निर्वाचनका लागि प्रधानमन्त्रीको यस्तो अपिल

-- नेपाली टाइम्स अस्ट्रेलिया ?>

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचनलाई भय र त्रासबाट मुक्त बनाउने वातावरण निर्माणमा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको सन्दर्भमा गृह मन्त्रालयद्वारा जनकपुरधाममा आयोजित सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले निर्बाध रूपमा निर्वाचनमा मतदान गर्ने वातावरण निर्माण गर्न सबैमा आग्रह गरेका हुन् ।
देउवाले लोकतन्त्रको आधार निर्वाचन भएकाले जनताले इच्छा गरेकालाई मतदान गर्ने कार्यमा कुनै पनि पक्षबाट हस्तक्षेप हुन नदिई सुरक्षित तवरले निर्वाचन सम्पन्न गराउने कार्यप्रति सुरक्षा संयन्त्र गम्भीर हुनुपर्ने धारणा राखे ।
देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत र संविधान कार्यान्वयनका लागि आसन्न निर्वाचन महत्वपूर्ण रहेको बताए ।