13199397_10207928054311766_587614091_o  नेपालको चितवन जिल्लाबाट अध्यान, रोजगार, व्यापार लगायत बिभिन्न पेशामा जर्मनीमा रहेका नेपालीहरु बीच हालै एक भेटघाट कार्यक्रम र भेला सम्पन्न भएको छ । भेलाले चितवनवासीको वीचमा आपसी भाईचारा, पुस्ता-पुस्ता वीचको अन्तर्क्रिया, विचार एवं अनुभवको आदनप्रदान गर्न, बहु संस्कृतिक परिवेशमा हुर्कदै गरेका बालबालिकालाई मार्ग प्रदर्शन गर्न र चितवन जिल्लाको समग्र विकास तथा बिभिन्न सामाजिक कार्यमा यथाशक्य योगदान पुर्याउने उद्देश्यले एक संस्थापक तदर्थ समिति  गठन भएको छ ।

भेलामा जर्मनीका विभिन्न शहरहरुमा बसोबास गर्दै आएका चितवनवासीहरु सहभागीता थियो । त्यस्तै समाजसेवामा अग्रणी योगदान गर्दै आएको चितवनवासीहरुको संस्था चितवन सहायता कोष बेल्जियमका पदाधिकारीहरुको सहजीकरणमा प्रकाश शर्माको अध्यक्षता र एनआरएनए का पुर्ब अध्यक्ष जीवा लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले यज्ञराज सुवेदीको संयोजकत्वमा संस्थापक तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिका अन्य सदस्यहरुमा  होम शर्मा, किरण रायमाझी, रमेश शिवाकोटी, भीमा नानी  श्रेष्ठ, ओम आले, राजेश लाल श्रेष्ठ, शिव मरहठ्ठा, रामदाश श्रेष्ठ, यमकला काफ्ले, सुनिल हमाल, आयुष श्रेष्ठ र दिपेन्द्र सुवेदी रहनु भएको छ । त्यस्तै सल्लहाकार समितिमा जीवा लामिछानेका, प्रकाश शर्मा, राम प्रताप थापा, सुरज श्रेष्ठ र हुमनाथ ढकाल हुनुहुन्छ ।

तदर्थ समितिले सदस्यहरु र चितवनवासीहरु वीच क्षेत्रीय संयोजन गर्न र जर्मनीमा रहेका सबै चितवनवासीहरुलाई थप संगठित गराउदै  निकट भविष्यमा विस्तारित भेला गरि समितिलाई आधिकारिकता दिनेछ । संस्थामा आबद्धता भइ जिल्लामा गर्न सकिने बिबिध परोपकारी कार्यहरुका लागि संस्थालाई सल्लाह सुझाब दिनु हुन पनि नबनिर्मित समितिले सबै दाजुभाई दिदिबैनीहरुलाई अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार