prachandभर्खरै मात्र नाम फेरिएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भातृसंस्थाको निमन्त्रणामा अष्ट्रेलिया आउँदै हुनुहुन्छ । पुर्वप्रधानमन्त्री भएका नाताले पनि प्रचण्डका लागि अष्ट्रेलियामा नेपालीहरुले  स्वागत गर्लान  नै  तर हेक्का राख्नुपर्ने गहन कुरा के हो भने नेपालको पूर्वप्रधानमन्त्री तथा  बर्तमान गठबन्धन सरकारका मुख्य नेता समेत भएकाले उनी यहाँ आउँदा  अष्ट्रेलिया सरकारकै निमन्त्रणबाट आउन सकेको भए दुर्इ देशबीचको  दौत्य सम्बन्धको महत्व र कुटनीतिक मान्यता फरक हुने थियो । तपाईको उपस्थितिले तपाइँको दलका कार्यकर्ताहरुमा उल्लास त देखिन्छ तर तपाई एउटा भातृसंस्थाको सामान्य निमन्त्रणामा हल्का रुपमा प्रस्तुत हुँदै गर्दा दुवै देशका  कूटनीतिक मिसनको भूमिका पुरै  ओझेलमा परेको देखियो  । किन कि बर्तमान गठबन्धन सरकारको प्रमूख दलको नेता यसरि भातृसंस्थाको कार्यक्रममा आउनै पर्ने के थियो ? सरकारी निमन्त्रणामा आएर समय मिलाएर आफ्नो समूदाय तथा दलका कार्यकर्ता भेटेको भए कुरा अर्कै हुनेथियो होला । यसरी शिर्ष नेताहरुले हचुवाको भरमा मित्र राष्ट्रहरुको भ्रमण गर्दै गर्दा एउटा गरिब मुलुकको धनि र सौखिन नेताको रुपमा मानिसहरुले हेर्ने कुरामा दुर्इ मत छैन । तपाईहरु  देशभित्र जति धनि र शक्तिशाली भए पनि विदेशमा हरियो पासपोर्टप्रतिको  सम्मान आर्जन गर्न देश सम्बृद्ध हुन जरुरी छ । यसको लागि शासन, सत्ता र शक्तिको सेरोफेरोमा रहनेहरुले देश र जनताका लागि आजसम्म कति गरे भन्ने कुरा समयले नै मुल्यांकन गर्ला । गरिब देशको नागरिकको रुपमा करिब ४० लाख नेपालीहरुले भोग्नु परेको मानसिक पीडा र हिनाताबोधप्रति सायद प्रचण्ड त्यति जानकार छैनन्  होला जति हामी छौ  । तपाई  विदेश यात्रा गर्दै गर्दा विमानस्थलस्थित अध्यागमन कर्मचारीहरुले जति मुस्कुराएर  आतिथ्य प्रदान गरे पनि तपाई हामी यहाँ एउटा गरिब मुलुक  जसले विदेशसंग सहयोगको हात पसारेरै देश चलाउछ,  त्यस  देशका नेता तथा जनताको रुपमा चित्रित हुनुहुने छ  भन्ने कुरामा मलाई खेद छ ।

बर्तमान गठबन्धन सरकारको प्रमूख दलको नेता यसरि भातृसंस्थाको कार्यक्रममा आउनै पर्ने के थियो ? सरकारी निमन्त्रणामा आएर समय मिलाएर आफ्नो समूदाय तथा दलका कार्यकर्ता भेटेको भए कुरा अर्कै हुनेथियो होला । यसरी शिर्ष नेताहरुले हचुवाको भरमा मित्र राष्ट्रहरुको भ्रमण गर्दै गर्दा एउटा गरिब मुलुकको धनि र सौखिन नेताको रुपमा मानिसहरुले हेर्ने कुरामा दुर्इ मत छैन ।

त्यो भन्दा अगाडि दुखपूर्वक भन्नुपर्दा नेपाल खुला राजनीतिमा प्रवेश गरेको दुई दशक भन्दा धेरै भइसक्दा पनि देशका कर्मठ युवाहरु लाखौको संख्यामा खाडी, मलेशिया लगाएतका मूलुकहरुमा न्युनतम ज्यालामा आफ्नो श्रम बेचिरहेको सायद सबैले अनुभुत गरेकै  कुरा हो । दक्षिण कोरिया, थाइल्याण्ड, इन्डोनेसिया जस्ता थुप्रै मूलुकहरु केहि दशक अगाडि हामी जस्तै स्थितिमा थिए तर आज ति देशहरुको आर्थिकस्तर तथा जनताको जीवनस्तर निकै माथि उठेको छ । तर नेपाल दिन प्रतिदिन हरेक कारणहरुबाट पछाडि धकेलिदै गएको छ ? सायद तथ्यांकहरुले बोलिरहेको छ । हाम्रा युवाहरु २०/३० हजार मासिक आम्दानी कै लागि ज्यानको बाजी राखेर विदेशमा पसिना चुहाउनु परेको छ । त्यतिमात्रै कहाँ हो र औषत दैनिक ३ वटा नेपालीको लास बाक्सामा बेरिएर नेपाल पुग्ने गरेको छ । त्यसको पछिल्लो एक दुखद  घटना अफगानिस्तानमा एकै चोटी १४ जनाले ज्यान गुमाउनु परेको छ । आखिर किन यस्तो अवस्था ईराक पछि अफगानमा दोहोरियो ? कारण खोज्नेकी नखोज्ने ? आखिर यस्ता घटना दिनहुँ भैरहेका छन र समाचार बनेर विवरण हराउँछ मात्रै । आफ्नो राज्यमा चौबेसै घण्टा घाम लाग्ने दाबि गर्ने शक्तिशाली साम्राज्यलाई परस्त गरि पुर्खाले जोगाएको इज्यत हो हाम्रो । तर आज खाडी र मलेशियामा दैनिक बलात्कृत, शाेषित पिडीत बनाइँदै गर्दा हाम्रो त्यो शान केवल राष्ट्रिय गानमा मात्र सीमित हुन पुगेकोमा तपाईहरुलाई पनि ग्लानि पक्कै भएको हुनपर्ने हो । आज राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको क्षयीकरण तपाईहरुको पालामा हुँदै गरेको छ भने आउँदो पुस्ताले तपाईहरुप्रति गौरव गर्ने कुनै त्यस्तो केही छ कि ?

मैले यहाँनेर कुनै दल बिशेष र नेता बिशेषलाई मात्र भन्न खोजेको किमार्थ होइन । हो त केवल एक प्रतिनिधि पात्र भएका हैसियतले प्रचण्डसंग यो प्रसंग जोडियो तर यो कुरा नेपालका सबै नेतृत्वप्रति लक्षित छ ।

अध्यक्ष प्रचण्डज्यु, अब सगरमाथाको फोटो बेचेर र बुद्धको मूर्ति देखाएर हामी स्वनामधन्य बन्न सकिन्न । हामी साँच्चै नै मगन्ते भएका छौ । केहि नभएर होइन तर समग्रमा देश र जनताको लागि भनेर राजनीतिमा होमिएका तपाईहरु जस्ता नेताहरुको दीर्घकालिन सोच र राजनीतिक प्रतिबद्धतासहितको सुशासनको अभाव भने पक्कै हो । मैले यहाँनेर कुनै दल बिशेष र नेता बिशेषलाई मात्र भन्न खोजेको किमार्थ होइन । हो त केवल एक प्रतिनिधि पात्र भएका हैसियतले प्रचण्डसंग यो प्रसंग जोडियो तर यो कुरा नेपालका सबै नेतृत्वप्रति लक्षित छ । नेपालको राजनीतिक परिवर्तनपश्चात प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा तपाई र तपाईको दल नेकपा माओवादी सत्ता वा शक्तिको सेरोफेरोमा छ । मुक्तिको नाममा हजारौं नेपालीको ज्यान जाने १० बर्षे द्वन्दकालका परिकल्पनाकार तपाईहरु नै हो । के भयो त्यसको उपलब्धि ? अरु धेरै गुणा नेपाली युवाहरु बिदेशिन बाध्य बने, त्यहि होइन ? बर्तमानमा  सत्ता र शक्तिको केन्द्रबिन्दुमा रहेकोले तपाई समक्ष  एउटा सर्बसाधारण नागरिकको हैसियतले मैले यो कुरालाई उठान गरेको हुँ । दुःख पूर्वक भन्नुपर्दा समग्रमा हालका  प्रायः सबै दलहरुमा व्याप्त राजनीतिक इमान्दारिताको खडेरी र मौलाएको दण्डहीनताको पराकाष्ट हो आजको नेपाल र नेपालीले भोग्नु परेको दुर्दशा । सुसासनको खोजीमा राजनीतिक नेतृत्व ईमान्दार भैदिएको भए सायद नेपालीहरु आज दिनमा १८ घण्टा अध्यारोमा बस्नु पर्दैन थियो होला । सयौंको संख्यामा मजदूरको रुपमा पलाएन हुन पर्दैन थियो होला निरिह र बाध्य तर परिश्रमी, सहनशिल र सालिन नेपालीहरु ।

 

बिगतबाट सिकौ र भबिष्यको लागि सोचौ
अब बिगतबाट पाठ सिक्दै भबिष्यप्रति जिम्मेवार बन्नुबाहेक हामीसंग अरु विकल्प छैन पनि । अब एकले अर्कालाई दोष लगाएर होईन नराम्रा कुराहरु बिर्सेर राम्रा काममा लगानी गरौ । तपाईको अष्ट्रेलिया भ्रमण फलदायी बनोस भन्ने मैले अपेक्षा राखेको छु । एउटा बिकसोन्मुख देशको शिर्ष नेताले बिकशित मुलुकको भ्रमण गर्दै गर्दा यसलाई एउटा अध्ययन भ्रमणको रुपमा लिनु हुनेछ । नेपालले अष्ट्रेलियाबाट धेरै कुरा सिक्न र साझेदारी गर्न सक्छ । १० बर्षे द्वन्द्धकालमा चन्दा आतंक, मजदूर आतंक तथा दोहोरो धरपकड र असुरक्षाका कारण नेपालका थुप्रै उद्योग धन्धाहरु बन्द भएका छन् । थुप्रै दक्ष जनशक्ति देश बाहिर छ ।  पूँजीवादी तथा समाजवादी अर्थतन्त्रको सन्तुलित व्यबस्थापन बिना न त देशमा उद्योगधन्दाहरु फस्टाउन सक्छ न त देशमा बेरोजगारीको समस्या हल हुन सक्छ । त्यसको ज्वलन्त उदाहरण हो अष्ट्रेलिया । यहाँ पूँजीबादी र सामाजवादी दल (लिबरल र लेबर) पालै पालो सरकारमा जान्छन् र केहि उतार चढावका बाबजूद यहाँका उद्योगपति र मजदूरहरुको पारस्परिक हितका आधारमा देशको अर्थतन्त्र अगाडि बढेको देखिन्छ । यसका लागि अष्ट्रेलियाले अवलम्बन गरेको नीति तथा कार्यक्रमहरुको जानकारी यहाँले लिनु हुनेछ । भबिष्यमा नेपालमा यस्ता नीतिहरु लागु गर्ने पहल यहाँबाट हुने छ, हामीले आशा गरौं ।

संबिधान र देशको शासन व्यवस्था, राज्यको श्रोत र साधनमा सम्पूर्ण जनताले अपनत्व गर्न पाउनु पर्छ भनि माग गर्नु न्यायोचित छ । त्यस प्रकारको आवाजलाई अष्ट्रेलिया सरकारले कसरी सम्बोधन गरि यो बिचित्रताको महादेशभित्र विविधतामा एकता कायम गरि यौटा सद्भावपूर्ण समाज बनेको छ ? अध्यायन गर्न भुल्नु हुनेछैन ।

यसैगरि अष्ट्रेलिया आदिबासीहरुको भूमिमा बिकशित बहुभाषिक बहुसांस्कृतिक संघीय अधिराज्य हो । यहाँ नेपाल लगायत संसारका प्रायः सबै देशबाट “अष्ट्रेलिया मेरो घर, मेरो कर्मभूमि” भनि बस्ने आप्रवासीहरुलाई राज्यले कसरी सम्मान र कदर गरेको छ भन्ने कुरा विश्वकै अरु बहुसाँस्कृतिक मूलुकहरुका लागि उदाहरणीय छ । नेपालमा पहिलो संबिधानसभा निर्वाचन र त्यसको अघिपछि बिकशित बन्दै गरेको जातीय मुक्ति तथा पहिचानका पेचिला प्रश्नहरुले एउटा सर्बमान्य संबिधान निर्माणमा कठिनाइ उत्पन्न भएको कुरा यहाँलाई बिदितै छ । संबिधान र देशको शासन व्यवस्था, राज्यको श्रोत र साधनमा सम्पूर्ण जनताले अपनत्व गर्न पाउनु पर्छ भनि माग गर्नु न्यायोचित छ । त्यस प्रकारको आवाजलाई अष्ट्रेलिया सरकारले कसरी सम्बोधन गरि यो बिचित्रताको महादेशभित्र विविधतामा एकता कायम गरि यौटा सद्भावपूर्ण समाज बनेको छ ? अध्यायन गर्न भुल्नु हुनेछैन ।
नेपाल र अष्ट्रेलिया दुवै मूलुकको  आर्थिक बिकासको श्रोतको रुपमा रहेको पर्यटन बिकाशमा राज्य तथा निजी क्षेत्रले कसरी काम गर्न सक्छ भन्ने कुराको अध्यायन तपाई जस्तो पूर्वप्रधानमन्त्री तथा सम्भाब्य प्रधानमन्त्रीक लागि पक्कै पनि उपयोगी सिद्ध हुनेछ र जसबाट भोलिका दिनमा तपाईलाई राज्यको योजना बनाउन सजिलो हुनेछ । अष्ट्रेलिया र न्युजिल्यान्ड ग्लोबमा हेर्दा दूरदराजमा रहेका मूलुकहरु हुन् र पनि यी देशहरु पर्यटकहरुका लागि महत्वपूर्ण आकर्षण बनेका छन् । पर्यटन व्यबसाय यहाँको आम्दानी र रोजगारीको एउटा महत्वपूर्ण श्रोत बन्न पुगेको छ । तर हाम्रो देश संसारका दुइ ठुला मूलुकको बीचमा रहेर पनि, पर्यटन व्यबसायको प्रचूर सम्भावना हुँदा हुदै पनि हाम्रा पर्यटन वोर्ड र पर्यटन मन्त्रालय देशको ढुकुटी रित्याउने माध्यम मात्र बनेको हृदयविदारक तथ्य यहाँलाई जानकार नै होला । तसर्थ नेपालको आर्थिक बिकासका लागि पर्यटन पूर्वाधार बिकास, सम्भावना र तरिकाहरुको अध्ययन र कार्यन्वयनसम्बन्धि जानकारी लिंदा पनि मुलुकका लागि निकै पलदायी हुनेछ ।prachanda

भ्रष्टाचार नियन्त्रण, सुशासन तथा आदिवासी जनजातीहरुको सहयोग, संरक्षण, सशक्तिकरण तथा मेलमिलापका सवालहरुमा पनि अष्ट्रेलियाले उदाहरणीय उपलब्धि हासिल गरेको कुरा यहाँले जानकारी लिन प्रयास गर्नुहुनेछ । जसबाट यतिखेर मुलुकमा उठेका राजनीतिक समस्या समाधान गर्न मद्दत मिल्नेछ । अन्त्यमा बिदेसमा बस्ने नेपालीहरु पनि तरेली तरेलीका छन् । कसैका लागि राजनीति र नेताहरुप्रति धेरै नै बितृष्णा छ भने धेरैलाई यो बिषय कौवालाई बेल पाक्यो हर्ष न बिष्मात भने जस्तो पनि छ । यत्तिकैमा बिदेशमा बस्ने नेपालीहरुको नालीबेली सकिदैन । अर्को समुह पनि छ त्यो झूट, गूट, फूट र लूटमा रमाउनेहरु । जो नेता र राजनीतिको कुरा पनि काटेर कहिल्यै थाक्दैनन् तर विमानस्थलमा नेताहरु झरेपछि उनीहरु कै अघि पछि लाग्ने र आफुलाई नेपालको ठुलै नेतासंगको सम्पर्क भएको आडम्बर देखाउनेहरुको पनि कमि छैन यहाँ  । यो समस्या यहाँ मात्र होइन, संसारका प्रायः सबै देशहरुमा ब्याप्त छ, जहाँ नेपालीहरु पुगेका छन् । यहाँको छोटो बसाइमा नेपाली समूदायहरुसंग अन्तरक्रिया पनि पक्कै हुनेछ । त्यो अवसरमा विदेशमा बसेका समग्र नेपालीहरुलाई यो दल वा त्यो दल, समूह भन्दा पनि एउटा नेपाली को नाताले एक अर्कामा एकता र सद्भाव रहोस भन्ने सन्देश दिनु भए राम्रै होला । विदेशबाट फर्केर स्वदेशपुग्दा कम्तीमा पनि परिवर्तनको शुरुवात नेताहरुले आफैबाट गर्ने हो भने त्यसबाट राम्रै  शुरुवात हुनेछ । फेरी पनि कामना छ यहाँको अष्ट्रेलिया यात्रा फलदायी रहोस ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार