dai picकमरेड प्रचण्ड, चालबाजी धेरै भएन भने तपाई अबको केहि दिन मै दोश्रो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ । दोश्रो पटक सरकार प्रमुख बन्ने क्रममा यहाँलाई अग्रिम शुभकामना । हुनत राजनीति गरेपछि प्रधानमन्त्री बन्ने धेरैको चाहना हुन्छ तर तपाई जस्ता भाग्यमानी धेरै कहाँ हुन्छन् र ? यसपटक राजनीतिमा फेरी बाजी मार्नु भएको छ, त्यसमा कसैले अन्यथा मान्नु पर्ने केहि छैन । हजारौं नेपालीहरूलाई बलिको बोका बनाएर तपाईहरूले छेड्नु भएको १० बर्षे युद्धको प्रमुख माग भनेको संबिधानसभामार्फत नेपालको संबिधान निर्माण गर्नु थियो । तपाईहरूकै एजेण्डा अनुसार नेपालको इतिहासमा पहिलो पटक सन् २०१३ मा संबिधानसभा निर्वाचन पनि भयो, युद्ध र अशान्तिको चपेटामा पिल्सिएका शान्तिप्रेमी नेपालीले तपाइँहरूलाई मन पराएर भन्दा पनि शान्ति र सम्वृद्धिको आशामा नेकपा माओबादीलाई भारि मत दिए पहिलो संबिधानसभाको निर्वाचनमा । फलत तपाई नेपालको इतिहासमा बनेको पहिलो संबिधानसभाद्वारा निर्वाचित प्रथम प्रधानमन्त्री बन्न सफल हुनु भयो । prachanda article pic 11

तपाईकै ढिला बुझाईले मुलुकमा एकखालको अस्थिरताले जरा गाडी सकेको थियो र जुन जरा आज पनि थप झांगिदै गएको छ र यहि नराम्रा जराहरु तपाईकै पालामा काटेर देखाउनुस देश र जनताको सेवा गर्ने अवसरका रुपमा लिनुहोस एक पटक गरेको गल्तीलाई मायालु नेपाली जनताले माफी दिनेछन्।

तर विडम्बना तपाईको हातमा परेको नरिवल कसैका लागि पनि काम लागेन, बरु नेपाली उखान जस्तै के ….को हातमा नरिवल सिद्ध हुन पुग्यो । लुकी लुकी हिड्न र जंगली राजपछि दरबारको राज गर्न सायदै तपाई आतूर हुनुहुन्थ्यो । सत्ताको भोक र शक्तिको मात दुवै तपाईमा प्रष्ट देखिन्थ्यो । जननिर्वाचित प्रधानमन्त्रीको खोल ओडेर नेपाली सेनामा आफ्ना गुरिल्लाको प्रवेश गराउने र जंगलमा बस्दादेखिको सत्ता कब्जा गर्ने सपना सिंहदरवारबाटै बुन्न थाल्नु भो । त्यो केवल तपाईका युद्धको सपना थियो होला तरपनि यस्ता कुरा कुनै पनि मुलुक समृद्ध बनाउनका लागि संभव थिएन र छैन पनि । नयाँ नेपालको सुनौलो भबिष्यको मार्गचित्र कोर्ने नयाँ संबिधान निर्माण गर्ने आफ्नो प्रमुख कर्तब्य बिर्सेर मुलुकमा रहेका गैरराजनीतिक संघसस्थाहरुमा राजनीतिकरण गर्न र विथोल्नमा नै तपाईको ध्यान गयो । नेपाली सेना जस्तो गैरराजनैतिक संस्थामा हात हाल्न पुग्नुभो फलत तपाईको सत्ता बर्हिगमनको प्रमुख कारण बन्न पुग्यो । त्यो मात्रै होइन पशुपतिको भट्ट ब्राह्मणको नियुक्तिसम्म हस्तक्षेप गर्न छाड्नु भएन । तपाईमा सायद एउटा ठुलो भ्रम थियो की नभत्काई नयां बन्दैन तर २१ औं शताब्दिमा युद्धमा आदेश दिएजस्तो त संसारमा नै संभव थिएन । तपाईले अर्को कुरा पनि बुझ्नु भएनकी लोकतन्त्र संसारमा काम गर्न कठिन व्यवस्था हो जहां जनताको मन जितेर मात्रै काम गर्न सकिन्छ । जव जनताको मन जितेर गरेको काम संस्थागत हुन थाल्छन तव त्यो लोकतन्त्रको आधारस्तम्भले जरो गाडेको हुनेछ । लोकतन्त्रको संस्थागत भनेको सायद त्यहि हो । अर्कोतिर योजना र दीर्घकालिन मार्गचित्र विना २१ औ शताब्दिमा राज्य संञ्चालन संभव नै छैन । यो सायद प्रचण्ड कमरेडले यी कुराहरु बुझ्न त बुझ्नुभो तर ढिला । तपाईकै ढिला बुझाईले मुलुकमा एकखालको अस्थिरताले जरा गाडी सकेको थियो र जुन जरा आज पनि थप झांगिदै गएको छ र यहि नराम्रा जराहरु तपाईकै पालामा काटेर देखाउनुस देश र जनताको सेवा गर्ने अवसरका रुपमा लिनुहोस एक पटक गरेको गल्तीलाई मायालु नेपाली जनताले माफी दिनेछन । जतिखेर तपाई राज्य सञ्चालनमा हुनुहुन्थ्यो आफ्नो कार्यक्षेत्र, कर्तब्य, अधिकार तथा प्राथमिकताको ख्याल गर्न सक्नु भएन । मरिच आफ्नै रागले चाउरिन्छ भने जस्तै राष्ट्रपतिदेखि आफुलाई सत्तामा सहयोग गर्ने दलहरूको पनि विश्वास गुम्न पुग्यो । फलत: नौ महिना पनि नपुग्दै प्रधानमन्त्री पदबाट राजिनामा दिएर जर्वजस्त बाहिरिनु पऱ्यो ।

प्रधानमन्त्री चलाउन त्यतिखेर अनुभव थिएन, अब केहि गर्छु भनि सक्नु भएको छ । हरेक मानिस सिकाईले नै महान बन्ने हो तर तपाईहरुले राज्य संचालन प्रक्रियालाई पनि सिक्ने थलो बनाउंदा आज सिकारु ड्राईभरको यात्रामा जोखिम मोलीरहेका यात्रु भएका छन् नेपाली जनता ।

हेक्का रहोस कमरेड, पहिलो पटक तपाई प्रधानमन्त्री हुदाँभन्दा अहिले बागमतीमा धेरै पानी बगीसकेको छ । सायद यो कुरा तपाईलाई पनि हेक्का भएरै होला प्रधानमन्त्री चलाउन त्यतिखेर अनुभव थिएन, अब केहि गर्छु भनि सक्नु भएको छ । हरेक मानिस सिकाईले नै महान बन्ने हो तर तपाईहरुले राज्य संचालन प्रक्रियालाई पनि सिक्ने थलो बनाउंदा आज सिकारु ड्राईभरको यात्रामा जोखिम मोलीरहेका यात्रु भएका छन् नेपाली जनता । देशको राजनीति र जनमानसमा तपाइँहरूको प्रभावमा आकाश जमिनको फरक भै सकेको छ । माओबादी केन्द्र संसदमा तेश्रो ठूलो दल मात्र होइन, तपाईका धेरै सहयात्रीहरूले पनि साथ छोडी सकेका छन् । नेपाली कांग्रेसको बैशाखी चढेर तपाई केही समय प्रधानमन्त्री त बन्न सक्नु होला तर इतिहासको सबै भन्दा परजीवी प्रधानमन्त्री भने पक्कै बन्नु हुने छ । किन कि जनस्तरमा तपाईको प्रभावकारिता र जनताप्रतिको इमान्दारिता प्रष्टै भैसकेको छ भने अर्का तत्कालिन माओबादी नेता डा. बाबुराम भट्टराई जसले बहुप्रतिक्षित संबिधान त निर्माण गर्न सकेनन नै उल्टै आफैले परिकल्पना गरेको संबिधानसभाको घाँटी निमोठेर अबसान गराएको तीतो अनुभव जनताले बिर्सेका छैनन् । त्यसको जसअपजस तपाईले लिनै पर्दछ । यस्तो परिस्थितिमा तपाईहरूको जनाधार र जनआस्था लाजिम्पाट र पेरिस डाडा वरिपरीमात्र सीमित होला तर बांकी जनतामा कति छ सजिलै अनुमान गर्न सकिन्छ ।

संबिधानसभाको अत्याधिक बहुमतबाट पारित संबिधानमा असहमति राखी भारतको अघोषित नाकाबन्दी खेपिरहेको कठिन परिस्थितिमा प्रधानमन्त्रीको बिरासत सम्हालेका ओलीले आँफु पदमा रहुन्जेल जति दु:ख परे पनि राष्ट्रिय स्वभिमानमा कति पनि सम्झौता गरेनन् । बरु नाकाबन्दी नखुल्दासम्म भारत भ्रमण नगर्ने अडान लिए, फलत नाकाबन्दी सहज बन्दै गयो उनी भारत भ्रमणमा गए तर भिख माग्ने कुरा भन्दा पनि दुई देशको सम्बन्ध र पुराना असमान सन्धिहरूको पुर्नव्याख्या तथा पुनर्लेखन गर्नुपर्ने कुरा दोहोऱ्याए ।

राष्ट्रियताका सवालमा समकालीन नेताहरू बि पी कोइराला, मनमोहन अधिकारी कृष्ण प्रसाद भट्टराई तथा गिरिजा प्रसाद कोइरालाको योगदान स्मरणीय छ । त्यसपछिका चरणमा बनेका प्रधानमन्त्रीका तुलनामा प्रधानमन्त्री के पी ओलीले तुलनात्मक रुपमा प्रसंशा गर्न लायक काम गरेर जांदैछन् । बिशेष गरि भारतले नेपाल र नेपालीलाई पिंजडाको सुगालाई जस्तो अलि अलि चारो हालेर आफ्नो समर्थनको लागि रटान लगाउन चाहन्छ भन्ने तथ्य कसैको सामु लुकेको छैन, बरु सर्वसाधारणले पनि सजिलै बुझ्न थालेका छन् । एउटा सार्बभौम सत्ता सम्पन्न राष्ट्रको हैसियतले नेपालले तेश्रो मुलुकसंग सम्बन्ध बिस्तार गरेको भारत देख्नै चाहँदैन । उसको अन्तिम लक्ष्य नेपालको सिक्किमीकरण नभएपनि भुटानीकरण पक्कै हो भन्ने कुरा बुझ्न कठिन छैन । नत्र भने नेपालीको आन्तरिक मामिलामा ऊ यति धेरै माइक्रो म्यानेजमेन्टमा लाग्दैन थियो होला । संबिधानसभाको अत्याधिक बहुमतबाट पारित संबिधानमा असहमति राखी भारतको अघोषित नाकाबन्दी खेपिरहेको कठिन परिस्थितिमा प्रधानमन्त्रीको बिरासत सम्हालेका ओलीले आँफु पदमा रहुन्जेल जति दु:ख परे पनि राष्ट्रिय स्वभिमानमा कति पनि सम्झौता गरेनन् । बरु नाकाबन्दी नखुल्दासम्म भारत भ्रमण नगर्ने अडान लिए, फलत नाकाबन्दी सहज बन्दै गयो उनी भारत भ्रमणमा गए तर भिख माग्ने कुरा भन्दा पनि दुई देशको सम्बन्ध र पुराना असमान सन्धिहरूको पुर्नव्याख्या तथा पुनर्लेखन गर्नुपर्ने कुरा दोहोऱ्याए । यसै गरि राष्ट्रपतिको भारत भ्रमण रद्ध मात्र गरेनन् अफगानिस्थानमा १२ जना नेपाली मारिदा सहयोग गर्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्ताबलाई ठाडै इन्कार गरि आफ्नै ध्वजाबाहक घटनास्थल पुऱ्याएर पीडितहरूको उद्दार गरे । चीनसंग व्यापार, पारवहान र थुप्रै विकास तथा निर्माणका सबालमा उत्तरी छिमेकीसंग हात बढाउने साहसिक काम गरे । स्मरणीय छ पूर्वराजा ज्ञानेन्द्रले सार्कमा चीनलाई पर्यबेक्षक राख्ने प्रस्ताब राखेकै कारण भारत–ज्ञानेन्द्र सम्बन्ध बिग्रेको थियो । जसको कारण उनले आजको यो नियति भोग्नु परेको जानकार सुत्रहरू औल्याउँछन् । जे सुकै भए पनि राष्ट्रियताको सवालमा के पी ओलीले आफु भन्दा धेरैनै शक्तिशाली राष्ट्र भारतलाई केहि नयाँ सबक भने सिकाएकै हुन् ।

बहिर्गमन हुँदै गर्दा राष्ट्रिय गौरबका योजनाहरू र ऐतिहासिक चीनसंग गरिएका सन्धि सम्झौताहरू अब के हुन्छ, के गर्नु हुन्छ ? भनि सबैले सुन्ने गरि के पी ओलीले संसदबाटै सोधेका प्रश्नहरूको उत्तर काम गरेरै दिनु पर्ने जिम्मेवारी तपाईको काँधमा आएको छ ।

जे होस् मौकामा चौका हानेर यतिबेला प्रधानमन्त्री बन्दै गर्दा तपाईलाई गुमेको आस्था प्राप्त गर्ने अन्तिम र महत्वपूर्ण अवसर बन्नेछ । सत्ता कब्जाको सपना, पहिला जस्तो जताततै हस्तक्षेप, आफ्ना कार्यकर्ता भर्ति अभियान गर्ने कार्य पुन: नदोहोरियोस् । महाभूकम्पको पीडामा २ वर्षायाम पार भैसक्दासम्म पनि सरकारबाट पूननिर्माणको ठोस काम हुन नसकेको बर्तमान परिस्थितिमा आउने सरकारले यसमा प्राथमिकताका साथ काम गरोस् । बहिर्गमन हुँदै गर्दा राष्ट्रिय गौरबका योजनाहरू र ऐतिहासिक चीनसंग गरिएका सन्धि सम्झौताहरू अब के हुन्छ, के गर्नु हुन्छ ? भनि सबैले सुन्ने गरि के पी ओलीले संसदबाटै सोधेका प्रश्नहरूको उत्तर काम गरेरै दिनु पर्ने जिम्मेवारी तपाईको काँधमा आएको छ । राजनीतिमा राजनीति खेल्नेहरूको कमि हुदैन । सायद तपाईको कार्यकाल शुरु नहुंदै दिनगन्ति पनि हुरु हुन्छ यी सबै कुराहरु बुझेर काम गर्नुहोला । तपाई जस्तै सत्ताको फोहोरी खेलमा चतुर खेलाडी अरु पनि धैरै छन् हेक्का राख्नु होला । कुनै पनि समय तपाइको लाइफ सपोर्ट खुस्काइ दिन सक्छन् किन कि तपाई आफ्नै बल बुतामा प्रधानमन्त्री बन्नु भएको होइन । त्यसैले आफु र आफ्नो दल भन्दा पनि देश र समग्र जनताको लागि काम गरि अलिकति भएपनि जनताको मन जित्ने काम भयो भने फेरि आउँदो चुनावमा जनतासमक्ष मुख देखाउने बाटो बनाउने अवसर हो यो तपाईका लागि । राजनीति गर्नेका लागि पद प्राप्ति एउटा लक्ष्य होला तर पदमा पुगेर गरेको असल काम ईतिहासका पानामा लिपिवद्ध हुनेछन । तपाईहरु जस्ता राज्य सञ्चालकका लागि यस्ता अवसरहरु थोरै आउलान तर त्यसलाई दुरुपयोग गर्दा ईतिहास कालो बन्छ भने सदुपयोग गर्दा अवस्य पनि सेतो बन्नेछ । तपाईका लागि त्यहि अवसर छ फेरी पनि दोहोऱ्याउन चाहान्छु दुरुपयोग होईन सदुपयोग होस यहि शुभ कामना ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

सकसमा एनआरएनका छ महिना

/बिहि, अशोज ५, २०७४