mahendra kumar lamsalछैटौ एनआरएन बिश्व सम्मेलन २०१३ को सुरुवातमा अर्थात एनआरएन अभियान शुरु भएको करीब १० बर्षपछि एनआरएनलाई नेपाल सरकारले संघ दर्ता गर्ने अनुमति दियो । जुन नेपाल सरकार र एनआरएनबीच धेरै बर्षको रस्सा कस्सीपश्चात मात्र सम्भव भएको हो । त्यस संघ दर्ता प्रकृयालाई सफल बनाउने क्रममा एनआरएनए र सरकारबीच धेरै नै गिभ एण्ड टेक भएका थिए । गैरआवसिय नेपाली संघको बिधिवत स्थापना नेपालमा हुँदै गर्दा समस्त गैरआवासिय नेपालीहरू नेपालमा आफ्नो एक दशक लामो अभियानले मुर्त रुप पाएकोमा हर्शित थिए । त्यसपछि आधारमा टेकेर सम्पूर्ण एनआरएनहरू अब नेपालमा आफ्नै घर बनाउन अभियानमा जुटे । अध्यक्ष शेष घलेको नेतृत्वमा संसारभर ब्यापक अर्थ संकलनले अत्यधिक सफलता प्राप्त गर्न सफल भयो । जसको फल स्वरुप करीब १ बर्षको अन्तराल मै गत २०१५ को फेब्रुअरीमा गैरआवासिय नेपाली संघले आफ्नै भवन बनाउनको लागि आवश्यक पूर्वाधार तयार पारी एनआरएन भावन शिलन्यास गर्न पनि सफल भयो । दुर्भाग्य भनौ गत बैशाख २५ को अकल्पनीय भूकम्पको पीडाले गैर आवसिय नेपालीहरूको ध्यान, समय र श्रोत राहात र पुननिर्माणतर्फ लाग्यो । भूकम्पको पीडा नेपालले सहन नपरेको भय आज सातौ बिश्व सम्मेलनसम्म आइपुग्दा हामीले आफ्नै घर एनआरएन भवनको खाका करीब करीब देख्न सक्ने अवस्था रहन्थ्यो होला ।
आज एनआरएन सातौ बिश्व सम्मेलनको संघारमा आईपुग्दा समस्त एनआरएनहरूले दीपावली गर्नु पर्ने अर्को सुखद परीणाम पाएका छन । संघ स्थापनादेखि कै प्रमूख मूद्दाको रूपमा रहेको एनआरएनलाई दोहोरो नागरिकतासम्बन्धी माग आज पुरा भएको छ नयाँ सविधानमार्फत । एनआरएनहरूले सार्क मूलूकबाहेक अन्य जुनसुकै देशको नागरिकता लिएको भएता पनि नेपालको पनि नागरिकता पाउने प्रबधान नयाँ संबिधानले गरेको छ । तर यो हाललाई राजनीतिक अधिकार भने दिएको छैन । जे होस एनआरएनको प्रमूख माग पूरा भएको छ । एनआरएनलाई बिना भिषा आवत जावत गर्न, बसोबास गर्न ब्यापार ब्यवसाय प्रबद्र्धन गर्न, रोजगारीको अवसर श्रृजना गर्न, संस्थागत रूपमा परोपकरी कार्य गर्न कुनै कानूनी रोक र झमेला छैन ।

अभियान पुरा : जिम्मेवेरी थपियो
एनआरएनले संधै माग्ने मात्रै हाईन की केहि दिनु पर्ने बेला आएको छ । अब के पाउनु पर्छ भन्नु भन्दा पनि म के दिन सक्छु भन्ने कुरा एक चोटि गम्भीर भनेर सोच्ने यहि बेला हो । दोहोरो नागरिकताको सवाल पक्कै पनि खाडी र मलेशियामा काम गर्नेहरूको प्राथमिकताको बिषय थिएन । यो त बिकसित मूलूकमा बसी त्यहाँको नागरिकता लिने नेपालीहरूसँग नै सम्बन्धित छ भन्नु अत्युक्ति नहोला । जो आर्थिक र प्रज्ञीक हिसाबले सम्पन्न नै छन भन्ने आकलन छ । अब तिनै दक्ष र तूलनात्मक रूपमा आर्थिक रूपमा सम्पन्न एनआरएनहरूले नेपालको लागि आफुले सम्बन्धित बिदेशमा आर्जन गरेको श्रोत, सधान, ज्ञान सिपको केही न केही हिस्सा हामीले देशको लागि अर्पण गर्नै गर्ने हुन्छ । त्यो मात्रै होइन संसारका अन्य मूलूकमा बसेका एनआरएनहरूको कल्याणको लागि आफ्नो कुनै कसरत बाँकी राख्न हुँदैन । अब हामी सबैले आमाको दुधको भारा तिर्ने बेला आएको छ । दुख र कठिन गुजरा चलाई रहेका दाजु भाईहरूको गुन तिर्ने बेला आएको छ । आफ्नो क्षमता अनुसार प्रत्येक गैरआवासिय नेपालीले नेपालमा केही न केही गर्ने बेला यही नै हो । कुनै पनि देश सधैं अर्का कै भरोशामा बस्दैन त्यसमा पनि नेपाल अपार सम्पदाको धनी भएकोले राजनीतिक स्थिरता कायम हुनसाथ नेपालमाथि उठ्छ । सक्नेले धेरै गर्छन् नसक्नेले थोरै र सानो स्केल मै भए पनि नेपालसँग व्यवसायिक वा परोपकारी क्षेत्रमा कार्यगत साईनो जोड्नै पर्छ । जस्ले गर्दा आज पहिलो पुस्ताले स्थापना गरेको पूर्वाधारले आउँदा पुस्ताहरूलाई पनि संसारको कुनै मूलूकमा बसे पनि नेपालप्रतिको पैत्रिक नाता अटूट रहने छ, आपसी आर्थिक, समाजिक र साँस्कृतिक आदान प्रदान रहिरहने हुँदा भौगोलीक रूपमा जती टाढा रहे पनि नेपालीपन र नेपाली मन जिबन्त नै रहन्छ ।
एकतिर संसार बिज्ञान र प्रबिधिको चमत्कार मान्छेको जिबनस्तर आफुले सोचेभन्दा माथि पुगिसकेको छ भने अर्कातिर हाम्रो देश दशकौ लामो समयको अन्योल र अनिस्चितताबाट अझै पनि मुक्त हुन नसकेको कठिन अवस्थामा गुज्रिएको तितो सत्य हामी बाट लुकेको छैन । यस्तो अवस्थामा राज्यको ध्यान केन्द्रदेखी गाउसम्म पुग्न सकेको छैन । अथाह श्रोत सधान र सम्पदाको धनी हुँदा हुँदै पनि हाम्रो भौगोलिक बिकटता र राजनीतिक अन्योलता र आर्थिक उदासिनताका कारण नेपालका धेरै दुर्गम भेगका नेपालीहरूको जीवनस्तर निक्कै नै कस्टकर छ । यस्तो भेदभाबपूर्ण जिबनस्तरको दूरीलाई काम गर्न आज बिश्वको ७१ देशमा आफ्नो सन्जाल बिस्तार गरेको एनआरएनका सदस्यहरूको महत्वपूर्ण भूमिका रहने कुरामा दुईमत छैन ।
नेपालको प्राय सबै भागसंँग प्रत्यक्ष अप्रत्यक्ष रूप एनआरएनहरूको सम्बन्ध पक्कै पनि छ, बिदेशमा खुलेका जिल्ला जिल्ला अनि शहर र भेगलाई आधार मानी यो र त्यो नाउमा खोलिएका सम्पर्क समाजले त्यस्तै देखाउँछन । तर सकारात्मक ढंगबाट सोच्ने हो भने यस्ता समूहहरूलाई बिकेन्द्रित रूपमा नेपालमा लघु लगानी र परोपकारी कार्यको लागि अत्यन्तै महत्वपूर्ण हुन सक्छ । लगानीको नाउँमा मिलियन डलर खन्याउनु पर्दैन । आफु जन्मेको गाउ, हिंडेको बाटो, पढेको स्कुल नजिकको अस्पताल, पुस्तकालयदेखी लिएर एउटा सानो थिम पार्कसम्म बनाई दिन सके पनि गरीबीको रेखा मूनी बसेका बिशेष गरी ग्रामीण र दुर्गाम भेगमा बसोबास गरेका नेपालीहरूको कल्याण हुनेछ ।
त्यसैगरी आज बिश्वमा रहेका करीब ४० लाख नेपालीहरू प्रत्येकले एउटा अबैतनिक राजदुतको रूपमा काम गर्न सक्छन । नेपालको प्रमूख बैदेशिक आम्दानीको मात्र होइन घरेलु रोजगारीको श्रोत भनेको पर्यटन नै हो । त्यसको लागि प्रभावकारी प्रचार प्रसारको खाँचो छ । नेपालीले नेपालको सुन्दरताको बारेमा बिदेशमा प्रचार भनेको अन्य संचार मध्यामबाट गरिएको भन्दा धेरै गुणा शक्तिशाली हुन्छ ।
अपार प्राकृतिक सुन्दरताको धनी देश नेपालको बयान बिदेशमा बस्ने लाखौं नेपाली बाट एत्रतत्र फैलाउन सकियो भने नेपालको चौतर्फी बिकास र नेपालीको जीवनस्तर सुधारको लागि कसैको मूख ताक्न पर्दैन न त नेपाली युवाहरू खाडी र मलसियामा भौतारिन नै आवस्यक हुनेछ ।

जनस्तरमा सम्बन्ध बिकास
बिदेशमा बसेका तमाम नेपालीहरू आफ्नो क्षेत्रमा उल्लेखनीय दख्खलता पनि हसिल गरेका छन । यतीसम्म कि सम्बन्धित देशको मूलधार राजनीतिदेखी नीति निर्माण त्यहाँसम्म पुगेका छन ।
यसले गर्दा बिकसित देशसँग बिकासमा बामे सर्दै गरेको नेपाल सम्बन्धको एउटा बलियो सम्बाहकको रूपमा नेपालीहरू आफ्नो भूमिका निभाउन सक्छन । गरीब देशको सम्पन नागरिक भन्दा सम्पन देशको गरीब नागरिक बनेर बिदेशमा चिनिन हाम्रो शान अर्कै हुन्छ । हो देशको स्थिती राम्रो बन्दै गएपछि त हाम्रो के आवश्यकता छ र  . मौका यही हो मातृभूमीको रिन तिर्ने । तसर्थ समस्त एनआरएन आफ्नो ठाउँबाट सक्दो सहयोग गर्न समय यही हो आएको छ यसले
पर्खदैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सकसमा एनआरएनका छ महिना

/बिहि, अशोज ५, २०७४