सिड्नीका गायक सञ्जीव खरेलले ल्याए ‘मेरो माया….’

काठमाडौं– अस्ट्रेलियाको सिड्नीमा बसोबास गर्ने युवा गायक सञ्जीव खरेल आफ्नो सांगीतिक जीवनकै पहिलो म्युजिक भिडियो लिएर दर्शकमाझ आएका छन् । आफ्नै शब्द, संगीत तथा स्वरमा तयार पारिएको ‘मेरो माया…’ शीर्षकको गीतको म्युजिक भिडियोमार्फत गायक खरेल दर्शक तथा स्रोतामाझ आएका हुन् ।

गोपाल रसाइलीद्वारा संगीत संगीत संयोजन तथा मिक्सिङ गरिएको उक्त गीतको म्युजिक भिडियोमा लोकप्रिय अभिनेता पल शाह तथा मोडल करिश्मा ढकालको जोडीले अभिनय गरेको छ । भिडियोमा पल र करिश्माको जोडी आकर्षक देखिएको छ । वियोगान्त रुपमा टुंगिएको एउटा प्रेम कथालाई चित्रण गरिएको उक्त म्युजिक भिडियोको निर्देशन लक्ष्मण पौड्यालले गरेका हुन् । नेपाल आइडलको निर्देशन गरेर चर्चामा आएका निर्देशक पौड्यालले यो भिडियोमार्फत आफ्नो निर्देशकिय क्षमता प्रमाणित गरेका छन् । गीतका शब्दले व्यक्त गरेका भावनालाई भिडियोका दृष्यहरुमार्फत व्यक्त गर्न निर्देशक पौड्याल सफल देखिएका छन् ।
भिडियोमा प्रस्तुत गरिएका आकर्षक लोकेशनलाई क्यामरामा कैद गर्ने काम छायांकार अर्जुन तिवारी तथा उनको समुहले लिएको छ । निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् ।
यस्तो छ मेरो मायाको म्युजिक भिडियो
https://youtu.be/6DzloM7wNOI
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...