malcom_Turnbullस्थायी र स्थिर सरकारका लागि मे २ मा दुवै सदन भंग गरि ताजा जनादेशका लागि गत २ जुलाई शनिवारका दिन भएको निर्वाचनको परिणामले तत्काल  कुनैपनि दललाइ स्पष्ट बहुमत दिन सकेको थिएन । यसले गर्दा प्रधानमन्त्री माल्कम टर्नबुल एउटा घायल शिपाही जस्तो मात्र होइन समग्र देशनै करिब हप्ता दिनसम्म एउटा राजनैतिक अनिश्चिततामा रहनु पर्यो। अन्तिम परिणामको लागि पुरै पोस्टल मत गणना गर्दासम्म प्रतिक्षा गर्नुपर्ने स्थिति आयो ।

झन्डै  ९ महिना अगाडि तत्कालिन प्रधानमन्त्री टोनी एवटको स्थान लिन सफल माल्कम टर्नबुलले कडा मेहनतका साथ संसदको तल्लो सदनमा अन्ततः झिनो बहुमत त प्राप्त गरे, आउँदो सरकारको नेतृत्वपनि गर्ने भए तर मिश्रित सिनेट (माथिल्लो सदन) का कारण आउँदा दिनहरुमा उनलाई सजिलो भने पक्कै हुने छैन। कूल १५० सिटको तल्लो सदनमा बहुमतको सरकार बनाउनका लागि कम्तिमा पनि ७६ सदस्य हुनपर्ने संवैधानिक व्यवस्था हो र यो अब पूरा भएको छ। तर यो काम चलाउ र सरकार बनाउ बहुमत मात्र हो।

यस  निर्वाचनमा टर्नवुल नेतृत्वको गठवन्धनले आफ्नो पुरानो ९० वाट थुप्रै स्थानहरु गुमाएको छ भने लेवरले उल्लेखनीय उपलव्धी हासिल गरेको छ । लेबर आफू प्रतिपक्षमा बस्नु परेपनि आफ्नो चुनावी अभियान अभूतपूर्व सफल भएको र आफ्नो एजेण्डामा जनमत पाएकोमा उत्साहित देखिन्छ ।

निर्वाचनका दिन साँझसम्मको मतगणनाको परिणाम अनुसार दुई ठूला दल गठवन्धन र लेवर ६५/६७ मा  अड्किएका थिए। फलत अन्तिम परिणामका लागि पुरै पोस्टल भोट गन्नुपर्ने स्थिति आयो र हालसम्म प्राप्त परिणाम अनुसार लिबरल ७६, लेबर ६७, ग्रीन सहित अन्य दलहरु ५ र २ स्थान अझै अनिश्चित रहेको छ। जे होस् ७६ स्थान प्राप्त दल, लिबरल-नेशनलले सरकार बनाउने कुरा प्रष्ट भएको छ। यसैबीच प्रतिपक्षी दल लेबरका नेता बिल शर्टनले पनि आफ्नो दलको पराजय स्वीकार गरि  नयाँ सरकार गठनका लागि प्रधानमन्त्री माल्कम टर्नबुललार्इ शुभकामना तथा बधाई दिई सकेका छन्। यस  निर्वाचनमा टर्नवुल नेतृत्वको गठवन्धनले आफ्नो पुरानो ९० वाट थुप्रै स्थानहरु गुमाएको छ भने लेवरले उल्लेखनीय उपलव्धी हासिल गरेको छ । लेबर आफू प्रतिपक्षमा बस्नु परेपनि आफ्नो चुनावी अभियान अभूतपूर्व सफल भएको र आफ्नो एजेण्डामा जनमत पाएकोमा उत्साहित देखिन्छ । यस अभियानमा  लेवर नेता बिल शर्टनको वाह वाहि नै भएको छ, पार्टी भित्र ठूलै प्रशंसा भएको छ। अर्कातिर झण्डै हारको सामना गर्नुपरेकोमा माल्कम टर्नबुलको चुनावी अभियान फितलो भएको, जल्दावल्दा विषयहरु जस्तै कार्वन कर, वोडर प्रोटेक्सन, अध्यागमन तथा अर्थतन्त्र जस्ता कुराहरुलाई मतदाताहरु समक्ष प्रभावकारी रुपमा पुर्‍याउन नसकेको आरोप गठबन्धन पार्टीभित्रवाट लगाउन थालिएको छ । यसरी निर्वाचन परिणाम अनपेक्षित हुनुको अर्को कारण लेबरले कमजोर वर्गका मान्छेहरु माथि बिशेष गरि मेडिकेयरका सम्बन्धमा झूट र त्रासको खेति गरेको आरोप गठबन्धनका नेताहरु लगाउँछन भने  लेवर नेता बिल शर्टनले अंकगणितीय रुपमा जीत हासिल गरे पनि  गठवन्धनले जनमत गुमाएको बताउँछन । Bill_Shorten
तल्लो सदनमा गठबन्धनलाइ झिनो बहुमत प्राप्त भय पनि माथिल्लो सदनको निर्वाचन परिणाम मिश्रित हुनु स्थिरता र स्थायीत्वका लागि शुभ शंकेत भने  होइन। जसमा क्विन्सल्याण्डकी पाउलिन हेन्सनको अति राष्ट्रबादी दल “वान नेशन” समेतले सिनेटमा पहिलो पटक केही स्थान प्राप्त गरेको छ। यसको मतलव आगामी सरकारले वनाउने ऐन, कानून, नीति तथा कार्यक्रमहरुमा ठूला/साना दलहरु तथा स्वतन्त्रसँग निरन्तर सम्झौता, सहमति र सहकार्य गर्नु पर्ने देखिन्छ । अझै अगाडि भन्नु पर्दा स्थायित्व र स्थिरताको नारा दिएर चुनावमा गएका माल्कम टर्नबुल आफ्नो अभियानमा सफल भने भएका छैनन् । त्यो भन्दा अगाडि आउँदा दिनहरुमा कन्जरभेटिभ आइडियोलोजी अनुसार महत्वपूर्ण नीति तथा कार्यक्रम ल्याउन र लागू गर्न  माल्कम टर्नबुललाई पाइला पाइलामा वाधा अड्चन भने  हुने नै छ। अर्को सब्दमा भन्नुपर्दा समय नसकिदै भंङ्ग गरिएको संसद र ताजा चुनावले देशलाइ अरु अनिश्चितातिर धकेलेको छ र यसको अपजस माल्कम टर्नबुल र उनको टिमले लिनुपर्ने पर्यवेक्षकहरु वताउछन् । चुनावका दिन वेलुकी आफ्नो प्रतिक्रिया दिदै प्रधानमन्त्री टर्नबुलले आफुले जसरि झिनै भएपनि बहुमतको सरकार गठन गर्ने कुराको आस्वाशन दिएका थिय, पूरा त भयो तर उनि आउँदा दिनहरुमा धेरै तिरबाट हात बाधिएको महसुश भने गर्ने नै छन्।

प्रजातन्त्रको सुन्दर पक्ष नै यहि हो । चुनावको बेलामा उम्मेदवारहरू सडकमै झर्छन्, जनतानै जनार्दन हुन्, उनीहरूलाई आफ्नो दलको नीति तथा कार्यक्रम प्रष्टरुपमा वुझाउँछन् । जनतालाई खुसी पारेर मात्रै आफ्नो चुनावी लक्ष्य पूरा गर्न सकिने कुरा उनीहरू बुझ्छन् । त्यसै अनुसार स्थानीय तहमै कडा परिश्रम गर्छन् । तर अर्कोतर्फ हेर्दा, चुनाव न हो, चाहे त्यो नेपाल जस्तो विकासोन्मुख देश होस वा अष्ट्रेलिया जस्तो विकसित देश नै किन नहोस् आफ्नो नीति तथा कार्यक्रमको प्रचार भन्दापनि एकले अर्काको नकारात्मक प्रचार गर्नमै धेरै समय खर्च गरे । यसपटकपनि दलहरूले करिव १० मिलियन डलर चुनावमा खर्चगरेको अनुमान छ,  जसमा करिब ७० प्रतिशत रेडियो, टेलिभिजनमा नकारात्मक विज्ञापन प्रसारनै रहेको आँकडा यहाँको एसबिएस रेडियोले निकालेको थियो ।

प्रजातन्त्रको सुन्दर पक्ष नै यहि हो । चुनावको बेलामा उम्मेदवारहरू सडकमै झर्छन्, जनतानै जनार्दन हुन्, उनीहरूलाई आफ्नो दलको नीति तथा कार्यक्रम प्रष्टरुपमा वुझाउँछन् । जनतालाई खुसी पारेर मात्रै आफ्नो चुनावी लक्ष्य पूरा गर्न सकिने कुरा उनीहरू बुझ्छन् । त्यसै अनुसार स्थानीय तहमै कडा परिश्रम गर्छन् ।

त्यसैगरि निर्वाचन निकै प्रतिस्प्रर्धात्मक भएकोले नै दुबै प्रमुख दलहरूले एकपछि अर्कोगरि आफ्नो दल निर्वाचित भएमा यो गर्छु, त्यो गर्छु भन्ने प्रतिबद्धताको पनि कमि थिएन । चुनाव हो जसरी नि जित्नु पर्छ, जे भनेर जितिन्छ त्यही भन्ने हो भन्ने संस्कार यहाँको राजनीतिमा पनि छलङ्गै देखिन्थ्यो । लाग्थ्यो कि एउटा हार्दै गरेको सिपाहीले आफ्ना सम्पूर्ण हतियार हतास र हतारमा प्रयोग गर्दै थियो । र अन्त्यमा यो निर्वाचनले लेवरको मनोवललाई उच्च वनाएको छ । नेशनल–लिबरल गठबन्धन सरकार निर्माण गर्न सफल होला तर लेवर पार्टीले २०१३ को चुनावी पराजयको घाउ पुर्दै पूर्ण ससक्त दल वन्न सफल भएको छ ।

प्रमुख चुनावी मुद्धाहरू
चुनावी दौरानमा होस् अथवा सरकार तथा प्रतिपक्षमा नै किन नहोस दुवै दलहरूको उद्देश्य भनेको देशको लागि राम्रो गर्ने नै हो, तर यिनीहरूको बाटो चाँही फरक देखिन्छ । आर्थिक दृष्टिकोणले लिबरल – नेशनल गठबन्धन एउटा पूँजीवादी दल हो । देशमा पूँजीपतिहरूलाई उचित संरक्षण र प्रोत्साहनको बाताबरण बनाउन सके मात्र उद्योग धन्दा फस्टाउन सक्छ, बेरोजगारी न्यूनीकरण हुन्छ, सामाजिक सुरक्षामा गरिने खर्च कटौती हुन गइ राष्ट्रिय ढुकुटीमा बचत थपिन जान्छ, बेरोजगार न्यूनिकरण गरेपछि राष्ट्रले धेरै कर प्राप्त गर्न सक्छ, राष्ट्र धनी भयो भने आधारभूत आवश्यकता पर्ने, बस्तु, सेवा तथा भौतिक पूर्वाधारमा सरकारले खर्च गर्न सक्छ र समग्रमा देश समृद्धितिर लम्कन सक्छ भन्ने दर्शनमा चल्ने दल हो लिबरल–नेशनल गठबन्धन । त्यसैले पनि होला, प्रधानमन्त्री माल्कम टर्नबुल आफ्नो चुनावी आभिब्यक्ति मा ‘प्रष्ट आर्थिक योजना, स्थायित्व र स्थिरता’ आफ्नो प्रमुख चुनावी मुद्धा रहेको बताएका थिए । अर्कोतिर लेबर सामाजिक न्यायका पक्षमा देखिन्छ । सरकार भनेको एउटा अभिभावक हो यसले सम्पन्न र बिपन्न बीचको आर्थिक दुरी कम गर्न प्रगतिशील कर प्रणालीको आर्थिक अबधारणा उसको छ । बिशेषगरि बेरोजगार,  मजदूर,  न्युन आय भएका वर्गहरूलाई सरकारले बिशेष ध्यान दिनु पर्छ र उनीहरूको आर्थिक बिकासकोलागि सरकारलेनै बिशेष शशक्तिकरणका कार्यक्रमहरू दिनुपर्छ भन्ने समाजवादी दर्शनबाट प्रेरित दल हो अष्ट्रेलियन लेबर पार्टी । त्यसैले नै प्रतिपक्षी दलका नेता बिल शर्टन ‘सामाजिक न्याय आफ्नो प्राथमिकता’ भनेका थिए ।

सरकार भनेको एउटा अभिभावक हो यसले सम्पन्न र बिपन्न बीचको आर्थिक दुरी कम गर्न प्रगतिशील कर प्रणालीको आर्थिक अबधारणा उसको छ । बिशेषगरि बेरोजगार,  मजदूर,  न्युन आय भएका वर्गहरूलाई सरकारले बिशेष ध्यान दिनु पर्छ र उनीहरूको आर्थिक बिकासकोलागि सरकारलेनै बिशेष शशक्तिकरणका कार्यक्रमहरू दिनुपर्छ भन्ने समाजवादी दर्शनबाट प्रेरित दल हो अष्ट्रेलियन लेबर पार्टी ।

त्यसैगरि समलिंगी विवाह सम्बन्धी बहस पश्चिमी समाजमा सामान्य जस्तै गरि आउछ । यसलाई राज्यले कानूनी मान्यता दिनुपर्छ भन्ने बिषयमा लेबर र ग्रीन पार्टीको स्वर मिल्छ भने लिबरल–नेशनल गठबन्धन सुरुदेखि नै असहमत देखिन्छन तर चुनावको मुख मै आउँदा उनीहरू जनमतको कदर गर्ने छौ भनेर पन्छिन खोजेको देखिन्छ । सामाजिक सुरक्षा, शिक्षा तथा स्वास्थ्य जस्ता बिषयहरूमा लेबर निम्न तथा मध्यम वर्गीयहरूको साथमा देखिन्छ भने लिबरल–नेशनल गठबन्धन वर्तमान चुनौतिपूर्ण आर्थिक वातावरणमा लेबरको जस्तो सामाजिक उदारता देशले थेग्न नसक्ने कुरामा बिश्वास गर्छन् ।

बहुसांस्कृतिक समाज, आप्रवासी समुदायहरूलाई सहयोग तथा सशक्तिकरणका सबालमा यसपटक पनि दुबैले आफ्नो प्रतिबद्धता देखाउन पछि परेनन् । तर तुलनात्मक रुपमा हेर्दा लेबर पार्टी बहुसांस्कृतिक मामिलामा बढी उदार देखिन्छ । बहुसांस्कृतिक अष्ट्रेलियाको सुरुवात गरेका पूर्व प्रधानमन्त्री गफ व्हिल्हम लेबरका हुन् भने वर्तमानमा बढ्दो शिपमूलक भिसाको सुरुवातकर्ता पूर्व लिबरल प्रधानमन्त्री जोन होवार्ड हुन् । समुदायको सहानुभूति पनि चुनावको बेलामा प्रतिष्पर्धानै हुने उदाहरण दुबै दलले चुनावको मुखमा आएर गरेको प्रेस विज्ञप्तिबाट प्रष्ट हुन्छ । जसमा लेबरले अविभावक भिसामा ३ वर्ष निरन्तर बस्न पाउने प्रतिबद्धता ब्यक्त गरेको केहि दिनमै गठबन्दन ले ५ अभिभावकहरूलाई ५ वर्ष भिसा दिन सकिने भन्ने प्रेस बिज्ञप्ति (जुन स्पोन्सर भिसामा बसेका  अभिभावकहरुका लागि  मात्र थियो) लाई लिन सकिन्छ ।

लिबरलका पनि लिबरल नेता हुन् माल्कम टर्नबुल
malcom_Turnbullमाल्कम टर्नबुल लिबरल पार्टीमा नरम र उदारबादी नेता मानिन्छन् । पर्यावरण संरक्षण, मानव अधिकार तथा बहुसांस्कृतिक नीतिहरूमा उनी लेबर नजिक नै देखिन्छन् । त्यसैले होला यस पटकको चुनावी दौरान पहिलेको भन्दा अलि फरक थियो । यस पंक्तिकारले १९९७ देखि २०१३ सम्मको चुनाव प्रचारलाई नजिकैबाट नियाल्ने अबसर पाएका कारण पनि लिबरल पार्टी प्राय: चुनावको दिन नजिकै गर्दा अध्यागमन सम्बन्धी बिषय उठाई मूलधार अष्ट्रेलियनको मन जित्ने कोशिष गरेको देखिने गर्छ ।  त्यस्तै शरणार्थी खोज्दै, मानब तस्करमार्फत अबैध डुंगाबाट आउनेहरूले बच्चाहरूलाई प्रयोग गर्ने, राष्ट्रिय सुरक्षाको नाउँमा शंकास्पद भन्दै मानिसहरूलाई आतंककारी बिल्ला लगाउने, उनीहरूलाई समात्ने नाउँमा अपरेशनहरू गर्ने, शरणार्थी बोकेर आउने पानी जहाजलाई समुन्द्रबाटै समातेर उतै फर्काइदने ( स्टप द बोट) जस्ता कार्य मूलधार अष्ट्रेलियनको मन जित्न लिबरल नेताहरू जोन होवार्ड र टोनी एबटले बिगतमा गरेको प्रष्टै छ । तर यस पटकको चुनाबी  अभियानमा मलकम टर्नबुलले त्यतातिर ध्यान दिएनन्, चुनाव अभियान भरि नै ‘आतंककारी’, ‘बोर्डर प्रोटेक्सन’ भन्ने शब्द उच्चारण पनि त्यति गरेनन्,  मुस्लिम समुदाय तथा अन्य समुदायलाई चित्त दुखाउने काम गरेनन् बरु रमादानको अवसर पारेर अष्ट्रेलियाका मुस्लिम नेताहरूलाई आफ्नै निवास किरिबिली हाउसमा बोलाएर रात्रिभोज दिए ।

जनभावनामाथि खेलवाड गर्दाको परिणाम

अष्ट्रेलियाको ईतिहासमा अधिक लोकप्रिय मध्येका एक “जोन होवार्ड” जो आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका थिए। कारण थियो, अधिकांश मजदूर वर्गको सुरक्षा माथि खेलवाड गर्दै ल्याइएको  औधाेगिक नीति “वर्क च्वाइस” ।

सन् २००७ को संसदीय निर्वाचनमा ११ वर्ष प्रधानमन्त्री भएका अष्ट्रेलियाको ईतिहासमा अधिक लोकप्रिय मध्येका एक “जोन होवार्ड” जो आफ्नै निर्वाचन क्षेत्रमा पराजित भएका थिए। कारण थियो, अधिकांश मजदूर वर्गको सुरक्षा माथि खेलवाड गर्दै ल्याइएको  औधाेगिक नीति “वर्क च्वाइस” । झन्डै  त्यस्तै स्थिति यो निर्वाचनमा माल्कम टर्नबुलको देखियो । कारण थियो, “मेडिकेयर” निजीकरको सवाल। बिपक्षी लेबर पार्टीले “मेडिकेयर” निजीकरणका बिरुद्धमा  सशक्त अभियान चलाएको थियो भने प्रधानमन्त्री माल्कम टर्नबुलले यसलार्इ नचलाउने प्रतिबद्धता भने ब्यक्त गरेकै थिए। जे होस् जनजीविकाका आधारभूत सवालहरु शिक्षामा पर्याप्त बजेटको ब्यबस्था, मजदूरहरुको हक हितको उचित संरक्षण तथा आधारभूत स्वास्थ्य जस्ता बिषयहरुमा अष्ट्रेलियन मतदाताहरु निक्कै सम्बेदनशील छन् र यसमाथि खेलवाड गरिएमा त्यसको उचित जवाफ जनताले निर्वाचनका बेला दिन्छन भन्ने कुराको सवक दलहरुले सिक्नु पर्ने देखिन्छ।

नेपालीहरूलाई पनि राजनीतिको रस
labor_nepaliकर्मभूमिमा आफ्नो पसिना बगाइ सकेपछि त्यसको लेखा जोखा गुर्न सबै सचेत नागरिकको कर्तब्य हो । त्यो मात्रै होइन,  यहाँको मूलधार राजनीतिका खेलाडीहरू सबै आप्रबासीहरू नै छन्, फरक यती मात्र हो कि कोहि अगाडि त कोहि पछाडि स्थापित भएका हुन् । आजभन्दा करिव २० वर्ष अगाडि अष्ट्रेलियामा नेपालीहरू मुस्किलले भेटिन्थे तर हाल बिशेष गरि गत केहि वर्ष अगाडिदेखि कर्मभूमिको राजनीतिमा नेपालीहरू बडो कौतुहलताका साथ लागेको देखिन्छ ।

आउँदा दिनहरूमा हामीले गर्ने भनेको आफ्नो हैसियत, क्षमता र पहुँचका आधारमा आफुसंग विचार मिल्ने दलसंग सहकार्य गर्दै जाने हो र भावी पुस्ताका केहि जुझारु युवाहरूलाई राजनीतमा प्रेरित गर्ने नै हो । जसले राजनीति गर्ने इच्छा जाहेर गर्छ, उसले आफ्नो लागि मात्र गरेको हुँदैन, समग्र देशको र आफ्नो समुदायको प्रतिनिधित्व गरेको हुन्छ ।

यो हाम्रो आउँदो पुस्ताको लागि निक्कै उत्साहजनक देखिएको छ । राजनीति गर्दै गर्दा हाम्रो समुदायको सामुहिक हित, एकता र सौहार्दतामाथि कहिल्यैपनि खेलवाड गर्नु हुदैन। हामीले मूलधार राजनीतिमा अगाडि बढ्ने क्रममा समुदाय भित्रै आपसी र बृहत समझदारीका साथ अगाडि बढ्नु पर्ने देखिन्छ। अब हामी साँगुरो घेरामा बसेर आफ्नो समुदाय भित्रै राजनीति गर्नु किमार्थ हुदैन र यसले हामीलाई माथि पनि पुर्याउँदैन । हामी अष्ट्रेलियामा सेटल हुँदै गरेको पहिलो पुस्ताका नेपाली हौं । हामी अरु समुदायसंग पारस्परिक सम्बन्ध र सहकार्य गर्न सक्यौ भनेमात्र राजनीतिमा बलियो हुन्छौं । Liberal-Nepaliआउँदा दिनहरूमा हामीले गर्ने भनेको आफ्नो हैसियत, क्षमता र पहुँचका आधारमा आफुसंग विचार मिल्ने दलसंग सहकार्य गर्दै जाने हो र भावी पुस्ताका केहि जुझारु युवाहरूलाई राजनीतमा प्रेरित गर्ने नै हो । जसले राजनीति गर्ने इच्छा जाहेर गर्छ, उसले आफ्नो लागि मात्र गरेको हुँदैन, समग्र देशको र आफ्नो समुदायको प्रतिनिधित्व गरेको हुन्छ । तसर्थ हामी उदार बन्दै यो दल र त्यो दलभन्दापनि आफ्नो चाहना र क्षमताका आधारमा समुदायको हितलाई उच्च महत्व र प्राथमिकता दिंदै आपसी सद्भाव राख्दै सहकार्य बढ्नुमा नै हाम्रो सामुहिक हित र जित हुन्छ । नत्र फुटाउ र राजनीति गर भन्ने नीति साम्राज्यकालदेखि नै केही सम्भ्रान्त वर्गहरू आफू हावी हुनको लागि ल्याइएको र लागू गरिएको अबधारणा हो । हामी यसबाट सधैं सजग हुनु पर्छ । आफ्नो खुट्टामा आफैं बञ्चरो हान्ने काम समुदाय मा कसैले कदापि गर्नु हुँदैन र यसको शिकार बन्नु हुँदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार