आजदेखि फिल्म साउथ एशिया
काठमाडौं– दक्षिण एशियाली वृत्तचित्र महोत्सव फिल्म साउथ एशिया (एफएसए) को ११ औं एघारौं संस्करण आज बिहिबार ललितपुरमा प्रारम्भ हुँदैछ । ललितपुरको यलमाया केन्द्रमा आयोजना हुने महोत्सवको सबै तयारी पुरा भएको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै एफएसए निर्देशक मितु वर्माले काठमाडौंका दर्शकका लागि दक्षिण एशियामा देखिएको असाधारण र रोचक समसामयिक अवस्था झल्काउने उत्कृष्ट वृत्तचित्रहरु प्रस्तुत गर्न लागेको बताइन् । वृत्तचित्र प्रदर्शनका लागि दक्षिण एसियाका अन्य शहर भन्दा काठमाडौ सहज रहेको बताउदै उनले भनिन्-‘ वृत्तचित्रले यहाँका दर्शकलाई निरास पार्ने छैनन् ।’
चार दिनसम्म चल्ने एफएसएमा दक्षिण एशियाका तीनसय भन्दा बढी वृत्तचित्रबाट छनोट गरिएका ६३ वृत्तचित्र प्रदर्शन गरिनेछन् । ४५ वृत्तचित्र प्रतिस्पर्धामा समेटिएका छन् भने ६ वटा वृत्तचित्र विद्यार्थीका लागि प्रदर्शन गरिनेछन् ।
उत्कृष्ट हुने वृत्तचित्रले २,००० अमेरिकी डलरको रामबहादर ट्रफि प्राप्त गर्नेछ भने द्वितीय हुने वृत्तचित्रले १,००० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछ ।
त्यस्तै निर्देशकको पहिलो वृत्तचित्रहरुमध्येमा उत्कृष्ट हुनेले १,००० अमेरिकी डलरको तारेक मसूद पुरस्कार, बालबालिकाको विषयकेन्द्रित उत्कृष्ट वृत्तचित्रले १,००० अमेरिकी डलरको युनिसेफ पुरस्कार र विद्यार्थी निर्माण गरेकामध्येको उत्कृष्ट वृत्तचित्रले ५०० अमेरिकी डलर पुरस्कार प्राप्त गर्नेछन् ।
यसका लागि पत्रकार कुन्द दीक्षित संयोजक तथा पाकिस्तानी सिनेमाकर्मी फरजाद नावी र भारतीय पत्रकार राजश्री दासगुप्ता सदस्य रहेको निर्णायक समिति रहेको छ ।
त्यस्तै अन्यत्र प्रतिबन्ध लागेका र प्रदर्शनका लागि अनुमति नदिएका १२ वटा वृत्तचित्र ‘विद्रोहका वृत्तचित्र’ अन्तरगत प्रदर्शन गरिनेछन् । अभिव्यक्ति स्वतन्त्रता र खुला समाजतर्फको यात्रालाई बल दिने अभिप्रायले नै ‘विद्रोहका वृत्तचित्र’ प्रदर्शन गर्न लागिएको एफएसए अध्यक्ष कनकमणि दीक्षितले बताए । उनले भने, ँफिल्म महोत्सवमा सेन्सर गरिनु हुदैन ।”
सन् १९९७ मा शुरू भएको यो द्विवार्षिक मेलाले परिवर्तनकारी सोचलाई प्रवर्धन गर्ने दक्षिण एशियाली विषयका वृतचित्रहरू विगत २० वर्षदेखि प्रदर्शन गर्दै आएको छ । पुरस्कृत र अन्य प्रतिनिधि वृत्तचित्रलाई २०१८ मा ‘ट्राभलिङ् फिल्म साउथ एसिया’को नामबाट दक्षिण एसिया र विश्वका अन्य भागहरूमा प्रदर्शन गरिनेछ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...