एनआरएनए अष्ट्रेलियाको कार्यलय मेलबर्नमा

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : आइतवार, चैत्र २९, २०७७
मेलबर्न, अष्ट्रेलिया । १५ बर्ष अगाडी स्थापना भएको गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले मेलवर्नमा आफ्नो कार्यालयको बिधिबत स्थापना गरेको छ। अष्ट्रेलियाका सङ्घीय सांसद पिटर खलिल र एनआरएनए प्रमुख संरक्षक तथा पूर्व केन्द्रिय अध्यक्ष शेष घलेले संयुक्त रुपमा कार्यलयको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै सङ्घीय सांसद पिटर खलिलले नेपाली समुदायको मेलबर्न लगाएत अष्ट्रेलिया भरि नै बढ्दै गएको उपस्थितिको प्रसंसा गर्दै समुदाय कै संस्थाको कार्यलय स्थापना हुँदा नेपाली समुदायलाई थप सहयोग पुग्दै जाने र अष्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायको आफ्नो कला संस्कृतिको थप संस्थागत हुने बताए । यसै गरि  प्रमुख संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेले गैर आवासीय नेपालीहरु को बढ्दो संख्या र अभियान संगै एनआरएनए संस्थाको पनि संस्थागत विकास भएको बताए । घलेले यस कार्यलय आफुले नौ महिनाका लागि ट्रायलका रूपमा स्थापना गरेको हो भन्ने सुनेको तर यसलाई स्थायी कार्यालय बन्ने बिश्वास व्यक्त गरे।
यसै गरि एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशब कंडेलले कार्यलय स्थापनामा सहयोग गर्ने सबै एनआरएनए अभियन्ताहरु, बर्तमान राष्ट्रिय समिति र राज्य समितिहरु लगाएत सबैलाई धन्यवाद व्यक्त गरे । एनआरएनए अष्ट्रेलियाको अब आफ्नै कार्यलय छ, यसले पक्कै पनि हामी सबैलाई सहज त हुने छ नै त्यो बाहेक यहाँका सरकारी निकायहरूले संस्थालाई हेर्ने दृष्टिमा पनि अब फरक हुने थप जिम्मेवारका साथ हेरिने विश्वास व्यक्त गरे।
कार्यक्रममा  भिक्टोरिया राज्यका अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जन, एनआरएनए ओसेनियाका क्षेत्रीय संयोजक होम पाण्डे, भिक्टोरियन मल्टिकल्चरल कमिशनका तर्फबाट रोजारिया जारो लगाएतका व्यक्तित्वहरु एनआरएनए अष्ट्रेलियाको स्थापना भएकोमा खुसि व्यक्त गरेका थिए।
यसै गरि एनआरएनए अष्ट्रेलियाका महासचिब डा ज्ञानेन्द्र रेग्मीले अष्ट्रेलिया जस्तो महँगो भाडा पर्ने देशमा एक सामाजिक संस्थाको कार्यालय खोल्दै गर्दा अवसर र चुनौती दुवै हुने यसका लागि आउँदो नौं महिनाका लागि समुदायका शुभेच्छुक र ब्यापारिक समुदायका हितैषीहरु ले रेण्टल एसुरेन्स गरि सकेका कारण अध्यान पश्चात पाईलट प्रोजेक्टको रुपमा यो कार्यलय खोल्ने संस्थागत निर्णय भएको बताए।
एनआरएनए अष्ट्रेलियाका अनुसार अब संस्थाको कार्यालय दिनको केहि घण्टा स्वयंसेवकहरू ले हरेक दिन निश्चित समय खोल्नेछन् भने केही समयपछि कर्मचारी राखेर नियमत्  सञ्चालन गर्ने, सञ्चालनको व्ययभार आधा एनसिसी र आधा एससिसीले व्यहोर्ने गरि अगाडी बढिनेछ । यसै गरि कार्यालय सबै नेपाली संघ संस्था एबं गैर आवासीय नेपालीहरु ले प्रयोग गर्न पाउनेछन् । कार्यक्रममा नेपाली समुदायको अगुवाहरू, अष्ट्रेलियाका बिभिन्न राज्यहरु बाट आएका एनआरएनए अभियन्ता र नेपालीहरूको उपस्थिति थियो।