किन झस्किन्छन्, तर्सिन्छन् नेपालका बामपन्थीहरू बेला बेलामा

नेपालीमा एउटा उखान छ ,अगुल्टाले हानेको कुकुर बिजुलीदेखि तर्सिन्छ । २०१५ सालको प्रथम आम निर्बाचनमा दुईतिहाई बहुमत ल्याएको कांग्रेसले तेत्तीस बर्षपछि सम्पन्न दोस्रो आम निर्बाचन २०४८ मा पनि स्पस्ट बहुमत ल्याएर एकमना सरकार बनायो भने २०१५ सालमा ४ सिटमा थन्केका बामपन्थीहरूले प्रमुख प्रतिपक्षमा बस्न पाउनेगरी सिटसंख्या बढाए । त्यो उनीहरूको अहोभाग्य थियो । थुप्रै घटकमा छरिएर रहेका उनीहरूलार्ई एउटै बनाउनेकाम कांग्रेसले २०४६ सालको जनआन्दोलनमा नगरेको भए त्यो सफलता उनीहरूलार्ई मिल्ने थिएन कांग्रेसका त घरघरमै दुइपुस्ते मतदाता भइसकेका थिए । त्यसैले कांग्रेसले बहुमत ल्याउनु कुनै ठूलो कुरा थिएन । एउटा कृष्णप्रसाद र मंगलादेबी सिंहलार्ई हराउनासाथ लंका बिजयगरेको ठानेका बामपन्थीहरू त्यो बेलादेखिनै कांग्रेस संग झस्केका हुन् र झस्किने तर्सिने रोग उनिहरूलार्ई त्यै बेलादेखि लागेको हो । नझस्केका भए बहुमतको सरकारलार्ई एकमहिनामै गिराउछौं भन्दै एकमहिना सम्म कर्मचारी आन्दोलन गराउनेनै थिएनन् ।
पंचहरू कुनैबेला कांग्रेस संग त्यसैगरी झस्कीन्थे जसरी आज बामपन्थीहरू झस्केका छन् । त्यसैले महामानव बि पी कोइरालाले भन्नु भएको थियो ‘पंचहरू कांग्रेससंग नझस्क, कांग्रेसहरू पंचसंग नतर्स’ । कांग्रेसको स्कुलिंग अत्यन्तै राम्रो छ । यहा बामपन्थीहरूमा झैं गाली गलौज, गांडकोराकोर, अशिष्ट र अमर्यादित भाषाको प्रयोग गरिंदैन । दलबदल गर्दासाथ भित्तैसम्म पुर्याउने गरी भण्डाफोर गरिदैन । बामदेब गौतमले पार्टी फुटाउदा उनकै सहकर्मीहरूले खुलामञ्चबाट दिएका अभिब्यक्तीहरू पत्रपत्रीकाका पानाहरूमा सुरक्षितै छन् । एउटै पार्टीमा बसेका बेलामा पनि महाधिबेशनका समयमा माधब नेपाल बिरोधीहरूले के के बोले, के के लेखै ती पनि ताजै छन् । गत स्थानीय निर्बाचनमा चितवनको निर्बाचन तथा मतदानका समयमा माओबादी र एमालेका बीचको गाली गलौज कति निम्न स्तरको थियो, त्यो त झन ताजै छ अनि तिनै दुईदलका बीचको आजको हनिमुन कति लोभलाग्दो र ईष्र्या गर्न लायक छ, सबैलार्ई थाहै छ ।
बामपन्थीहरू कांग्रेससंग झस्किनु पनि पर्दैन तर्सिनु पनि पर्दैन बस आफ्नो आचरणमा सुधार गरे पुग्छ । सत्तापक्ष र प्रतिपक्ष दुबै डुंगामा खुट्टा नराखे पुग्छ । ठुस्केर गाली गलौजमा उत्रीने, फुर्केर गुणगान गाउने नगरेहुन्छ । मर्यादित र शिष्ट शब्द प्रयोग गर्न कार्यकर्तालार्ई सिकाए पुग्छ ।
बामपन्थीहरू फुट्दाको टेलर पनि रोमाञ्चक नै हुन्छ, जुट्दाको टेलर पनि रोमाञ्चक नै हुन्छ । कांग्रेसलाई गाली गर्नु पर्दा त यिनीहरूले जग नै हंसाउछन, ति कुरा यहां किन लेखिरहनु पर्यो र ? स्वार्थ मिले स्तुतिगान गाउने, नमिले निर्लज्जताको पराकाष्टामा पुग्ने उनीहरूको पुरानो बानीनै हो । छोरीलार्ई चितवनको मेंयरमा जिताउदाबेरको प्रचण्डको अभिब्यक्ति र एमाले संगको सुहागरातको आजको अभिब्यक्ती कांग्रेसका पक्ष र बिपक्षमा कसरी आईरहेका छन् त्यसैलार्ई हेर्दापनि बामपन्थीहरूका चरित्र छर्लंग हुन्छ । बाबुरामहरू कुनैबेला कांग्रेसलार्ई कसरी दुत्कार्थे, आज कसरी कांग्रेसको प्रबक्ता जस्ता बनेका छन्, त्यसैबाट पनि उनीहरूको चरित्र , र नैतिकता बुझ्न सकिन्छ । कुनै बेला कांग्रेसलाई जरैबाट उखेलेर फ्यांक्नुपर्छ भन्ने बाबुरामहरू, आज माओबादी र एमाले दुबैमा अटन नसक्ने भएपछि कांग्रेससंग शरण मांग्न आए अनि आफ्नो अभिष्ट पुराहुनासाथ भन्दैछन ‘कांग्रेस मात्रै हुने हो भने यो राष्ट्र आफै चम्किन्छ, बामपन्थीहरूको कामै छैन ।’ यति धेरै त कांग्रेसीहरूले पनि भन्न सक्तैनन् । बाम एकता हुंदासाथ बर्षमान पुन भन्दैछन् –काग्रेसले १० सीट पनि जित्दैन, जित्यो भने राजनीति छाडछु । बिचरा उनले कहिले राजनीति गरे र ? बन्दुकै बोकेका भरमा मन्त्री भैहाले, अनपढ श्रीमतीलार्ई सभामुख बनाईहाले, अब मंसिरपछि देवघाटतिर लाग्ने तैयारी गर्दैछन् । उनको यो भनाई र प्रचण्ड, ओलीहरूका भनाईहरू नितान्त काग्रेससंग झस्किएका, तर्सिएका अभिब्यक्ती हुन् । बामपन्थीहरू कांग्रेससंग झस्किनु पनि पर्दैन तर्सिनु पनि पर्दैन बस आफ्नो आचरणमा सुधार गरे पुग्छ । सत्तापक्ष र प्रतिपक्ष दुबै डुंगामा खुट्टा नराखे पुग्छ । ठुस्केर गाली गलौजमा उत्रीने, फुर्केर गुणगान गाउने नगरेहुन्छ । मर्यादित र शिष्ट शब्द प्रयोग गर्न कार्यकर्तालार्ई सिकाए पुग्छ । एउटा भनाइनैछ नि रोममा बस्नु छ भने रोमन जस्तै भएर बस्नु । सशस्त्र युद्ध गरेर आएको पार्टी जसले आज बिधानतः संसदीय ब्यवस्थालार्ई स्वीकारी सकेको छ उसले सत्तापक्ष र प्रतिपक्ष दुबैतिर बस्न मिल्छ ? आफ्ना आचरणबाटै बिस्वासिलो देखिनु पर्यो । बोलीमा मिठास ल्याउनु पर्यो । आफ्ना घोषणा–पत्रहरूमा अमुकदललार्ई प्रमुख दुश्मन भनेर घोषणा गर्नु भएन । बिधानतः प्रोपर्टीराइट स्वीकारी सकेपछि अरूका सम्पत्तीमाथि कुदृष्टी लाउनु भएन । पूरा गर्न नसक्ने आश्वासन जनतालार्ई बांडनु भएन । काग्रेसले त्यसै सिद्धान्तलार्ई स्वीकारेकैले उसका तीनपुस्ते मतदाता छन् । काग्रेससंग तीनपुस्ते मतदाता भएकाले उसले जित्छ । कम्युनिस्ट रोप्नु पर्छ, कांग्रेस आफै उम्रिन्छ भनेर त राम कार्की लगायतका बामपन्थीहरूले नै भनिसकेका छन् ।
कांग्रेस भित्र केहि खराब चरित्र भएकाहरूको हाली मुहालीका कारण कांग्रेसलार्ई बदनाम बनाएका छन्, नत्र कांग्रेसको सिद्धान्त राम्रो भएकैले यसको साख राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा राम्रो छ । खराब ब्यक्ति त तिनका ब्यबहारका कारण पाखा लाग्दै जान्छन् । लागिरहेका पनि छन् । केहीले इतिहासबाट पाठसिकेर आफुलार्ई करेक्सन गर्छन् । गरिरहेका पनि छन् । आफ्नी छोरीलार्ई मेयर बनाउदाबेर कांग्रेस ठिक, काम सकिएपछि कांग्रेस बेठिक भन्नेहरूलार्ई मतदाताले नचिन्लान र ? शेरबहादुर देउवाले जम्बो मन्त्रीमण्डल बनाएकोमा धारेहात लाउने,सत्तोसराप गर्ने, कांग्रेसको बदनाम गर्नेहरूले त्यसको मुल कारक हामीपनि हौं भन्न किन हिचकिचाएको ? सरलक्क मन्त्रीमंडलबाट हटिदिए त भैगो नी । काम बिहिन, पद बिहिन हुंदा पनि मन्त्रीमण्डलमा बसिरहने अनि गाली चांहि कांग्रेस लार्ई ? के जनताले बुझ्दैनन ? तलबकै लागि मात्रै पनि बसिरहने कस्तो निर्लज्जता ? राष्ट्रमाथि ब्ययभार थोपरेर अरूलार्ई गाली ।
कांग्रेसको सिद्धान्त राम्रो भएकैले यसको साख राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा राम्रो छ । खराब ब्यक्ति त तिनका ब्यबहारका कारण पाखा लाग्दै जान्छन् । लागिरहेका पनि छन् ।
कांग्रेस संग झस्किएर गरिएको बाम एकताले कांग्रेसलार्ई घाटा कम नाफा नै बढि भएको छ । हुनै पर्दथ्यो भेंडा भेंडा र बाख्रा बाख्राको खोर अलग, जो आज भयो । सहमती र सहकार्यको राजनीति माथि प्रहार गर्नेहरू लार्ई समयले पाखा अवश्य लगाउने छ । २००७ सालमा राणा फाल्ने कांग्रेस, २०४६ सालमा पंचायत फाल्ने कांग्रेस, २०६४ मा राजा फाल्ने कांग्रेसलार्ई फाल्छौं भन्नेहरूलार्ई समयले आफै फाल्नेछ । आजका बामपन्थीहरूको झैं राजाको कुबुद्दी आउदा राजतन्त्रनै समाप्त भयो । राजतन्त्रले कांग्रेसलार्ई मात्रै च्याप्न सकेको भए आज यो दुर्दशा हुन्थ्यो र ? बिनासकाले बिपरित बुद्धि भनेझै राजाको बुद्धि बिपरित दिशामा गएर बस्नाले राजतन्त्र सकियो, त्यहि मार्गमा बामपन्थीहरू अग्रसर छन् । बामपन्थी एकिकरण आफैमा नराम्रो हैन, यो त हुनै पर्दथ्यो बरू बिलम्ब भयो । उनीहरूकै कारण संसदीय ब्यवस्थालार्ई बदनाम गर्ने काम भैरहेको थियो । एकिकरणका नाममा उत्ताउलो पन स्वयं उनीहरूकालागी घातक छ । जनताका लागि घातक छ । राष्ट्रकालागी घातक छ । लडेर ल्याएको भनिएको उपलब्धि गुम्ने खतरा पनि छ । बामपन्थीहरू ∕ एकपटक सोच्नुस त, संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रका पक्षमा एक खेमा ध्रुबिकृत भयो भने दस बर्षे हिंसाको प्रतिफल कहां पुग्ला ?
कांग्रेस भित्र केहि खराब चरित्र भएकाहरूको हाली मुहालीका कारण कांग्रेसलार्ई बदनाम बनाएका छन्, नत्र कांग्रेसको सिद्धान्त राम्रो भएकैले यसको साख राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमा राम्रो छ । खराब ब्यक्ति त तिनका ब्यबहारका कारण पाखा लाग्दै जान्छन् । लागिरहेका पनि छन् । केहीले इतिहासबाट पाठसिकेर आफुलार्ई करेक्सन गर्छन् । गरिरहेका पनि छन् ।

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...