मलेसियामा म्युजिक एवार्ड

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र ४, २०७४

मलेसियामा विभिन्न विधाका ३२ जना नेपाली कलाकारहरु पुरस्कृत भएका छन् । फेब्रअरी १६ का दिन आयोजित हिमालयन अन्तर्राष्ट्रिय नेपाली म्युजिक अवार्ड–२०१७ कार्यक्रममा नेपाली गीत, संगीतका विभिन्न कलाकारहरुलाई पुरस्कृत गरिएको हो । हिमालयन ईन्टरटेन्मेन्टले आयोजनामा गरेको कार्यक्रममा यस वर्षको उत्कृष्ट गायकको उपाधि गायक टीका बम्जनले पाएका छन् । त्यस्तै उत्कृष्ट लोक गायिकाको उपाधि भूमिका गिरीले हात पारिन् । कार्यक्रम संयोजक रामकुमार राईका अनुसार यसअघि एसएमएस भोटिङका आधारमा छनौटमा परेकाहरुमध्ये निर्णायक मण्डलले १८ विधाका ३२ जनालाई अवार्ड विजेताका रुपमा छनौट गरी निर्णय सार्वजनिक गरिएको थियो ।