लोकदर्शन रेग्मी अब मुख्य सचिव

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– सरकारले मुख्य सचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । आज सोमबार बसेको मन्त्रिपरिषद बैठकले गृह सचिव रेग्मीलाई मुख्य सचिवमा नियुक्त गरेको हो ।
मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्रीले उमेर हदका कारण अवकास पाएपछि रेग्मी मुख्य सचिव नियुक्त भएका हुन् । यसअघि रेग्मी गृह सचिव थिए ।
त्यसैगरी बैठकले गृह सचिवको जिम्मेवारी मोहन सापकोटालाई दिएको छ । सापकोटा यसअघि समान्य प्रशासन मन्त्रालयमा थिए । बैठकले ङइन्द्रप्रसाद उपाध्याय लोक सेवा आयोग, मधुप्रसाद रेग्मी शिक्षा, रेश्मीराज पोण्डे सामान्य प्रशासन, युवकध्वज जिसी वन र प्रकाश माथेमालाई पशुपक्षी मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ । त्यसैगरी विष्णु ओम बादेलाई सह–सचिवबाट सचिवमा बढुवा गरेको छ ।
यता, गोविन्द पोखरेलले राजीनामा दिएपछि रिक्त भएको पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा ९सीईओ० मा युवराज भुषाल नियुक्त भएका छन् । भुषाल पूर्व अर्थ सचिव हुन् । पोखरेललाई नेपाली कांग्रेसले प्युठानबाट प्रतिनिधिसभा सदस्यको उमेदवार सिफारिस गरेपछि उनले राजीनामा दिएका हुन् ।