प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा होमियो मुलुक

अन्ततः निर्वाचन आयोगले सर्वोच्च अदालतको आदेशलाई सम्मान गर्दै आगामी प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ अलग–अलग मतपत्र तयार पार्ने निर्णय गरेसंगै निर्धारित मितिमै दुबै वटा निर्वाचन सम्पन्न हुने निश्चितप्रायः भएको छ । अक्टोबर २९ का दिन बसेको निर्वाचन आयुक्तहरूको बैठकले नोभेम्बर २६ (मंसिर १०) तथा डिसेम्बर ७ (मंसिर २१) का लागि निर्धारित दुबै तहको निर्वाचनको प्रत्यक्षतर्फ दुई वटा मतपत्र छाप्ने निर्णय गरेको हो । यसअघि आयोगले एउटै पृष्ठमा माथिल्लो भागमा प्रतिनिधिसभा तथा तल्लो भागमा प्रदेशसभाको मतपत्र छाप्ने तयारी गरे पनि सर्वोच्च अदालतको आदेशका कारण अब छुट्टा–छुट्टै पानामा मतपत्र छाप्ने निर्णय गरेको हो ।
‘सर्वोच्चको निर्णयलाई सम्मान गर्दै मतपत्र छाप्ने निर्णयमा हामी पुगेका छौ,’ आयोगका प्रवक्ता नवराज ढकालका अनुसार अदालतको आदेशलाई सम्मान गर्दै भनेको अलग–अलग मतपत्र छाप्ने निर्णय भएको हो । प्रवक्ता ढकालले मतपत्र छाप्ने विषयले निर्वाचनको मितिलाई भने असर नगर्ने स्पष्ट पारेका छन् । ‘निर्वाचन तोकिएकै मितिमा हुन्छ, ढकालले भनेका छन्–‘त्यसमा आयोग सबैलाई ढुक्क हुन आग्रह गर्दछ ।’
अघि बढ्यो निर्वाचन प्रकृया
नोभेम्बर २६ मा हुने पहिलो चरणको निर्वाचनको उम्मेदवारी दर्ता भैसकेको छ । उम्मेदवार बनेका विभिन्न दलका नेताहरू निर्वाचनको प्रचार–प्रसारमा जुटिसकेका छन् । समानुपातिकतर्फको सूची निर्वाचन आयोगमा बुझाइसकेका दलहरूले पहिलो चरणको प्रत्यक्षतर्फको उम्मेदवारी टुंग्याइसकेका छन् । प्रतिनिधि सभा तथा प्रदेश सभाका लागि पहिलो चरणमा ६ वटा प्रदेशका ३२ हिमाली–पहाडी जिल्लामा चुनावको वातावरण तातिसकेको छ । उम्मेदवारहरू प्रचारप्रसारमा जुटिसकेका छन् भने मतदाताहरू पनि निर्वाचनका लागि उत्साहित भैसकेका छन् । डिसेम्बर ७ गते हुने दोस्रो चरणको निर्वाचन हुने क्ष्ँेत्रमा समेत निर्वाचनको पारो बढ्दो छ ।
निर्वाचन सर्ने थियो आशंका
यसअघि सर्वोच्च अदालतले प्रत्यक्ष्ँतर्फको मतपत्र दुई वटा हुने पर्ने आशयको आदेश दिएपछि एमाले–माओवादी गठबन्धनले यसलाई निर्वाचन सार्ने खेलको रुपमा ब्याख्या गरेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन सर्ने कुरै नआउने बताउनु भएको छ । राजधानीमा गरेको सयुक्त पत्रकार सम्मेलनमा बोल्दै दुवै नेताले एकै स्वरमा निर्वाचनको मिति यता उता गर्ने कुनै कुरै नआउने स्पष्ट पारेका हुन् । दुबै पार्टीले हालै काठमाडौंमा गरेको संयुक्त पत्रकार सम्मेलनमा एमाले अध्यक्ष केपी ओलीले निर्वाचनको मिति तय भएर मनोनयन समेत भईसकेको अवस्थामा निर्वाचनको मिति सर्ने संवैधानिक, कानुनी, राजनीतिक, व्यवहारिक, नैतिक कुनै पनि हिसाबले सम्भावना नरहेको स्पष्ट पारेका थिए । कुनै अभिव्यक्ति, फैसला, निर्णय र व्यवहारले निर्वाचन सर्ने कुराको संसय जनतामा नहोस् भन्नका लागि उक्त पत्रकार सम्मेलन गर्न‘परेको भन्दै नेता ओलीले यसप्रति सबै सजग हुनुपर्ने बताएका थिए । ‘लोकतान्त्रिक प्रक्रिया अथवा प्रणालीलाई अवरोध गर्न खोज्छ भने त्यो कुरा नेपाली जनतालाई सह्य हँ‘दैन, यो लोकतन्त्र कसैले हामीलाई किस्तीमा राखेर दिएको होइन, ओलीको भनाइ थियो । उक्त पत्रकार सम्मेलनमा माओवादी केन्द्रका अध्यक्ष दाहालले पनि निर्वाचनको मिति सार्ने प्रश्न नआउने बताउदै आएमा संसद पुनस्थापना हुने जिकिर गरेका थिए । दाहालले तत्कालका लागि सभामुखले संसद स्थगितको मात्र घोषणा गरेको भन्दै निर्वाचन सरे संसद पुनस्थापना हुने दावी गरेका थिए ।
को–कहाबाट उम्मेदवार ?
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराको एक मात्र निर्वाचन क्षेत्रबाट सिफारिस भएका छन् । नेता रामचन्द्र पौडेल तनहुको क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् । महामन्त्री सशांक कोइराला नवलपरासीको पूर्वी क्षेत्रको कान्छोे जिल्ला नवलपुरको क्षेत्र नम्बर १ बाट सर्वसम्मत सिफारिस भएका छन् । नेता प्रकाशमान सिंह काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् । अर्जुननरसिंह केसी र डा. रामशरण महत नुवाकोट १ बाट सिफारिस भएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नम्बर ५ बाट निर्विरोध सिफारिस भएका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपाल तीनवटा क्षेत्रबाट सिफारिस भएका छन् । संवैधानिक बाध्यताका कारण नेपाल एक ठाउबाट मात्रै चुनाव लड्नेछन् । नेता झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ इलामको क्षेत्र नम्बर १ र २ बाट सिफारिस भएका छन् । एमाले उपाध्यक्ष बामदेव गौतम बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा चुनावको लागि सिफारिस भएका छन् । महासचिव ईश्वर पोखरेल यो पटक पनि काठमाडौं ५ बाट प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । एमाले उपाध्यक्ष भीम रावल अछाम १ बाट सर्वसम्मत सिफारिस भएका छन् । शंकर पोखरेल दाङ २, विष्णु पौडेल रुपन्देही २, प्रदीप ज्ञवाली गुल्मी २, गोकर्ण विष्ट गुल्मी १ बाट उम्मेदवारका लागि सिफारिस भएका छन् । अष्टलक्ष्मी शाक्य काठमाडौं ९, घनश्याम भुषाल रुपन्देही १, योगेश भट्टराई ताप्लेजुङ, सुरेन्द्र पाण्डे चितवन २, भानुभक्त ढकाल मोरङ ३, कृष्णगोपाल श्रेष्ठ काठमाडौं ८, सत्यनारायण मण्डल सप्तरी १, रघुवीर महासेठ धनुषा ३, कोमल ओली दाङ ३ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार सिफारिस भएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन क्षेत्र ३ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नेता रामबहादुर थापा बादल पनि चितवन क्षेत्र नम्बर २ बाट सिफारिस भएका छन् । नारायणकाजी श्रेष्ठ गोरखा क्षेत्र नम्त्रर २ बाट प्रतिष्पर्धा गर्दैछन् । माओवादी नेता वर्षमान पुन रोल्पाबाट निर्विरोध सिफारिस भएका छन् । गृहमन्त्री जनार्दन शर्मा कान्छो जिल्ला रुकुम पूर्वबाट चुनाव लड्ने भएका छन् । नेता देव गुरुङ पोखरा क्षेत्र नम्बर १ बाट सिफारिस भएका छन् ।
निर्वाचनको खर्च
संविधानमा भएका व्यवस्थालाई कार्यान्वयन गर्ने क्रममा तीनै तहको निर्वाचनका लागि ठूलो रकम खर्च हुने भएको छ । जस अनुसार ६ अर्ब ५० करोड रुपैयाभन्दा बढी खर्चेर स्थानीय तहको निर्वाचन तीन चरणमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनको तेस्रो चरणको निर्वाचनमा भएको खर्चको भुक्तानी भने यसै आर्थिक वर्षमा निर्वाचन आयोगलाई उपलब्ध गराएको छ ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि पनि सरकारले पाच अर्ब रुपैया खर्च गर्न आयोगलाई अनुमति दिएको छ । आवश्यकताअनुसार अर्थ मन्त्रालयले आयोगलाई खर्च अनुमति तथा भुक्तानी उपलब्ध गराउदै जानेछ । यद्धपि, निर्वाचन आयोगले नै गर्ने खर्चभन्दा पनि सुरक्षा व्यवस्थापनका लागि बढी खर्च हुने गर्छ ।
निर्वाचनका लागि आवश्यक पर्ने खर्चमा कुनै कमी नआओस् भनेर अर्थ मन्त्रालयले ३० अर्ब रुपैया निर्वाचनका लागि छुट्टाएको अर्थ मन्त्रालयका सहसचिव केवलप्रसाद भण्डारीले जानकारी दिएका छन् ।
निर्वाचनमा शान्ति सुरक्षा, जनशक्ति व्यवस्थापन, मतगणना, निर्वाचन शिक्षा, ढुवानी तथा तालीमजस्ता कार्यमा ठूलो रकम खर्च हुने निर्वाचन आयोगले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन सम्पन्न गर्नका लागि लगभग २० अर्बदेखि २५ अर्ब रुपैया खर्च हुने अनुमान रहेको पूर्वअर्थसचिव शान्तराज सुवेदीले बताएका छन् ।
आगामी नोभेम्बर २६ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा ३२ जिल्लाका ७०० भन्दा बढी उम्मेदवार चुनावी मैदानमा छन् । प्रतिनिधि सभामा ३७ पद र प्रदेश सभामा ७४ पदका लागि निर्वाचन हुदैछ । बाकि जिल्लाका पदमा भने डिसेम्बर ७ मा निर्वाचन हुदैछ ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...