hotel-in-uaeसंयुक्त अरब इमिरेटसका विभिन्न प्रान्तमा नेपाली व्यावसायीहरु बढिरहेका बेला उत्तरी इमिरेटस् रास अल खेमा (राक) मा एकसाथ दुई नेपाली रेस्टुरेन्ट सञ्चालन गरिएका छन् । पहिले बन्द भएका जुलाई १ का दिन ती दुई रेस्टुरेन्ट उद्घाटन गरिएको हो । राकको नखिल एरियामा रोह अल इत्तेहाद रेस्टुरेन्ट नयाँ व्यवस्थापनमा सञ्चालन गरिएको हो भने नखिलको सफिर मार्केट छेवैमा काठमाडौं रेस्टुरेन्ट सञ्चालन गरिएको हो । स्वादिस्ट नेपाली परिकारहरुका साथमा मम, चाउमिन, नेवारी सेट, छोयला, सुकुटीलगायत नेपाली चाडपर्व विशेष खाना पाइने काठमाडौं रेस्टुरेन्टमा नेपालमै बसेर खाएको अनुभूति दिलाइने सञ्चालकको दावी छ । सानो एरियामा एकै पटक दुई वटा रेस्टुरेन्ट सञ्चालन आउन लागेपनि दुई रेस्टुरेन्टबीच स्वस्थ्य व्यावसायिक सम्बन्ध रहने दुबै नेपाली लगानीकर्ताले प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार