kabulअफगानिस्तानको राजधानी काबुलमा जुन २० मा भएको आत्मघाती बम बिस्फोटमा १३ जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । मृत्यु भएका नेपालीहरु साब्रे सेक्युरिटी कम्पनीमा काम गर्थे । उक्त कम्पनीले ती नेपालीलाई क्यानडियन राजदूतावासमा सुरक्षा गर्न खटाएको थियो । बिस्फोटमा परी अन्य ८ जना नेपाली घाइते भएका थिए, ती मध्ये एक जनाको उपचारकै क्रममा निधन भएको हो । जलालावादस्थित क्याम्पमा जानका लागि निस्केको बेला उनीहरु चढेको बसमा आक्रमण भएको थियो । उनीहरु चढेका दुई बस मध्ये आक्रमणकारीले पहिलो बस निस्केपछि दोस्रो बसमा आक्रमण गरेका थिए । उनीहरुले क्याम्प जान सिभिलियन बस प्रयोग गरेका थिए । बसमा हतियार र सुरक्षाकर्मी थिएनन् । बस एकै समयमा दिनहुँ क्याम्पका लागि छुट्ने गथ्र्यो । आक्रमणकारी बस निस्कने बाटोमा ढुकेर बसेको प्रहरीले जनाएको छ । तालिवानको प्रवक्ता जबिल्लाह मुजाहिदले ट्वीटरमार्फत आक्रमणको जिम्मा लिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार