अमेरिका र क्यानाडामा रहेरका नेपाली कलाकारले ‘नेपाली कला संस्कृति हाम्रो पहिचान, जहाा भए पनि जगेर्ना हाम्रो अभियान’ भन्दै नेपाली कलाकार सम्मिलित नयाँ संगठन स्थापना गरेका छन् । गायक तथा संगीतकार कन्हैया सिंहको संयोजनमा अमेरिका र क्यानाडामा बसोबास गर्दै आएका नेपाली कलाकारको अनलाइन भेलाबाट, युनाइटेड नेप्लिज आर्टिस्ट एसोसिएसन, नर्थ अमेरीका (युनाना) गठन भएको छ । कलाकारहरूको भेलाबाट २५ सदस्य केन्द्रीय कार्य समिति गठन गरिएको छ । चार उपाध्यक्ष मध्ये टेक्सासवाट नारायण त्रिपाठी, युहाटवाट उज्वल अर्याल र बाल्टिमोरवाट श्याम गुरुङ रहेका छन् । लामो समय नेपालमा रहेर चलचित्र तथा गीत संगीतमा योगदान पुराएका कलाकार सम्मिलित यस सस्थाले नेपाली कला संस्कृतिलाई बिदेशमा चिनाउने उदेश्यले अमेरिका र क्यानाडामा कम गर्नेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार