काठमाडौं, सेभेन समिट फाउण्डेसनको संयोजनमा काठमाडौंस्थित बौद्धमा बृहत स्वास्थ्य शिविर शुरु भएको छ । पाँचदिन सम्म चल्ने सो निशुल्क दन्त स्वास्थ्य शिविरमा अमेरिकाको न्यूयोर्कस्थित न्यूयोर्क यूनिभर्सिटी स्कुल अफ डेन्टिस्ट्रीबाट ४६ जना दन्त विशेशज्ञहरुको सहभागीता रहेको सेभेन समिट फाउन्डेसनका अध्यक्ष एसी शेर्पाले बताए ।

विगत केहि बर्षदेखि नियमित रुपमा सन्चालन हुदै आएको दन्त शिविर बौद्धस्थित स्रोनछेन भृकुटी बोडिड स्कुलमा सन्चालन भैरहेको छ । नोभेम्बर १० तारिकसम्म चल्ने सो दन्त शिविरका लागि न्यूयोर्कबाटै सम्पुर्ण आवश्यक सामाग्रीसहि ५० जना विद्यार्थीहरु भोलुन्टरमा रुपमा आएका छन । विशेषत महिला, बालबालिका र बृद्धहरुका लागि फोकस गरिएको यस द्धन्त शिविर नेपालमा पाँचौ पटक आयोजना गरिएको हो । यस पटक यस दन्त शिवीर सुर्खेतको कपिला भ्याली स्कुलमा पनि पाँच दिनसम्म चलेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार