नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको अधिवेशन सम्पन्न

अरुण तामाङलाई तेस्रो पटक अध्यक्षमा चयन  
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख १६, २०७८
नेपाली आदिवासी जनजाति मञ्च अस्ट्रेलियाको सातौ अधिवेशन गत अप्रिल २५ का दिन सम्पन्न भएको छ । सिड्नीको टेम्पी रिजर्भ पार्कमा सम्पन्न उक्त अधिवेशनले अरुण तामाङलाई तेस्रो पार्टक अध्यक्ष चयन गर्दै आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको गठन गरेको छ। कार्य समितिका अन्य पदाधिकारीहरुमा दुइ उपाध्यक्ष पेम्बा गुरुङ र राम सिप्तुङ्खा राई, महासचिवमा  सुदर्शन थापा मगर र  राज्य संयोजकमा चित्र बहादुर तुम्बाहाम्फे चयन भएका छन् । यसै गरि सचिवमा मोनिका श्रेष्ठ, कोषाध्यमा दिनेश लामा, सहकोषध्यक्षमा छल बहादुर मगर, पब्लिक अफिसरमा लिल गुरुङ, सह-पब्लिक अफिसरमा सञ्जय राई, सांस्कृतिक सचिवमा रघु जुग्जाली, सह-सांस्कृतिक सचिवमा भिम सम्शेर गुरुङ, खेलकुद विभागमा सचिन ब्याञ्जन्कार, प्राविधिक सचिवमा आशिष लोहोरुङ्ग चुनिएका छन् भने कार्यकारी सदस्यहरूमा उपेन्द्र श्रेष्ठ, घनेन्द्र फियाक, चिराग प्रधान, आशिष शेर्पा, निश्चल राई, मिलन मगर, कमल छन्त्याल, सुरेश शेरचन, समीर बान्तावा रहेका छन्।
मञ्च संग आबद्द अन्य सामुदायिक संस्थाका अध्यक्षहरू स्वतः उपाध्यक्ष हुने संस्थाको प्रावधानअनुसार दीप नारायाण चौधरी, योगेन्द्र राई, सशी सुब्बा र सुन्दोर्जे तामाङ पनि  मञ्चको पदेन उपाध्यक्षमा मनोनित भएका छन् भने, सल्लहाकारमा  गणेश तामाङ र छिरिङ तेन्जी लामा, संरक्षकहरूमा महेन्द्र श्रेष्ठ, राजेन्द्र थापा मगर, सन्तोष थुलुङ्ग राई र नारायण भट्टचन रहेका छन्।
कार्यभार ग्रहण संगै नबनिर्बाचित अध्यक्ष आरुण तामाङले आफ्नो अबको कार्यकालमा पनि संस्थाको बृहतर हितको लागि साझा सबालमा सबै संघ संस्थाहरु संग सहकार्य गर्दै अगाडी बढ्ने बताए । त्यसै गरि पहिचानको मुद्दालाई अभियानको रुपमा अगाडी बढाउने र नेपाल सरकारले सम्बोधन नगरेका विषयवस्तुलाई समेत बलियो सँग उठान गर्दै लैजाने जानकारी दिए ।
चित्र तुम्बाहाम्फेले संचालन गरेको सो कार्यक्रम प्रमुख अतिथि गणेश तामाङको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रममा विशेष अतिथि छिरिङ लामा, अन्य संघ संस्थाका प्रतिनिधिहरु अतिथिको रुपमा उपस्थित थि