मलेसियामा एक कम्पनीमा आगलागी हुँदा त्यहाँ कार्यरत ४ सयभन्दा बढी नेपाली कामदारको पासपोर्ट जलेर नष्ट भएको छ । जोहोरको सेगामतमा रहेको ईको–सप मार्केटिङ कम्पनी र होस्टलमा मार्च १३ का दिन आगलागी हुँदा पासपोर्ट जलेपछि पीडित नेपाली कामदार चिन्तित भएका छन् । उक्त घटनामा कम्पनीको कार्यालयमा राखिएका कामदारका करिव सयभन्दा बढी प्रति पासपोर्ट जलेर नष्ट भएका हुन् । आगलागीबाट ४ सय १५ नेपालीमध्ये ४ सय ८ जना नेपालीको राहदानी जलेको बर्दिया घर भई हाल उक्त कम्पनीमा कार्यरत शैलेन्द्र चौधरीले बताएका छन् । उनका अनुसार आगलागीमा ५ जना बर्मेली कामदारको पासपोर्ट पनि जलेर नष्ट भएको थियो । ७ जना नेपालीको पासपोर्ट भने काम विशेषले कार्यालय बाहिर भएकाले जल्नबाट जोगिएको छ । आगलागीमा परी कम्पनी भवनमा रहेका ४२ कोठामध्ये १६ कोठाहरू जलेका र होस्टलसमेत जलेपछि राती उनीहरू कम्पनी परिसरभित्रै रहेको गाडी पार्कीङ गर्ने ठाउँमा बस्दै आएका छन् । घटनाबारे कम्पनीका व्यवस्थापक र कामदारले क्वालालम्पुरस्थित नेपाली दुतावासमा जानकारी गराईसकेको र पासपोर्टका लागि प्रक्रिया अघि बढाइएको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार