बाटो बिराएका – तराजु र बराजुहरु

  • राजनीति गर्नेहरुको कमि छैन यहाँ, तर परोपकारी काम गर्नेहरुको खाँचो सधै खड्की रहने छ नेपाल जस्तो मूलुकमा ।

  • संविधान कार्यान्वयनको पहिलो खुड्किलो संघीय गणतन्त्र नेपालको पहिलो संसददेखि प्रदेशको निर्वाचन अत्यधिक सहभागिता र उत्साहका साथ सम्पन्न भयो । राजनैतिक प्रक्रियाका रुपमा नेपालको यो उदाहरणिय सफलता हो र यसैबाट सविधान कार्यन्वयनको चरण शुरु हुन्छ । यस अर्थमा विदेशमा बसेर “नेपाल खत्तम भयो, नेताहरुले खत्तम पारे” भनेर कमेन्ट गरि नथाक्नेहरु प्रति मेरो केहि असहमति छ । संसारका थुप्रै मुलुकहरु छन् जहाँ दशकौं द्धन्दको भूमरीमा फसेर, ठूलो सकस मोलेर, हजारौं मानिसहरुको बलिदानपश्चात मात्र निकास पाएको इतिहास हामीले पढेका छौं । अझै पनि अफ्रिकी तथा मध्यपूर्वी देशहरु जहाँ अकल्पनीय द्वन्दको शिकार बनेका छन् र निकास अनिश्चित जस्तै देखिन्छ ।  नेपालले राजनीतिक संक्रमणको सेटलमेन्ट तुलनात्मक रुपमा छिटो सम्पन्न गरेको कुरामा धेरै मानिस हरु सहमत छन्।

     बहुदलीय प्रजातान्त्रीक ब्यबस्थामा प्रवेस गरेको ५ वर्ष नबित्दै देश आन्तरिक र बाह्य कारण डरलाग्दो जनयुद्धमा फस्यो । जुन १0 वर्षसम्म रह्यो । त्यो बिकराल समयले देशलाई आर्थिक र राजनैतिक रुपमा दशकौं पछाडि धकेल्यो ।

    नेपाल आज यो स्थितिसम्म आइपुग्दा बिगतलाई एकछिन हेरेर मनन र उचित मूल्यांकन गरिएन भने बलिदान गर्नेहरुप्रति अन्याय हुने छ । किनकि हामीले दिन/रात आलोचना गरेका पात्रहरुले पनि राजनैतिक निकास दिन थुप्रै समय र शक्ति खर्चेका छन् । भलै उनीहरुको प्रयासले सार्थक रुप पाएनन् होला । २०४६/४७ को आन्दोलनले करिब ३० वर्षे एक दलीय पञ्चायती व्यबस्था समाप्त पार्दै संबैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र राजनैतिक प्रणालीमा प्रवेश गरेको हो । त्यो संक्रमणलाई नेपालले तत्काल सहजै व्यबस्थापन गर्न सफल भएकै हो । तर करिव ५ वर्ष नबित्दै देश आन्तरिक र बाह्य कारण डरलाग्दो जनयुद्धमा फस्यो । जुन करिब  १०  वर्षसम्म रह्यो तर त्यसले छोडेर गएको आलो घाउ निको हुन अझै समय लाग्नेछ । जनायुद्दको  १० बर्षे  बिकराल समयले देशलाई आर्थिक र राजनैतिक रुपमा दशकौं पछाडि धकेल्यो । देशको पूरै संयन्त्र नेपाली नेपाली मै एकले अर्कालाइ किनारा लगाउन र  संरचना ध्वस्त गर्नमा खर्च भयो ।
    राजनीतिक दलहरुबीच सहमति भई जब २०६२/६३ को आन्दोलन भयो र सोही आन्दोलनले गर्दा करिब २४० वर्षदेखि चलिआएको नेपालीहरुको एकता र सद्भावको केन्द्रबिन्दु मान्दै आएको राजतन्त्रको जग हल्लियो । अन्ततः पहिलो संबिधानसभाले यसलार्ई उखेलेरै फाल्यो । जब राजतन्त्र समाप्त भयो तब नेपालमा एक प्रकारको भ्याकुम स्थितिको सिर्जना आयो । माओवादी द्धन्दकालमा बेचिएका थुप्रै सपनाहरुको उभार गणतन्त्र, स्वायत्तता, आत्म निर्णयको अधिकार, आरक्षण तथा पहिचान आदि आदि विभिन्न रुपमा सतहमै आउन थाल्यो । देशको समृद्धिका लागि एउटा राजनैतिक दर्शनले भन्दा जाति जातीय, क्षेत्रीय, धार्मिक र बर्गीय बिषयले राज्यको ध्यान खिच्न थाल्यो । फलस्वरुप संबिधानसभाको पहिलो ४ वर्षे अवधिमा बहुप्रतिक्षित नेपालको संबिधान बन्न सकेन । नेपालीहरुले आशा मारेनन् दोश्रो संबिधान सभामा नेपाली कांग्रेसलाई ठूलो दलको रुपमा जनादेश दिए र अन्ततः २०७२ असोज १ गतेका दिन संबिधानसभाको दुई तिहाइ भन्दा ठूलो बहुमतले संघीय गणतन्त्र नेपालको संबिधान जारी गर्यो । तर यसमा सबैको सहमति जुटाउन देशले सकेन । समन्वय गर्ने एउटा दह्रो शक्तिको अभावमा नेपाल गृहयुद्ध जस्तो बिकराल परिस्थितिबाट मुस्किलले बच्न सफल भयो ।

    जनअपेक्षा अनुसार भएनन होलान तर तिनै राजनीतिक दलका नेताहरुले दिनरात नसुतेर, नखाएर काम नगरेको भए थुप्रै समस्याहरुलाई चिरेर २०७४ को अन्त्यसम्म आइपुग्दा सबै तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भई देश सम्पन्नता, समृद्धि र स्थायित्व तिर लम्किने थिएन ।

    हो, यहाँ कर्मचारी र राजनैतिक संयन्त्रको मिलेमतोमा देश लुट्नेहरुको कमी छैन । राजनैतिक अन्योल रहेको संक्रमणकालमा नेपालको जर्जर आर्थिक स्थिति बन्नु यी दुई समूह नै जिम्मेवार छन् । तर यसमा सबैलाई एउटै बास्केटमा राखेर हेर्न  मिल्दैन । कहिँ पनि  राजनीतिक संक्रमणकाल नसकिएसम्म विकास शुरु हुँदैन । भलै जनअपेक्षा अनुसार भएनन होलान तर तिनै राजनीतिक दलका नेताहरुले दिनरात नसुतेर, नखाएर काम नगरेको भए थुप्रै समस्याहरुलाई चिरेर २०७४ को अन्त्यसम्म आइपुग्दा सबै तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भई देश सम्पन्नता, समृद्धि र स्थायित्व तिर लम्किने थिएन । सायद कसैले सोचेको थिएन होला राजतन्त्रको बर्हिगमन पश्चात देशले भोग्नु परेको पीडाको सहज निकास यसरी निस्कन्छ भनेर । माओवादी द्धन्दको राजनैतिक समाधान, शिविरका लालसेनाको बिदाइ, वाईसिएल निस्तेज, एक मधेश एक प्रदेशको रुपमा आएको मधेश आन्दोलन, भारतीय नाकाबन्दी, जातिय पहिचान सहितको संघीय राज्यको माग, नेपालको झण्डादेखि नामै परिवर्तन गर्ने उद्दण्ड प्रवृति र बिदेशीहरुको खेल मैदान बन्दै गएको नेपाल देश कतै इतिहासको पानामा मात्र सीमित हुने त होइन भन्ने भयाबह स्थिति हामी सबैले देखेका हौँ बिगतमा । यसको सहज निकास निकाल्न खट्ने ती नेताहरुलार्ई हामीले गालि मात्र गर्नु कदापि न्यायसंगत हुँदैन ।
    यावत् समस्याहरुको उचित व्यबस्थापन गर्दै आजको स्थितिमा आइपुग्नु भनेको नेपालले राजनैतिक रुपमा अपार सफलता प्राप्त गर्नु हो भन्न कन्जुस्याई गर्नु हुँदैन । त्यति हुँदा हुँदै पनि यदि त्यसभित्रै कसैले जगन्य अपराध गरेका छन् भने बालकृष्ण ढुंगेल जस्तै ढिलो चाँडो कानूनको कठघरामा आउने छन् । त्यसको लागि देश राजनीतिक व्यवस्थामा स्थायित्व र कानूनी राज्यको बाटोमा जानु पहिलो आवश्यकता हुन्छ । समग्रमा नेपाली जनता सकारात्मक र धैर्य छन् । अझै पनि राजनैतिक दलहरुले नै देशको समस्याको निकास दिन सक्छन् भन्नेमा बिश्वास गर्दछन् । हालै सम्पन्न स्थानिय निकाय, प्रदेश र संसदको निर्वाचनमा त्यस्तै देखियो । स्थायित्व र समृद्धिका लागि नेपाली जनताले बाम गठबन्धनलाई आरामदायी बहुमतको स्थाई सरकार गठन गर्न र नेपाली कांग्रेसलाई सबल प्रतिपक्षको भूमिका निर्वाह गर्ने जनादेश दिएका छन् । सबैले आफ्नो भूमिकामा इमान्दार भएर काम गर्ने हो भने अबको १० वर्षमा नेपालले अब आर्थिक समृद्धिमा लामै फड्को मार्ने छ ।

    आँफू परोपकारी स्वभावका भएकोले आफ्ना भाइ पीटर करिब ११ बर्षसम्म देशको दोश्रो शक्तिशाली पदमा रहदा पनि टिम कोस्टेलो राजनीतिमा मेयरभन्दा माथि कहिल्यै जान चाहेनन् ।

    तराजुहरुले बिराएको बाटो 
    निर्वाचनका बेलामा परोपकारी पत्रकार रबिन्द्र मिश्रको साझा पार्टी र विवेकशील नेपाली समूहको एउटा गठबन्धन तराजु चुनाव चिन्न लिएर तीनै तहको निर्वाचनमा जनतासंग आफ्नो परिक्षण गर्यो । ठीक छ, जनतामा जानु सबैको नैसर्गिक अधिकार हो । तर सम्वन्धित सबैले विवेकपूर्ण ढंगबाट यस्तो अधिकारको प्रयोग गर्नु पर्ने हुन्छ । विवेकशील साझा पार्टीले पनि जनताबाट अलिकति सहानुभूति र माया त पाए होलान् तर ‘अन्न पानीको शरीर आशिर्बादले चल्दैन’ भनेजस्तै धमिलो पानी भएको बेलामा माछा मारी हाल्न पाइन्छ कि भन्ने ति नव आगन्तुकहरुको सोचलाई जनता सहज रुपमा लिएनन् स्वीकारेनन् ।
    यहाँनेर मैले अस्ट्रेलियाका एक जना प्रतिष्ठित परोपकारी व्यक्तित्वको सानो उदाहरण पस्किन चाहे । “टिम कोस्टेलो”, जो अस्ट्रेलियाका सबै भन्दा सफल ट्रेजरर (१९९८-२००७) पिटर कोस्टेलोका दाजु मात्र थिएनन राजनीतिक पदका रुपमा एक पटक भिक्टोरिया राज्य, सेन्ट किल्डाका मेयर सम्म भएका थिए । आँफू परोपकारी स्वभावका भएकोले आफ्ना भाइ पीटर करिब ११ बर्षसम्म देशको दोश्रो शक्तिशाली पदमा रहदा पनि टिम कोस्टेलो राजनीतिमा मेयरभन्दा माथि कहिल्यै जान चाहेनन् । टिम २००४ देखि २०१६ सम्म वर्ल्ड भिजन नामाक अन्तराष्ट्रिय गैह्र सरकारी संस्थाको निर्देशक रही नेपाल लगायत संसारका थुप्रै परोपकारी अभियानमा अग्रणी भूमिकालाई निरन्तरता दिए। उनी “अर्डर अफ अस्ट्रेलिया” लगायत थुप्रै सम्मानबाट पनि विभूषित हुन पुगे । यता तिर “हेल्प नेपाल नेटवर्क” मार्फत आफ्नो परोपकारी छबि बनाएका रबिन्द्र मिश्र गएको करिब २७ वर्षको राजनैतिक संक्रमणको देन कति थियो ? र कसररी अहिले “म देश बनाउछु” भनि जनतालाई आस्वस्त बनाउन सक्छन ? यदी साचै नै परोपकारमा उनको लगाव र झुकाब थियो भने राजनीति गर्न दल खोल्दै चुनाबमा होमिनुको अर्थ के हुन सक्छ ? के उनले राजनीतिको रस लिने क्रममा परोपकारी बाटो बिराएका हुन् ? राजनीति गर्नेहरुको कमि छैन,  तर परोपकारी काम गर्नेहरुको खाँचो सधै खड्की रहने छ नेपाल जस्तो मूलुकमा ।
    करिब दुई दशकभन्दा बढी माथि उल्लेखित पेचिला बिषयहरुमा गुमनाम यो विवेकशील साझा गठबन्धन अहिले जनताको राजनीतिक दल तथा नेताहरुप्रतिको आक्रोशको फाइदा उठाई जनताको समर्थन आँफूतिर खिच्न पाइन्छ कि भनि “देश हामीले चलाउछौं” भन्दै आउनुलाई ९० मिनेटको खेल खेल्ने खेलाडीलाई पछाडि पार्दै पेनाल्टी हान्ने बेलामा गोल हान्न तम्सिए जस्तो देखिन्छ । त्यो खेललाई जनता कसैले स्वीकार गर्न सकेनन् । यदि रबिन्द्र मिश्रले राजनीति गर्छु र पार्लियामेन्टमा आफ्नो आवश्यकता महसुश गर्थे भने उनको उम्मेदवारी राजनैतिक समझदारीमा आउँदा राम्रो हुन्थ्यो होला तर त्यो भएन । फलतः प्रकाशमान सिहसंग सिंग जुदाउँन जाँदा परिणाम मिश्र कै लागि प्रत्युत्पादक हुन पुग्यो ।

    बराजुहरुले बिराएको बाटो
    विवेकशील साझा गठबन्धन त परिक्षण गर्न आएका हुन् । जसरी आय त्यसरी नै जान्छन्, यदि राजनैतिक दलहरुले इमान्दारी पूर्वक जनादेश अनुसार काम गरे भने । तर आधा शताब्दी भन्दा लामो समयसम्म एकछत्र राजनैतिक प्रभाव राख्ने नेपाली कांग्रेस आफ्नो बराजु प्रवृतिले गर्दा नराम्रो संग पछाडि परेको छ यो निर्वाचनमा । यस्तो खालको कमजोर प्रतिपक्ष लोकतन्त्रको लागि राम्रो कदापि होइन । त्यसमा पनि नेपाली कांग्रेस नेपालको माटोमा जन्मेर नेपाली परिवेशमा प्रजातान्त्रिक समाजवाद मार्फत

    जनताको सेवा गरेर चुनाव जित्नु भन्दा मरिहत्ते गरेर उम्मेदवारको टिकट उम्काउन उनीहरुका लागि ठूलो कुरा बन्न पुग्यो । लामो समयदेखि गूट र फूटले गाँजेको नेपाली कांग्रेसका निर्णायक निमित्त नायकहरु लाजै पचाएर निष्ठावान कार्यकर्तालाई बेवास्ता गर्दै आँफू, श्रीमती, नाता गोता तथा अरौटे भरौटेलाई टिकट सुरक्षित गर्न बराजु शैलिमा निबस्त्र र निर्लज्ज उत्रिए ।

    मुलुकको समृद्धि र सामाजिक न्यायका खातिर स्थापित दल हो । राष्ट्रियता, प्रजातन्त्र, संबैधानिक राजतन्त्र, बहुदलीय प्रजातान्त्रिक संसदीय व्यवस्था कांग्रेसका मूल्य मान्यता र आदर्श हुन् । यो नेपालको भूगोल र सामाजिक संरचनासंग मिल्ने शासन व्यवस्था पनि हो । किन कि हाम्रा दुर्इ छिमेकिहरु संगको सन्तुलित बैदेशिक सम्बन्धका लागि पनि नेपालको शासन प्रणाली फरक र विशिष्ट हुनु पर्ने हाम्रो बाध्यता हो । र कांग्रेसले सुरुदेखि लिएको स्थापित मान्यता पनि त्यहि अनुरुप हुनु पर्थ्यो । तर समयान्तरमा बामपन्थीहरुको चक्रब्युहमा परि कांग्रेसले न त आफ्नो छुट्टै पहिचान राख्न सक्यो न त पार्टीलार्इ समयानुसार गतिशील बनाउन सक्यो ।
    बिपीले त्यसै भनेका थिएनन् “देशको बारेमा केहि दुबिधा भयो भने एक मुठी माटो लिनुस र सोच्नुस अनि जे गर्दा ठिक लाग्छ त्यहि गर्नुस” भनेर । “देशको योजना बनाउँदा झुपडीमा बस्ने किसानलार्इ सम्झनुस” भन्ने विपीका अनुयाईहरु आज दलको सैद्धान्तिक बाटो बिराएका छन् । जनताको ग्रास रुटदेखि नै त्याग र बलिदानले सिंचित कांग्रेसको लिगेसी सम्हाल्ने नवआधुनिक बराजुहरुको प्रवृति देख्दा उनीहरु मात्र यो गौरवशाली दल नेपाली कांग्रेसका ठेकदार हुन् । यिनीहरु जनमुखी भन्दा पनि नेतामुखी, पैसामुखी र शक्तिकेन्द्रमुखी बन्न पुगे । जनताको सेवा गरेर चुनाव जित्नु भन्दा मरिहत्ते गरेर उम्मेदवारको टिकट उम्काउन उनीहरुका लागि ठूलो कुरा बन्न पुग्यो । लामो समयदेखि गूट र फूटले गाँजेको नेपाली कांग्रेसका निर्णायक निमित्त नायकहरु लाजै पचाएर निष्ठावान कार्यकर्तालाई बेवास्ता गर्दै आँफू, श्रीमती, नाता गोता तथा अरौटे भरौटेलाई टिकट सुरक्षित गर्न बराजु शैलिमा निबस्त्र र निर्लज्ज उत्रिए । परिणामत जनताले नेपाली हावापानी, माटो सुहाउँदो दल नेपाली कांग्रेसको सट्टामा चीन, रसियाबाट आयातित दर्शन कम्युनिष्टलाई देशको सत्ताको साँचो दिन बाध्य भए ।
    बाम गठबन्धनको अहिलेको जनमत उनीहरुले केहि चमत्कार गरेर आएको होइन । तर पक्कै पनि नेपाली कांग्रेसको कमजोरीका कारणले भने हो । कांग्रेसले आफ्नो पहिचान पूरै बामहरुलार्ई समर्पण गरेको छ । लामो इतिहास बोकेको मूल पार्टीको पहिचान बाम गठबन्धन भन्दा के फरक छ ? कसैले जनतामा गएर बिस्तार बताउन सकेको छ ? छैन, किन कि उनीहरुको मन मस्तिस्कमा सत्ता र शक्ति बरदान होइन बलिदान हो भन्ने बिर्सेका छन् यी रहिसहरुले । समयले तराजु र बराजु दुवैलाई सबक सिकाएको छ । यिनीहरुको अबको नयाँ बाटो भनेको जनमत अनुसार वामले सत्ता र काँग्रेसले बलियो प्रतिपक्षको भूमिका निभाउनुको विकल्प छैन । अन्यथा पुरानै रोगबाट देश ग्रसित भयो भने जनता मान्न तयार छैनन् । सत्ताकै छिनाझप्टिमा ३० वर्षमा ३० वटा सरकार बन्यो । त्यसैले अबको बाटो भनेको उपलब्धिलाई संरक्षण गर्दै संघीय संरचना अनुसार मुलुकलाई समृद्ध बनाउनु पर्दछ । यसमा कसैले बाटो नबिराउन।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार