विश्वभर विभिन्न कुनामा छरिएर रहेका नेपालीलाई एउटै मालामा गाँस्ने यो गैरआवासिय नेपाली संघ निर्माण अभियानका संस्थापक अभियान्ता साँच्चिकै सलुट गर्न लायक छन् । यस मानेमा ति अभियान्ताप्रति नमन हो, जसले विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरूको नेपाल अर्थात मातृभुमिप्रति सामुहिक जवाफदेहिताका लागी एकै मालामा बुने । जुन संस्था आज नेपालको कुना कुनामा नेपाली सामु पुग्न सफल भएको छ । विश्वको एक कुनाका नेपालीले गरेको प्रगति अर्को कुनामा बसेका नेपालीले सजिलै थाहा पाएर साझेदारी गर्न पाएका छन । एक अर्काका व्यवसायिक पेशागत अनुभव आदनप्रदान गर्न पाएका छन र आफ्नो सफलतालाई मातृभुमिसंग गाँस्न पुगेका छन । यहि खाले अभियान जसले मुलुकमा फरक ढंगको विकास र प्रविधीसंग जोडेर समृद्ध राष्ट्र बनाउन भारत, चिनलगायत हाम्रा छिमेकी राष्ट्रहरू सफल भए । आज एनआरएनले पनि यो अभियान शुरु भएको छोटो समयमा नै निकै ठुला आयोजना बनाउदै अर्वौको लगानी भित्र्याउन र नेपालीका लागि दुख सुखको साथी बन्न सफल भएको छ । चाहे त्यो विनासकारी भुकम्पका बेला होस वा बाढी

एनआरएनएका अध्यक्षका प्रत्यासी भवन भट्ट भन्छन्

गैरआवासीय नेपाली संघ (एनआरएन)को अध्यक्षका लागि भवन भट्टले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा सेप्टेम्बर १६ का दिन पत्रकार सम्मेलनमार्फत भट्टले आगामी कार्यकालका लागि एनआरएनको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । हाल शेष घले नेतृत्वको कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका भट्टले आफूले एनआरएन राम्ररी बुझेको भन्दै नेतृत्व गर्ने अवसर प्राप्त हुनेमा विश्वास व्यक्त गरेका छन् । दुई कार्यकाल उपाध्यक्ष रहेका भट्ट एनआरएनको सातौ विश्व सम्मेलनमा शेष घले समुहको तर्फबाट उपाध्यक्ष बनेका हुन् । टीबीआई गु्रपका प्रमुख समेत रहेका भट्टको नेपालमा हवाई उड्ययन, संचार तथा पुर्वाधार विकास निर्माणमा लगानी रहेको छ । यही अक्टोर १४ देखि १७ सम्म काठमाडौंमा एनआएनएको आठौं विश्व सम्मेलन हँुदैछ । सम्मेलनले आगामी दुई वर्षका लागि एनआरएनएको नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे लगत्तै भवन भट्टसंग गरिएको कुराकानीको सम्पादित अंश :

अचानक अध्यक्षमा उम्मेदावरी दिने निर्णय कसरी गर्नु भयो ?

म एनआरएनए अभियानलाई अझै नयाँ ढंगबाट अगाडि बढाउन चाहन्छु । म यो दृष्टिकोणसहित अगाडि बढेको छु र यस्ता योजना कार्यान्वयन गर्न म सक्षम छु । त्यसैले स्वाभाविक रुपमा अबको अधिवेशनबाट एनआरएनएको अध्यक्षमा आउने मेरो तयारी छु ।

के–कस्ता एजेन्डा अघि सार्नु भएको छ ?

देश विकासका लागि हामीले अझै धेरै योगदान दिनु पर्नेछ । नेपालमा लगानीका लागि एनआरएनहरूलाई प्रोत्साहित गर्न थप पहल गर्न सक्छौं । विज्ञान र प्रविधिको विकास, आर्थिक उदारीकरण, विश्वव्यापीकरण र बहुराष्ट्रिय कम्पनीहरूको विस्तारसागै विश्वको एक कुनाको व्यक्ति अर्को कुनामा बस्ने प्रवृत्ति बढ्दो छ । राम्रो अवसरको खोजी गर्ने क्रममा विदेशिएका मानिस आप्रवासी बन्दै गएका भएपनि आफ्नो जन्मभूमि, संस्कृति र मूल्य–मान्यतालाई कहिल्यै बिर्सन सक्दैनन् । विकसित देशमा रहेर आर्जन गरेको ज्ञान र सीप तथा नयाँ–नयाँ प्रविधि भित्राएर हामी आफ्नो मातृभूमीमा उन्नत समाज निर्माण गर्न सक्छौं । यीनै कुराहरूलाई मैले आफ्नो एजेन्डा बनाएको छु ।

अध्यक्ष पदमा तपाईंको जित्ने आधार के छ ?

एनआरएनएलाई म सही दिशा दिन सक्छु भन्ने कुरामा ढुक्क छु । एनआरएनएको नेतृत्व लिएपछि देश विकासमा यो संस्थालाई केन्द्रित गर्न कुनै भूमिका बाँकी राख्ने छैन । सबै साथीभाईको भावना अनुकूल म हातेमालो गरेर अगाडि बढ्नेछु । मैले स       बै साथीभाईलाई सहयोगका लागि आग्रह पनि गरेको छु । मलाई विश्वास छ, यसपटक मुख्य नेतृत्व अर्थात् एनआरएनएको अध्यक्ष नै भएर सेवा गर्ने अवसर मिल्नेछ ।

नेपालमा लगानी गर्ने वातावरण बनाउने केही योजना छन् कि ?

हामीले लगानीकर्ताहरूलाई सुरक्षित भविष्यको ग्यारेन्टी गर्नुपर्छ । विदेशमा रहेका आफ्ना मूलका व्यक्तिहरूको ज्ञान, सीप, क्षमता र प्रविधिको उपयोग गर्ने नीति विश्वका धेरै देशहरूले अपनाएका छन् । राष्ट्रिय विकासमा प्रवासीको भूमिका र योगदानलाई आकर्षित गर्ने प्रयत्न गर्नुपर्छ । सुरक्षाको ग्यारेन्टी भयो भने विदेशमा रहेका नेपालीको लगानी देशमा भित्राउन सक्छौं । देश विकासमा एनआरएनको भूमिकालाई सहजीकरण गर्न सबै पक्ष गम्भिर हुनुपर्छ ।

नेपालमा एनआरएनएले गरेका मुख्य–मुख्य काम के के छन् ?

नेपालमा हामीले केही परियोजना चलाइरहेका छौं, तीमध्ये गोरखाको लाप्राक नमूना वस्ती निर्माण अहिलेको प्रमुख काम हो । लाप्राकलाई हामी नेपालको सुन्दर बस्तीका रुपमा विकास गर्दैछौं । लाप्राकको प्राकृतिक सौन्दर्यताबाट जो कोही मोहित हुन सक्छ । काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलको सरसफाईमा हामीले खेलेको भूमिका महत्वपूर्ण छ ।

भविष्यमा नेपालमा के–के परियोजना गर्ने तयारी गर्नु भएको छ ?

विमानस्थलको सरसफाईपछि अब ट्राफिक व्यवस्थापनमा काम गर्ने इच्छा छ । काठमाडौं उपत्यकाको एउटा ठाउँ छनोट गरेर ट्राफिक नमूना स्थलको विकास गर्ने योजना अनुसार कुराकानी अगाडि बढेको छ । त्यो परिक्षण सफल भएपछि काठमाडौंका सबै ठाउँमा लागू गर्न सकिन्छ ।

 

पीडितका लागि स्थापना भएको छोटो समयमा नै विश्वभरका नेपालीको यो संस्थामा निकै आर्कषण बढेको छ । आकर्षण त्यतिबेला बढ्दछ जतिबेला संस्थाले आफ्नो हैसियत बनाएको हुन्छ । त्यहि आर्कषक हैसियत बनाएपछि बढेको आकर्षणसंगै केहि विकृतिहरूले स्थान पाएको छ । यो प्राकृतिक नियम नै हो की आकर्षणमा सबैको आँखा लाग्दछ तर पनि संस्थाको गरिमा बचाउन सकिएन भने त्यो आकर्षण धेरै समय टिक्न सक्दैन त्यो पनि सास्वत तथ्य हो । जन्मिने वित्तिकै युवा अवस्थामा प्रवेश गरेको यो संस्थाको जीवनकाल अस्वाभाविक बृद्धिबाट भएको छ । त्यसले यो संस्थाले आफ्नो अस्वाभाविक बृद्धिलाई कायम राख्न सकेन भने भोली अस्तव्यस्त पनि हुन सक्दछ । एनआरएन यतिबेला आफ्नो पहिचान र आर्कषण बचाउनु पर्ने दोसाधमा पुगेको छ । यसका संस्थापकहरू संस्थाले बाटो विराउन थालेको भन्दै चिन्ता व्यक्त गर्दैछन् भने नेतृत्वकर्ता सहिबाटोमा रहेको भन्दैछन् । यहि बेला नयाँ नेतृत्व छान्ने प्रक्रिया शुरु हुँदैछ । अब आउने नयाँ नेतृत्वले संस्थाको उद्देश्य अनुसार काम गर्न सक्छ की सक्दैन त्यहिबाट यो संस्थाको युवा अवस्था गन्ति हुन्छ ।

संस्था आजको अवस्थासम्म आई पुग्दा यसले आफ्नो दर्ता प्रक्रिया पूरा गरेर आफ्नै भवन बनाउँदै छ । भूकम्प पीडितका लागि आवास बनाउने काममा मध्यान्तर भएको छ । आफ्नो मुख्य एजेण्डा नेपालको संविधानमा लेखाउन सफल भएको छ भने नेपालीको दु:खमा साथ दिन्छ भन्नेसम्म पर्न थालेको छ । तर यो संस्थाको स्थापना र मूल उदेश्य खासमा नेपालको समृद्धिमा सहकार्य गर्दै मुलुकको विकासमा साझेदारी गर्ने हो । त्यो काम शुरु नै भएको छैन भन्दा हुन्छ । यदि संस्थाले सही नेतृत्व पायो भने अबको काम त्यहि हो । जुन कामले नेपालको विकासमा योगदान गर्न सक्दछ । राजनीतिक संक्रमणले गाँजेको मुलुकमा भनेझै छिटो काम गर्न संभव छैन । त्यसैले योजना भएको र दुरदर्शी नेतृत्व आवश्यक पर्दछ । विश्वभरका एनसिसिहरूले नेपाली भुमिका लगानी भित्र्याउन मदत गर्ने हो तर त्यो अवस्था अहिले देखिन थालेको छैन ।

 

नयाँ नेतृत्व छान्ने प्रक्रिया

विश्वका करिब ७६ मूलुकहरूमा फैलिएको एनआरएनए राष्ट्रिय समन्वय परिषदको अधिवेसन हालै सम्पन्न भएको छ । केन्द्रिय प्रतिनिधि छान्नका लागि एनसीसीहरूमा रस्साकस्सी शुरु भएका छन् । मनोनितबाहेक सबै आइसीसी सदस्यहरू राष्ट्रिय समन्वय समितिहरूबाटै निर्वाचित भएर आउने व्यवस्था छ । ति आइसीसी सदस्यहरूले काठमाडौंमा हुने विश्व सम्मेलनमा सपथ खाएपछि मात्रै उनीहरूको बहाली हुन्छ र कार्यकाल सुरु हुन्छ । अन्य पदाधिकारीहरूको निर्वाचन भने सम्बन्धित राष्ट्रिय समन्वय समितिद्वारा छनौट गरि पठाएका प्रतिनिधी (डेलिगेट) हरूले प्रत्येक २ बर्षमा काठमाडौँमा हुने विश्व सम्मेलनमा चयन गर्ने गर्दछन् । आइसीसी पदाधिकारीका लागि मतदान गर्न विश्व सम्मेलनमा एनसीसीबाट पठाउने प्रतिनिधिहरूकोलागि निश्चित मापदण्ड पनि एनआरएनए आइसीसीले बिधानमा स्पष्ट व्यवस्था गरेको छ । यसरी दुई तहबाट निर्वाचित भै पूर्ण कार्यसमिति बन्ने हुनाले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) विश्व भरि रहेका एनआरएनहरूको एउटा समानुपातिक प्रतिनिधिमूलक अंग हो ।

आगामी अक्टोबर १४ देखि १६ सम्म हुन गैरहेको आठौं विश्व सम्मेलन अगावै सबै राष्ट्रिय समन्वय समितिहरूमा सेप्टेम्बर १४ अर्थात विश्व सम्मेलनको ठिक १ महिना अगाडिसम्म अधिवेसन सम्पन्न गरि प्रतिनिधिहरू को नामावली पनि पठाई सक्नु पर्ने प्राबधान अनुसार गत केहि महिनादेखि संसार भरिका एनआरएनएहरूमा नयाँ नेतृत्वको चयन र अधिवेसनको लहर चलेको छ । एनआरएनएको कार्यकाल २ बर्षको हुने हुनाले पनि यस्तो चुनाबी तापक्रम प्रत्येक २ बर्षमा अप्रिलदेखि अक्टोबरसम्म करिब ६ महिनासम्म चल्ने गर्दछ ।

यो समाचार तयार पार्दासम्म गैरआवासिय नेपाली संघका सबै एनसीसीहरूमा अधिवेसन सकिएर काठमाडौंमा हुने आठाैं विश्व सम्मेलनमा लैजाने प्रतिनिधि छान्ने र जाने तयारी शुरु भएको छ । संघको ८ औं विश्वसम्मेलन १४ देखि १७ अक्टोवरमा काठमाडौंको ह्यात रिजेन्सी होटलमा हुदैंछ । वर्तमान अध्यक्ष शेष घलेले संघको नेतृत्व दुई कार्यकाल सम्हालेको ४ वर्ष पूरा हुँदैछ । यो सम्मेलनपछि उनले गैरआवासीय नेपाली संघको अभियानवाट अलग रहने घोषणा यूरोप सम्मेलनमा गरि सकेका छन् । उनी संघको नेतृत्वबाट बाहिरिए पनि उत्तराधिकारी भने बलियो स्थापित गर्ने तयारीमा रहेको केहि संकेत मिलेका छन् ।

विरासत कस्को पोल्टामा ?

गैरआवासीय नेपाली संघमा चुनावी सरगर्मी बढेसंगै अबको अध्यक्षको हुन्छ भन्ने कुराले बजार तातेको छ । एनआरएनएप्रति चासो राख्नेहरूबीच अहिले यस्तै प्रश्न उठ्ने र तर्कवितर्क हुने गरेका छन् । विदेशमा नेपालीको संख्या र प्रभाव बढ्दै जानु, एनआरएनए ७६ भन्दा बढी देशमा विस्तार हुनुले पनि अध्यक्ष पदको महत्व बढेको छ । केही महिनाअघिसम्म अध्यक्ष पदका लागि उपाध्यक्षद्वय भवन भट्ट र कुमार पन्त उठ्ने भनेर चर्चामा थिए । दुवै जना अध्यक्ष पदमा उठ्ने चाहना राखेर अघि बढेका थिए । तर, केही साताअघि यो चर्चामा फेरवदल भएको बताईन्छ ।

एक महिनाअघि हङकङमा कुमार पन्त र भवन भट्टबीच पालैपालो अध्यक्ष बन्ने सहमति भएको अनौपचारिक रुपमा सार्वजनिक भएको बताईन्छ । यो सहमति हुनुको एउटा कारण जमुना घले उमेदवार बन्ने भन्ने चर्चा पनि हो । यदि अहिले आएको चर्चाअनुसार नै जमुना उमेदवार भएमा पन्त र भट्ट मिलेर जाने लगभग पक्का छ । जमुना एनआरएनए अध्यक्ष शेष घलेकी पत्नी हुन् । एनआरएनएमा घलेका निकटहरू भने जमुना उठ्ने साँचो नै हो भन्छन् । एनआरएनए अध्यक्षमा दुई कार्यकाल भन्दा बढी बस्न नपाउने विधानमा व्यवस्था छ । यही भएर जमुनाको नाम चर्चामा आएको हो । शेष दुई पटक अध्यक्ष भइसकेकाले पुन: उठ्न मिल्दैन । अमेरिकामा आयोजना गरिएको एनआरएन अमेरिकाको कार्यक्रममा सहभागी हुन आउँदा धेरैले घले दम्पत्तिलाई यही चर्चाका बारेमा सोधेका थिए । अध्यक्ष घलेले होइन नै भन्ने जवाफ दिएका छन । यदी जमुना घले अध्यक्षमा नउठेको खण्डमा भट्ट निर्विरोध हुने चर्चा पनि चलेका छन् । अमेरिकामा हालैको निर्वाचनवाट चुनिएका प्रतिनिधिको पदस्थापन कार्यक्रममा दुई रात बिताएर घले दम्पत्ति केही घण्टाका लागि क्यानडा उडेका थिए । त्यहाँ पनि एनआरएन क्यानडाको कार्यक्रममा सहभागी भए । यो दौडाहाले जमुना उठ्ने चर्चालाई नकार्न सकिन्न तर पनि उनि निकटका मानिसहरूले बताए अनुसार जमुना कुनै पनि हालतमा चुनावमा जान ईच्छुक छैनन । शेष घलेले सुरु गरेका काम र भिजन २०२० लाई निरन्तरता दिन जमुना उठ्दा सजिलो हुन्छ भन्ने चर्चा छ । घलेले संस्थाको आफ्नै भवन निर्माण, समायानुकूल संरचना परिवर्तन र संस्थालाई स्रोत सम्पन्न बनाउने सन्दर्भमा केही ठोस प्रगति हासिल गर्न आफ्नो श्रीमतीलाई अगाडि बढाउने सोच रहेको बताईन्छ । जमुना उमेदवार भएको खण्डमा भवनसँग उनको प्रतिस्पर्धा हुनेछ । भवनले काठमाडौंमा आफ्नो उमेदवारी घोषणा गरिसकेका छन् । कुमार अर्को कार्यकालका लागि भवनको समर्थनमा अध्यक्ष बन्ने गरी पुन: उपाध्यक्षमा दोहोर्याउने तयारीमा छन् । भवन दुईपटक उपाध्यक्ष भइसकेकाले पनि अध्यक्षमा उठ्न नछाड्ने अवस्थामा पुगेर उमेदवारी घोषणा गरेका हुन् । कुमारको भने यो पहिलो कार्यकाल भएकोले सहमतिका आधारमा चुनावमा जान लागेका हुन । चुनावी सरगर्मीसंगै यो समाचार तयार पार्दासम्म बाँकी पदहरूमा खासै उम्मेदवारी घोषणा भएका छैनन ।

एनआरएनका संस्थापकदेखि हाल सम्मका अध्यक्षहरू

सन् :२००३ डा उपेन्द्र महतो

सन् :२००५ डा उपेन्द्र महतो

सन :२००७ डा उपेन्द्र महतो

सन् २००९ देवमान हिराचन

सन् २०११ जिवा लामीछाने

सन् २०१३ शेष घले

सन् २०१५ शेष घले

 

अबको विरासत कसले धान्ला भन्नेमा एनआरएनमा निकै बहस शुरु भएको छ । कारण हालसम्मका अध्यक्षहरू कुनै न कुनै हैसियतमा सम्पन्न र सफल रहे भने अबको अध्यक्ष कस्तो होला र एनआरएन कसरी अगाडि बढ्ला भन्नेमा चासो स्वाभाविक हो । एनआरएन भन्ने वित्तिकै हिजो आज भड्किलो संस्कार बन्दै गएको छ । हिजोको चुनावमा देखिएका र अबको चुनावमा देखिने प्रचार र हुने खर्चले यो संस्था धनीहरूका लागि मात्रै हो भन्ने आरोपलाई बल मिल्दछ । अर्को कुरा एनआरएनमा जुन हल्ला र चर्चा छ त्यस अनुरुप वौद्धिक वर्गको आकर्षण बन्न सकेको छैन । त्यसैले होला आज ४० लाख भन्दा धेरै एनआरएन हुँदै गर्दा यसमा १ लाख एनआरएनहरूलाई पनि संस्थाको सदस्यता प्रदान गर्न सकिएको छैन । यसबाट पनि के पुष्टि हुन्छ भने एनआरएन एक अभियान हो र यसमा बहुसख्यक नेपालीहरू सहभागी भएका मात्रै सफल हुन्छ ।

गैरआवासिय नेपाली अभियान नेपालको सुनौलो भविष्यसंग जोडिएको छ । त्यसैले यसलाई राजनीति गर्ने भाँडोको रुपमा प्रयोग हुँदै गयो भने यसको रुप एक गैरसरकारी सस्था भन्दा फरक हुन्न । त्यसैले विस्तारै संस्थामा मौलाउँदै गएको कूव्यवस्था र कूसस्कारलाई बेलैमा सुधार गर्न सकेमा यसको गरिमा रहिरहन्छ । अन्यथा यसका सस्थापकहरूले जुन उद्देश्यका साथ संस्था जन्माएका हुन त्यसबाट विचलित हुने देखिन्छ । संस्था ठूलो बन्नु भन्दा पनि त्यसको गरिमालाई बचाई राख्नु महत्वपूर्ण कुरा हो । गैरआवासिय नेपाली संघको चुनावी मिति नजिकिदै गर्दा संस्थाले आगामी दिनमा गर्नु पर्ने काम कुरो भन्दा चुनावी जोड घटाउने बढी स्थान पाएको छ । संस्था दर्ता भएर आफ्नो केहि एजेण्डा तय गर्नुपर्ने यो बेला संस्थामा नेतृत्व हत्याउनेबाहेक खासै तयारी नदेखिनु यो अभियानको अर्को असफलता हो । चुनावी रौनक शुरु भैसकेकोले होला यतिवेला एनआरएनको एजेण्डाहरू जहिले पनि छाँयामा पर्ने गर्दछ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

पहिचानको लागि जुट्दै हामी

/शुक्र, मंसिर २९, २०७४