सिड्नीका गायक सञ्जीव खरेलले ल्याए ‘मेरो माया….’

काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेल आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया…’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गायक खरेल दर्शक तथा स्रोतामाझ आएका हुन् ।
गोपाल रसाइलीद्वारा संगीत संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको जोडीले अभिनय गरेको छ । भिडियोमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ । वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको उक्त म्युजिक भिडियोको निर्देशन लक्ष्मण पौड्यालले गरेका हुन् । नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका निर्देशक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरेका छन् । गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देशक पौड्याल सफल देखिएका छन् ।
भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले लिएको छ । निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् ।
यस्तो छ मेरो मायाको म्युजिक भिडियो
https://youtu.be/6DzloM7wNOI

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...