प्रतिस्पर्धा हुनेछ।
कोषाध्यक्ष पदमै निरन्तरता दिन चाहेका वर्तमान कोषाध्यक्ष हिक्मत थापा तथा मुछेत्र गुरुङबीच प्रतिस्पर्धा हुने देखिएको छ। थापा भट्ट प्यानलका हुन् भने गुरुङ जमुना प्यानलका उम्मेदवार हुन्। सह कोषाध्यक्षमा सोम सापकोटा र चित्रबहादुर थापाबीच प्रतिस्पर्धा हुनेछ। युवा संयोजकमा दिपक वली, लोकराज शर्मा, सुदन कुमार थापा र स्वतन्त्र प्रताप शाह उम्मेदवार रहेका छन् ।
क्षेत्रीय संयोजकहरुमा अमेरिका क्षेत्रबाट संयोजकमा एसी शेर्पा, गौरीराज जोशी र श्री पराजुलीबीच प्रतिस्पर्धा हुनेछ। अमेरिका क्षेत्र सहसंयोजकमा सुमन लम्साल, नविन शेरचन र दिलबहादर श्रेष्ठ, गिरीप्रसाद पराजुली चुनाबी मैदानमा छन्। अमेरिका क्षेत्रको महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वाचित भएकी छिन्। युवा संयोजकमा डा।वर्षा मोक्तान पनि निर्विरोध भएको निर्वाचन समितिले जनाएको छ।
युरोप क्षेत्रबाट संयोजकमा गंगाधर गौतम, विनय कुमार श्रेष्ठ, दावा ग्याल्जेन शेर्पा, प्रेम बहादुर गुरुड, शिवप्रसाद बरुवाल र तर्क शेनबीच प्रतिस्पर्धा हुनेछ। उपसंयोजकमा एक राज गिरी, भिम केसी, विजन भट्ट, चिजकुमार श्रेष्ठ, धर्म बहादुर गुरुङ, गोविन्द गौतम, हेमन्त सेडाई, नेत्र मगर, शुक्रराज न्यौपाने र सुरेन्द्र प्रधान रहेका छन्।
युरोपबाट महिला उपसंयोजकमा वर्षा खड्का र संगीता मरहठ्ठाबीच प्रतिस्पर्धा हुनेछ । युवा संयोजकमा जयकृष्ण ठाकुर निर्विरोध निर्वाचित भएका छन् ।
ओसियानाबाट संयोजकमा सुरेन्द्र सिग्देल, पदमलाल सापकोटा र धर्म अधिकारी साथै उपसंयोजकमा ईश्वर कुइँकेल, लोकनाथ पौडेल उम्मेदवार रहेका छन् । महिला उपसंयोजकमा प्रीति शर्मा र सुजाता केसीबीच प्रतिस्पर्धा हुने देखिएको छ। ओसिनीयाबाट युवा संयोजकमा ऋषिराम आचार्य र सूर्य आचार्य रहेका छन् ।
एसिया प्यासिफिकबाट संयोजकमा भवानी शंकर तिवारी, गोविन्द श्रेष्ठ र किरण विक्रम थापा साथै उपसंयोजकमा विनाद कुँवर, केपी सिटौला, पारशमणि शर्मा र रमेश तिवारी उम्मेदवार रहेका छन् । एसिया प्यासिफिकबाट महिला उपसंयोजकमा जुनुमाया गुरुङ निर्विरोध भएकी छिन्। युवा संयोजकमा कुनै उम्मेदवारी नै परेको छैन ।
अफ्रिकाबाट संयोजकमा सुनिल कार्की निर्विरोध निर्वाचित भएका छन्। उपसंयोजकमा डा।भुवन ढकाल, शिव शर्मा पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ। महिला संयोजकमा मनकला विष्ट थापा र युवा संयोजकमा बाबुराम लुइँटेल निर्विरोध निर्वाचीत भएका छन्।
खाडीबाट संयोजकमा धर्म केसी र राजेन्द्र शर्माको उम्मेदवारी परेको छ। उपसंयोजकमा गोपाल कँडेल, हंसराज ढकाल, प्रविन गुरुङबीच प्रतिस्पर्धा हुने भएको छ। महिला उपसंयोजकमा यासयीन बेगम निविरोध निर्वाचित भएका छन्।