छोरा गुमाएको पीडामा प्रचण्डका आँखा रसाएपछि

काठमाडौं– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षकै उमेरमा छोरा प्रकाश दाहालले यो संसारबाट वीदा लिनेछन् भन्ने कुरा सपनामा समेत चिताएका थिएनन् । छोराका साथसाथै आफ्नै स्वकिय सचिवको रुपमा दिनरात आफ्नै वरिपरि हुने आफ्ना एक्ला छोरालाई अचानक गुमाउनु पर्दाको पीडा प्रचण्डको आँखामा स्पष्ट देखिएको छ ।
छोरा प्रकाश दाहालको निधन हुँदा माओवादी अध्यक्ष प्रचण्ड चुनाव प्रचार–प्रसारका क्रममा झापामा थिए । प्रकाशको निधानको खबर सुन्ने बित्तिकै
हेलिकोप्टरमार्फत काठमाडौं आएका उनी लाजिम्पाटस्थित घरमा पुगेर नर्भिक अस्पतालमा आएका थिए । छोरा गुमाउनु परेको पीडालाई आफैं भित्र दवाउँदै प्रचण्डले आफूलाई सम्हालेका थिए । यद्धपि पार्टि मुख्यालय पेरिसडाँडा, कोटेश्वरमा छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिने क्रममा उनले पीडा लुकाउन सकेनन् ।
पेरिसडाँडामा माओवादी नेताहरुको बीचमा रहेका प्रचण्डका आँखा आँसुले रसकाएका थिए । पार्टी प्रवक्ताले शोक वक्तब्य पढेपछि पार्टीको झण्डा ओढाउन आग्रह गरे । आफ्ना छोराको पार्थिर शरीरमा झण्डा ओढाउने क्रममा प्रचण्ड भावविह्ल बने । उनले छोराको अनुहारमा राम्ररी हेर्न समेत सकेनन् र रोइरहे ।
हृदयघात नै मृत्युको कारण
प्रकाश दाहालको हृदयघातका कारण निधन भएको चिकित्सकले जनाएका छन् । नर्भिक अस्पतालका चिकित्सक जेपी जैसवालले प्रकाशलाई आज विहान ५ः५० बजे अस्पताल ल्याइपुर्याउनु तीन घण्टा अघि नै उनको मृत्यु भएको परीक्षणबाट थाहा भएको बताए । अस्पताल ल्याउँदा उनको नाडीको चाल नरहेको र शरीर समेत कडा भइसकेको भन्दै डा जैसवालले लक्षण अनुसार उनको तीन घण्टाअघि नै हृदयघातका कारण निधन भइसकेको बताए । ‘प्रकाशको शरीरमा कुनै चोटपटक छैन, उनले भने-‘ब्लडप्रेसर, डाइबिटिज केही पनि देखिएन ।’
४ बजे अन्त्येष्टि
आज आइतबार अपराह्न चारबजे पछि उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले जानकारी दिएकी छन् ।
प्रकाशका दुई श्रीमती र दुई छोरा छन् । उनी ३६ वर्षका थिए ।
तस्बिर सौजन्य : बाह्रखरी डटकम

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...