lamsal-mkआज करिब आधा करोड जति नेपालीहरू विदेशमा रहेको अनुमान छ । उनीहरू सक्षम, सिर्जनशील र दक्ष छन् । विदेशको समृद्धिको लागि आफ्नो सीप र पसिना सस्तोमा खर्चेका छन् । केहि अपवादलाई छाडेर भन्नुपर्दा जुन देशमा नेपालीहरू पुगेका छन्, त्यो देश नेपाल भन्दा आर्थिक रुपमा सम्पन्न पनि छ र त्यहाँका मानिसहरूको जीवनस्तर उच्च छ, चाहे त्यो मध्यपूर्व वा मलेसिया होस् वा पश्चिमी मुलुक । भन्नुको मतलब पर्यटनका हिसाबले कुनै दिन नेपालका अतिथि बन्न सक्ने हैसियत राख्छन् । विदेशमा बसेका करिब सबै नेपालीहरूले आफ्ना सम्पर्कमा आउने बिदेशीलाई नेपालको बारेमा प्रचार गर्ने मौका बाँकी राख्दैनन् । जसले प्रत्यक्ष्य वा परोक्ष रुपमा नेपालको प्राकृतिक सुन्दरता र पर्यटनको सहज मार्केटिङ्ग गरि रहेका हुन्छन् । यति नै काफी हुन्छ एउटा विदेशमा बसेको सर्बसाधारण नेपालीले नेपाललाई चिनाउने, आफ्नो देशको सुन्दरताको बयान गर्ने र सम्भावित पर्यटनको प्रचार प्रसार गर्ने ।

विश्वका धेरै मूलुकहरूमा गैरआवासीय नेपालीहरूको अगुवाईमा गरिने नेपाल महोत्सवहरूलाई पनि एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

यसरी नेपालीहरूको बढ्दो विदेश पलायनका कारण त्यो संजाललाई एउटा संगठित शक्तिको रुपमा विकास गरि “नेपालीका लागि नेपाली” भन्ने नाराका साथ स्थापित ग्लोबल नेपालीहरूको संजाल, एनआरएनएको स्थापना भएको हो । आज भन्दा करिब १३ वर्ष अगाडि स्थापित यो संजालले विश्वको ७४ मूलुकहरूमा आफ्नो संगठन बिस्तार गरिसकेको छ ।  एनआरएनएको आफ्नो प्रमुख उद्देश्यमध्ये नेपालको पर्यटन प्रर्बद्धन पनि हो । तदनुसार संसारका विभिन्न मूलुकहरूमा छरिएर रहेका यी सबै व्यक्ति, संघ, संस्था तथा संजालहरूले कुनै न कुनै रुपमा आँफू बसेको मूलुक तथा समाजमा नेपालको प्रचार प्रसार तथा प्रर्बद्धन कुनै न कुनै रुपमा गरेकै हुन्छन् । विश्वका धेरै मूलुकहरूमा गैरआवासीय नेपालीहरूको अगुवाईमा गरिने नेपाल महोत्सवहरूलाई पनि एउटा उदाहरणको रुपमा लिन सकिन्छ ।

राजनीति गर्नु भनेको देशको सेवा गर्नु, उसले आफु र आफ्नो परिवार नाता गोता भन्दा पनि समग्र देशलाई एउटा परिवारको रुपमा हेर्न सक्नु पर्दछ । आफ्नो पद र कार्यकाल मात्र भन्दा दशक, शताब्दी र आउँदो पुस्तासम्म सोचेर काम गर्न सक्नुपर्छ ।

 विदेशमा बस्ने नेपालीहरूले नेपाल एउटा आकर्षक पर्यटकीय गन्तब्य हो भनि प्रचार प्रसारमा अहोरात्र खटेका छन् त्यतिनै नेपालमा जिम्मेवारी सम्हालेका मानिसहरू नेपालको यो अपार सम्पत्ति, सम्पदा र सुन्दरतालाई आर्थिक सम्बृद्धिमा परिणत गर्न संबेदनशिल र इमान्दार छन् त ? खेदपूर्वक भन्नुपर्छ यसमा इमान्दारिता, सम्बेदनशिलता र दीर्घकालिन सोचको अभाव नै छ । संसारको सबै भन्दा धेरै जनघनत्व भएको र उदाउँदा अर्थतन्त्रहरू भारत र चीनबीच अवस्थित सम्भावना नै सम्भावना भएको हाम्रो देश नेपालको यो हालत कहिलेसम्म ? प्रकृतिको अपार सुन्दरताले भरिएको, भू–राजनीतिक हिसाबले आर्थिक तथा रणनीतिक महत्व बोकेको देश आजसम्म पनि आर्थिक रुपमा नेपाली यति धेरै पछाडि हुनु हामी सबैको लागि दूर्भाग्य मात्रै होइन लाजमर्दो हो । यस्तो पछौटेपनको शिकार कहिलेसम्म यस्तो लाजमर्दो ? सायद यस्तो बिडम्बना भोग्नु परेको संसारमा नेपालबाहेक अर्को कुनै मुलुक छैन होला । आखिर कारण के हो त ? कारण राजनीतिक अस्थिरता र राजनीति गर्नेहरूमा इमान्दारिता र दीर्घकालिन सोचको अभाव नै हो ।

mountराजनीति गर्नु भनेको देशको सेवा गर्नु, उसले आफु र आफ्नो परिवार नाता गोता भन्दा पनि समग्र देशलाई एउटा परिवारको रुपमा हेर्न सक्नु पर्दछ । आफ्नो पद र कार्यकाल मात्र भन्दा दशक, शताब्दी र आउँदो पुस्तासम्म सोचेर काम गर्न सक्नुपर्छ । तर त्यो सोच नेपालमा राजनीति गर्नेहरूमा देखिएन । करिब २५ वर्ष पुग्यो नेपाल एकदलीय पन्जाबाट मुक्ति पाई खुल्ला समाजमा प्रवेश गरको । त्यसको लगत्तै देश १० बर्षे जनयुद्धमा फँस्यो । त्यो सन्त्रासमय समयमा हजाराैं मानिसको ज्यान त गयो, त्यसको साथ साथै देशले खरबौं बराबरका पूर्वाधार तथा अन्य आर्थिक बिनासको सामाना गर्नुपर्यो । राजनीतिक रुपमा हेर्दा प्रजातान्त्र होस लोकतान्त्रिक व्यवस्थामा पनि आजसम्म एउटा  सरकारले पनि पूर्णकालिन काम गर्न पाएको छैन । जसले गर्दा जनताबाट चुनिएर गएका प्रतिनिधीहरूले देशको भबिष्यको मार्गचित्र गर्ने काम अपेक्षा अनुसार बढ्न सकेन । राजनीतिज्ञहरुले आवश्यक नीति निर्माण तिरभन्दा पटक पटकको चुनाव, पद र सत्ताको दाउपेच मै ब्यस्त रहन थाले । कर्मचारी तथा ब्यापारीहरू अस्थिर राजनीतिको फाइदा उठाउंदै आफ्नो दुनो सोझ्याउन मात्र लागे । देशमा लूट्नेहरुको होडबाजी नै चलेजस्तो देखियो । यस्तै अस्थिर र नैराश्य वातावरणको दोसांधमा थुप्रै युवाहरू सम्भावनाको खोजिमा विदेश पलायन हुन थाले । हजारौंको संख्यामा दक्ष जनशक्ति देश छोडेर विदेशतिर पलायन हुने क्रम बढ्दै गयो जुन आजसम्म पनि कायमै छ । फलत केहि टाठाबाठा मानिसहरू दिनरात धनी बन्दै गए, समग्रमा देश कमजोर बन्दै गयो आर्थिक र जनशक्तिको दृष्टिकोणले नेपाल दिन प्रतिदिन खोक्रिदै गयो ।

प्रकृतिको अपार सुन्दरताले भरिएको, भू–राजनीतिक हिसाबले आर्थिक तथा रणनीतिक महत्व बोकेको देश आजसम्म पनि आर्थिक रुपमा नेपाली यति धेरै पछाडि हुनु हामी सबैको लागि दूर्भाग्य मात्रै होइन लाजमर्दो हो ।

डायस्पोरामा बस्ने गैरआवासीय नेपालीहरू आफ्नो क्षमताले भ्याएसम्म नेपाल प्रर्बद्धन गर्न व्यस्त छन् । नेपालको पर्यटन झल्कने ठूला–ठूला पोस्टकार्ड, ब्यानर, श्रब्य दृश्य सामग्रीहरू देखाएकै हुन्छन् । तर नेपालमा त्यसको महत्व बुझ्ने र दीर्घकालिन सोच राखेर काम गर्नेहरूको खडेरी नै छ । आज एडमण्ड हिलारीले सगरमाथा आरोहण गरेको ६ दशक भन्दा बढी भैसकेको छ । यस बीचमा हजारौं बिदेशी तथा स्वदेशीहरूले सागरमाथा आरोहण गरिसकेका छन् । लाखौले लुम्बिनी भ्रमण गरिसकेका छन्, ट्रेकिङ्गको क्रममा लाखौ बिदेशीहरू नेपालका गाउँगाउँ पुगिसकेका छन् । पर्यटनकै नाउँमा खरबौं रुपिया देश भित्रिएको छ तर त्यो श्रोतलाई इमान्दारीपूर्वक पर्यटन पूर्वाधार विकासमा खर्च गर्ने, पूर्वाधार विकासमा लगाउने र भबिष्यमा आउने पर्यटकहरूलाई अरु सहज बनाउनेतर्फ कसैको ध्यान छैन । हिमाल आरोंहणमा लाखौ रूपैया शुल्क असुलिंन्छ, ट्रेकिङ्गको शुल्क पनि कम छैन । त्यस्तै पोखरादेखि लुम्बिनी, चितवन हुँदै पशुपतिसम्म आन्तरिक तथा बाह्य पर्यटकहरूबाट थुप्रै रकम संकलन हुन्छ । तर त्यसको केहि मात्र अंश सम्बन्धित क्षेत्रको पूर्वाधार विकासमा खर्च गर्ने सोच हुँदो हो त आजसम्म काठमाडौंबाट एभरेस्ट बेश क्याम्पसम्म हाइवे बनिसक्ने थियो होला । राजधानीदेखि अन्नपूर्ण बेश क्याम्पसम्म केवलकार पुगिसक्थ्यो होला । नेपालले पर्यटन विकासमा उल्लेख्य प्रगति हासिल गर्न सक्थ्यो होला ।

नेपाललाई सिंगापुर, स्वीजरल्याण्ड बनाउँछाैं भनेर सपना बाड्न पनि जरूरी छैन । नेपालले पर्यटनमार्फत आर्थिक सम्बृद्धि हाँसिल गर्न नेपालीहरूको आतिथ्य, प्राकृतिक सुन्दरता, आदिवासीहरूको जीवन शैली, स्वस्थ र स्वादिस्ट अर्गानिक भोजन आदिको समुचित विकास र व्यबस्थापन गर्न सकियो भने यतीनै पर्याप्त छ ।

लैनो गाइ भन्दैमा पालन पोषण नगरे कतिदिन दूध दिन सक्छ र ? त्यस्तै भएका छन् हाम्रा सुन्दर पर्यटकीय धरोहरहरू । बर्षेनी नेपाल पर्यटन वोर्ड र मन्त्रालायका कर्मचारीहरू नेपाल प्रर्बद्धनको नाउँमा बिदेश घुम्ने गरेको देखिन्छ तर उनीहरू न त त्यहाँको मूलधारसम्म पुगेर नेपालको पर्यटन सम्भावनाको प्रचार प्रसार गर्छन न त त्यहाँ को सरकारको नीति तथा कार्यक्रमको अध्यन गरि नेपालीमा केहि हदसम्म भए पनि लागु गर्ने फुर्सदै उनीहरूलाई हुन्छ । सरकारी ढुकुटीमा केवल घुमघाम, आफन्त भेटघाट सकेर नेपाल फर्कन्छन् । लाग्छ, यहाँ देश लुट्ने एक प्रकारको प्रतिस्प्रर्धा नै छ जसले गर्दा पर्यटकीय सम्पदाबाट आर्जित रकम अर्कैतिर भरणपोषण गरिन्छ । महत्वपूर्ण पर्यटकीय स्थलहरू जस्ताको त्यस्तै निरिह रही रहन्छन् ।

अब नेपालको पर्यटन प्रर्बद्धन र विकास गर्न सगरमाथा र बुद्धको फोटो प्रदर्शन गरेर मात्रै हुँदैन । पर्यटनबाट प्राप्त आम्दानीलाई पर्यटन पूर्वाधार विकास तथा बिस्तारमा खर्च गर्नु पर्ने देखिन्छ । पर्यटन मन्त्रालयदेखि, पर्यटन बोर्डलाई एउटा रचनात्मक काम गर्ने प्राधिकरणको रुपमा विकास गर्नुपर्छ । नाताबाद, फरियाबादको भर्तीकेन्द्र बनाउन बन्दै गर्नुपर्छ । पर्यटन प्राधिकरणलाई देशको आर्थिक विकासको प्रमूख साझेदार मान्दै अरु सशक्त, पारदर्शी र गैरराजनीतिक बनाउन जरुरी छ । पर्यटन पूर्वाधार विमानस्थलदेखि बेसक्याम्पसम्म सून्य बाटै सुरु गर्नु पर्ने देखिन्छ । नेपाललाई सिंगापुर, स्वीजरल्याण्ड बनाउँछाैं भनेर सपना बाड्न पनि जरूरी छैन । नेपालले पर्यटनमार्फत आर्थिक सम्बृद्धि हाँसिल गर्न नेपालीहरूको आतिथ्य, प्राकृतिक सुन्दरता, आदिवासीहरूको जीवन शैली, स्वस्थ र स्वादिस्ट अर्गानिक भोजन आदिको समुचित विकास र व्यबस्थापन गर्न सकियो भने यतीनै पर्याप्त छ । एक ठाउँबाट अर्को ठाउँमा आवत जावत गर्ने सहज सडक तथा हवाई सुबिधा तथा आवासको व्यवस्था मुख्य सहरभन्दा बाहिर रहेको दूर दराजसम्म पुर्याउन सरकारले नै बिशेष पहल गर्नु पर्ने देखिन्छ । राजदूतदेखि महाबाणिज्यदूतसम्मको नियुक्तिमा दलहरू र पर्यटन बोर्डमा आसिनहरूको भागबण्डा र आर्थिक प्रलोभनमा सीमित नरही पर्यटन सम्बन्धि जानकार र बिज्ञहरूलाई विश्वका सम्भावित पर्यटन बजारसम्म स्थापित गराउन जरुरी छ । उनीहरू सम्बन्धित देशमा रहेका गैरआवासीय नेपालीहरूसंग सहकार्य गर्ने छन् जसले स्थानीय बजार राम्रोसंग बुझेका हुन्छन् । देशभित्रै समय सापेक्ष अत्यावश्यक भौतिक तथा पर्यटन पूर्वाधारको विकास बिना विदेशमा गरिएको हल्लाले मात्र प्रचूर सम्भावना बोकेको नेपालको पर्यटन व्यवसायले अपेक्षित उपलब्धि हासिल गर्न सक्दैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार