सकसमा एनआरएनका छ महिना

  • एनअारएनमा बसेर काम गर्न चाहनेहरुलार्ई उल्टै आर्थिक भार नथोपर्ने, चुनावताका राजनैतिक दलको घरदैलो चहार्ने कामलाई निरुत्साहित गर्दै कार्यक्षमताका आधारमा मानिसहरुलार्ई पदीय जिम्मेवारी दिदै जाने व्यवस्था गर्नु आवस्यक छ ।

  • एनआरएनए अहिले आगामी अक्टोबर १४ देखि १७ सम्म हुने आठौं विश्व सम्मेलनको तयारीमा जुटेको छ । त्यसै अनुरुप विश्वका करिब ७६ मूलुकहरुमा फैलिएको एनआरएनए राष्ट्रिय समन्वय परिषदको अधिवेसन हालै सम्पन्न भएको छ । मनोनित बाहेक सबै आइसीसी सदस्यहरु राष्ट्रिय समन्वय समितिहरुबाटै निर्वाचित भएर आउने व्यवस्था छ ।  ती आइसीसी सदस्यहरुले काठमाडौंमा हुने विश्व सम्मेलनमा सपथ खाएपछि मात्रै उनीहरुको बहाली हुन्छ र कार्यकाल सुरु हुन्छ ।  अन्य पदाधिकारीहरुको निर्वाचन भने सम्बन्धित राष्ट्रिय समन्वय समितिद्वारा छनौट  गरि पठाएका प्रतिनिधि (डेलिगेट ) हरुले प्रत्येक २ बर्षमा काठमाडौँमा हुने विश्व सम्मेलनमा चयन गर्ने गर्दछन् । आइसीसी पदाधिकारीका लागि मतदान गर्न  विश्व सम्मेलनमा एनसीसीबाट पठाउने प्रतिनिधिहरुकोलागि निश्चित मापदण्ड पनि एनआरएनए आइसीसीले  बिधानमा स्पष्ट व्यवस्था गरेको छ । यसरी दुई तहबाट निर्वाचित भै पूर्ण कार्यसमिति बन्ने हुनाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद  (आइसीसी) विश्व भरि रहेका एनआरएनहरुको एउटा समानुपातिक प्रतिनिधिमूलक अंग हो ।

    यो ६ महिना एनआरएनएको अस्तित्वको लागि अत्यन्तै संबेदनशिल समय हो । चुनाबमा उठ्ने, राजनैतिक र अन्य आधारमा गुट वा प्यानल बनाउने, नेपाली नेपालीलाई बिभिन्न कित्तामा  उभ्याएर फुट ल्याउने र पदमा बसेका मानिसहरुले व्यापक पदिय मर्यादाको दुरुपयोग गर्ने जस्ता हर्कतहरु यही समयमा हुने गर्दछन्  ।

    आगामी अक्टोबर १४ देखि १७ सम्म हुन गैरहेको आठौ विश्व सम्मेलन अगावै सबै राष्ट्रिय समन्वय समितिहरुमा सेप्टेम्बर १४ अर्थात विश्व सम्मेलनको ठिक १ महिना अगाडिसम्म अधिवेसन सम्पन्न गरि प्रतिनिधिहरु को नामावली पनि पठाई सक्नु पर्ने प्राबधान अनुसार गत केहि महिनादेखि संसार भरिका एनआरएनएहरुमा नयाँ नेतृत्वको चयन र अधिवेसनको लहर चलेको छ । एनआरएनएको कार्यकाल २ बर्षको हुने हुनाले पनि यस्तो चुनाबी तापक्रम प्रत्येक २ बर्षमा अप्रिलदेखि अक्टोबरसम्म करिब ६ महिनासम्म चल्ने गर्दछ ।

    यो ६ महिना एनआरएनएको अस्तित्वको लागि अत्यन्तै संबेदनशिल समय हो । चुनाबमा उठ्ने, राजनैतिक र अन्य आधारमा गुट वा प्यानल बनाउने, नेपाली नेपालीलाई बिभिन्न कित्तामा  उभ्याएर फुट ल्याउने र पदमा बसेका मानिसहरुले व्यापक पदिय मर्यादाको दुरुपयोग गर्ने जस्ता हर्कतहरु यही समयमा हुने गर्दछन्  । प्रवासमा  मिलेर बसेको नेपाली समाजमा  गूट, फूट र लूट अक्सर यहि बेलामा मौलाउन पुग्छ । केहि मानिसहरु अधिवेसन र चुनाव कै बेलामा यो पार्टी, त्यो पार्टी, जाति क्षेत्रको स्वर उरालेर थाक्दैनन् । जबकि एनआरएनए एउटा सबै नेपालीको साझा अभियान हो । यो तथ्य या त उनीहरु बुझ्दैनन् या बुझेर पनि संकुचित स्वार्थका कारण बुझ पचाउँछ्न ।

    त्यसै गरि केहि मानिसहरुका लागि यो बेला मिलेर बसेका नेपालीहरु बीच एक आपसमा घात, अन्तर्घात र प्रतिघातको शिकार बनाउने खेल रच्ने, राजनीतिक, जातीय क्षेत्रीय आधारमा मानिसहरुलार्ई ध्रुविकरण गराउने राम्रो अवसर बन्छ । त्यति मात्र होइन  कतिपय मानिसहरुलार्ई एनआरएनएको चुनाब संस्थालाई हाक्ने कुशल चयन गर्नको लागि भन्दा पनि रिस उठेका मानिसहरुलार्ई ठिक पार्नको लागि गौंडो कुरेर बस्ने सुबर्ण अवसरका रुपमा प्रयोग पनि गर्दछन् ।

    दोश्रो पुस्ताका एनआरएनहरुलाई जोड्ने खालको प्रभाबकारी कार्य योजना ल्याउने र उनीहरुलार्ई “नेपालीका लागि नेपाली” अभियानमा समाहित गर्ने गरि पहिलो पुस्ताका एनआरएनहरु दीर्घकालिन सोच राखी एकजुट हुन नसक्नु एनआरएनए अभियानकोलागि  अर्को दूर्भाग्य हो र अँध्यारो पक्ष हो ।

    यो लेख तयार पार्दासम्म संसारका प्रायः सबै देशहरुमा रहेका एनआरएनए एनसीसीको अधिवेसन सम्पन्न भै आगामी अक्टोवर १४ देखि १७ सम्म काठमाडौँमा हुन गइरहेको आठौं विश्व सम्मेलनको लागि तयारी हुँदै गरेको अवस्था छ  ।  संसारका थुप्रै देशहरुमा त्यहाँ भएको स्थानीय चुनाबताका भएको चलखेलका कारण घायल भएका मानिसहरुको चित्कारको प्रतिध्वनि सामाजिक सञ्जालहरुमा छरपष्ट सुन्न र देख्न पाइन्छ । उनीहरु आफ्नो घाउ चाट्दै विश्व सम्मेलनमा त्यसको  रिस फेर्ने दाउ हेरी बसेका छन् । त्यसै गरि एकातिर  च्याउ सरि उम्रेका अनलाईन न्युज पोर्टलहरु मन नपरेका मानिसहरुको चरित्र हत्या गर्न कम्मर कसेर लागेका छन् भने अर्कातिर कोहि संस्थाले गरेका राम्रा कुराको प्रचार गरि प्रवासमा रहने धेरै भन्दा धेरै नेपालीहरुलार्ई एनआरएनएमा आबद्ध हुन प्रेरित गर्नुको सट्टा खाली नकारात्मक र भ्रामक प्रचार मै व्यस्त देखिन्छन् ।  केहि देशहरुमा त एनआरएनएमा लागेका मानिसहरुको लापर्वाही तथा अकर्मण्यताले गर्दा संस्थालाई नै अदालतको कठघरासम्म पुर्याउने दूर्भाग्यपूर्ण कदमसम्म नेपालीहरु बाटै चालियो ।  तुलनात्मक रुपमा उच्च जीवनस्तर र शिक्षित नेपालीहरु बसेको देश मानिने अष्ट्रेलिया, अमेरिका, जापानका  एनआरएनएहरु नै  यस्ता विवादहरुमा फसेपछि अरुको त के कुरा गर्नु ?

    राम्रो अवसरको खोजिमा आफ्नो जन्मभूमि छोडेर विदेशमा जीवन बिताउन बाध्य नेपालीहरु आफ्नो वृत्ति बिकासमा भन्दा अरु अनुत्पादक धन्दामा धेरै समय श्रोत साधन खर्च गरेको पक्कै पनि राम्रो होइन । यस्तो हर्कत नेपालबाट पलायन भएको पहिलो पुस्ताका नेपालीहरु बाटै भएको छ । दोश्रो पुस्ताका एनआरएनहरुलाई जोड्ने खालको प्रभाबकारी कार्य योजना ल्याउने र उनीहरुलार्ई “नेपालीका लागि नेपाली” अभियानमा समाहित गर्ने गरि पहिलो पुस्ताका एनआरएनहरु दीर्घकालिन सोच राखी एकजुट हुन नसक्नु एनआरएनए अभियानकोलागि  अर्को दूर्भाग्य हो र अँध्यारो पक्ष हो ।

    एनआरएनएको नाममा र त्यसमा पनि बिशेष गरि निर्वाचनताका पदको  होडबाजीमा यती धेरै समय, श्रोत र शक्ति खर्च गरेको देख्दा बाहिरबाट हेर्ने धेरै मानिसहरु चकित पर्छन् र सोध्ने गर्द्छन् “एनआरएनएमा लागेर पैसा कमाइन्छ ?  एनआरएनएमा लाग्ने सदस्यहरुको तलब कति  आउछ ?” व्यग्य गरि सोधिएका प्रश्नहरु होइनन् । यी,  अबोध मानिसहरुले वास्तब मै नबुझेर सोधिने प्रश्नहरु हुन्  । चुनावको नाममा नेपालीहरुले देखाउने दौडधूप, तामझाम र तडकभडक देख्दा यो संस्था एउटा  गैर नाफामूलक र स्वयंसेवी संस्था जस्तो नै देखिदैन ।

    केहि बिहानीका संकेतले दिउँसोको आभाष दिन थालेकाे अवस्था छ यहि बेला हामीले विवेकपूर्ण निणर्य गर्न सकेनौ भने यो सस्थाको मुल्य मान्यतामाथि प्रश्न चिन्ह उठ्नेछ । सहि सस्थालाई सहि नेतृत्व दिएपछि मात्रै हामीले कल्पना गरेको जस्तो र देशवासीले आशा गरेजस्तो परिणाम आउँछ । त्यहि परिणामका लागि विवेकपूर्ण निर्णय गर्ने बेला यही हो ।

    एनआरएनएमा लागेका जिम्मेवार व्यक्तिहरुबाटै देखाइने चुनावी तामझामले गर्दा पनि  यो संस्था सामान्य व्यक्तिहरुका लागि धान्नै नसकिने बन्दै गएको छ । बास्तबमै एनआरएनएले सामान्य वर्गका ठूलो तह र तप्काका मानिसहरुलाई समेट्न सकेको छैन ।  त्यसमा प्रथम त छताछुल्ल राजनैतिक हस्तक्षेप र दोश्रो आर्थिक रुपमा खर्चिलो शैली नै प्रमुख दुई वटा कारणहरु  हुन भन्ने कुरामा धेरै मानिसहरु सहमत छन् ।  राजनीतिक बिकृति र बिसंगतिका कारण खस्किदो आर्थिक स्थितिले गर्दा बिदेशिन बाध्य नेपालीहरु फेरी विदेशमा गएर पनि देशलार्ई निकाश दिन नसक्ने निकम्मा राजनीतिक नायकहरुको पछि लागेर र राजनीतिलाई भर्याङ्ग बनाएर एनआरएनएमा लागेको कुरा विदेशमा पसिना बगाई रहेको यौटा सर्वसाधारण नेपालीलाई मन पर्ने कुरा भएन । जो चलनमा छ मात्र होइन हावी नै छ र जसले गर्दा सर्वसाधारणमा एनआरएनएप्रतिको मोह कम छ । त्यसै गरि एनआरएनए जस्तो स्वयंसेवी र सामाजिक संस्थामा बसेर काम गर्छु, मेरो केहि  समय संस्थालाई दिन्छु भन्ने मनकारी मानिसहरुको कमि छैन । तर बिडम्बना थुप्रो पैसा खर्च नगरेसम्म, राजनीतिक समर्थन प्राप्त नगरेसम्म एनआरएनएमा बसेर काम गर्ने अवसरसम्म नपाएको गुनासो पनि मानिसहरुले नगरेका होइनन् । यस्तो संस्कारको विकासले गर्दा चाहेर पनि एनआरएनएमा लागेर सेवा गर्ने अवसर नपाएको तीतो यथार्थले समग्र एनआरएनए अभियान एक प्रकारको अपाङ्ग बन्न पुगेको छ ।  त्यसैले होला आज ४० लाख भन्दा धेरै एनआरएन हुँदै गर्दा यसमा १ लाख एनआरएनहरुलार्ई  पनि संस्थाको सदस्यता प्रदान गर्न सकिएको छैन ।

    सयुक्त राष्ट्र संघको अबधारणा जस्तै संसारमा रहेका नेपालीहरु एउटा साझा संजाल बनाउनु एनआरएनएको मूल उद्देश्य हो । जहाँ विश्वलाई ६ ओटा क्षेत्रमा बाडिएको छ । केन्द्र, क्षेत्र र राष्ट्र अनि त्यस भित्र पनि सम्बन्धित देशहरुमा राज्य समितिहरुको परिकल्पना छ । यी सबै तह र तप्कालाई समन्वय र ब्यबस्थापन गर्न काठमाडौँमा एउटा सचिवालय रहने व्यवस्था अनुरुप एनआरएनएको आफ्नै भवन पनि बन्दै छ । यो एउटा भौतिक सम्पत्ति मात्रै नभएर संसारमा रहेका नेपालीहरुको साझा चौतारी हुनेछ । यहि सचिवालय मार्फत  “नेपालीका लागि नेपाली” नीति तथा कार्यक्रम बन्ने छन्, कार्यन्वयनका लागि आवस्यक रणनीति बन्नेछन्  । यति धेरै सम्भाव्यता तथा दीर्घकालिन महत्व बोकेको “नेपालीका लागि नेपाली” गैर आवासीय नेपाली संघ अभियान दिन प्रतिदिन पदीय द्वन्दमा फस्दा थुप्रै एनआरएनहरुमा नैराश्य थपिनु अस्वभाविक होइन । यसको उचित सम्बोधनका लागि स्वतःस्फूर्त रुपमा धेरै भन्दा धेरै एनआरएनहरुलार्ई संस्थामा आबद्द गर्ने नीति लिनु आवस्यक छ । त्यसका लागि एनआरएनएमा पञ्जीकृत सदस्य बन्न सहज वातावरण बनाउनु पर्दछ  । संस्थामा बसेर काम गर्न चाहनेहरुलार्ई उल्टै आर्थिक भार नथोपर्ने, चुनावताका  राजनैतिक दलको घरदैलो चहार्ने कामलाई निरुत्साहित गर्दै कार्यक्षमताका आधारमा मानिसहरुलार्ई पदीय जिम्मेवारी दिदै जाने व्यवस्था गर्नु आवस्यक छ । नेपाली राजनीतिले गिजोलेको जस्तै संस्था हुनबाट बचाउनु  अहिलेको पहिलो अवश्यकता हो ।  केहि बिहानीका संकेतले दिउँसोको आभाष दिन थालेकाे अवस्था छ यहि बेला हामीले विवेकपूर्ण निणर्य गर्न सकेनौ भने यो सस्थाको मुल्य मान्यतामाथि प्रश्न चिन्ह उठ्नेछ । सहि सस्थालाई सहि नेतृत्व दिएपछि मात्रै हामीले कल्पना गरेको जस्तो र देशवासीले आशा गरेजस्तो परिणाम आउँछ । त्यहि परिणामका लागि विवेकपूर्ण निर्णय गर्ने बेला यही हो ।

    (लेखक एनअारएनए अाेसेनियाका क्षेत्रीय संयाेजक हुन् )

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार