नेपाली सामुदायिक संस्थाहरुको संघ – फेन्का : आवस्यकता र चुनौतीहरु

  • तत्कालिन एनआरएनए अष्ट्रेलिया कै संयोजकत्वमा सिड्नीमा आयोजित अष्ट्रेलियाब्यापी सामुदायिक संघ संस्थाहरुका प्रतिनिधिको भेला आयोजना गरिएको थियो ।

  • करिब २ वर्षको अध्यायन, व्यापक सामुदायिक बिचार गोष्टि, छलफल तथा संकलित सुझाब पश्चात अष्ट्रेलियामा नेपाली सामुदायिक संस्था हरुको एउटा संघ करिब करिब स्थापना हुने मोडमा पुगेको छ । प्रस्तावित संघको नाम  फेडेरेशन अफ नेपाली कम्युनिटी एशोसियसन, अष्ट्रेलिया  ( Federation of Nepali Community Association Australia – FeNCAA) राख्ने तय   गरिएको जानकारी कार्यदलका संयोजक डा कृष्ण हमाल ले दिनु भएको छ । ४ अप्रिल २०१५ मा यस सम्बन्धि बृहत छलफलका लागि  तत्कालिन एनआरएनए अष्ट्रेलिया कै संयोजकत्वमा सिड्नीमा आयोजित अष्ट्रेलियाब्यापी  सामुदायिक संघ संस्थाहरुका प्रतिनिधिको भेला आयोजना गरिएको थियो । सो भेलाले अष्ट्रेलियामा एउटा प्रतिनिधिमूलक संघको आवस्यकता सम्बन्धि अध्ययन गरि एउटा कार्यपत्र पेश गर्न को लागि एउटा  कार्यदल पनि  निर्माण गरेको थियो ।  सोहि भेलाको भावना लार्इ कदर गर्दै करिब २ बर्षमा  कार्यदलले आफ्नो जिम्मेवारी पूरा गरेको जनाएको छ । तदनुरुप  आउदो १० जुन शनिबारका दिन  मेलबर्नमा कार्यशाला गोष्ठी, ततत्पस्चात पहिलो राष्ट्रिय सम्मेलन मार्फत यो संघलार्इ औपचारिकता दिइने कुरा आयोजकहरुले जानकारी दिएका छन् ।

    फेन्काको अबधारणा बिगतदेखि बर्तमानसम्म

    नेपाली हरुको एउटा साझा र सहकारी संगठन बनाउनु पर्ने परि कल्पना १९९६ तिरै आएको थियो । तर त्यतिबेला नेपालीहरुको त्यति बाक्लो उपस्थिति थिएन भने संघ संस्थाहरु पनि त्यति खुली सकेका थिएनन्  र त्यो अभियान त्यतिकै रह्यो । र यो  क्रम फेरी २००८ देखि सुरुभयो ।  त्यति बेला मेलबर्नबाट डा राजु अधिकारी, क्यानबेराबाट डा कृष्ण हमाल र सिड्नीबाट सुश्री इन्द्र बन सक्रियताका साथ लाग्नु भयो । तर त्यति बेलापनि एनआरएनएले अष्ट्रेलियाब्यापी आफ्नो गतिबिधि बढाउदै जान  थाल्यो । समूदायको सयुक्त आवाज एनआरएनए मार्फत नै उठाउन सकिन्छ भन्ने कुरामा धेरै मानिसहरु बिश्वस्त भए  र फेन्का स्थापना गर्ने अभियान छायामा पर्न गयो र  फेन्काका परिकल्पनाकारहरु, अभियन्ताहरु प्रतक्ष्य अप्रतक्ष्य रुपमा एनआरएनए अभियान मै लागे ।

    प्राज्ञ डाक्टर होममूर्ति पन्तको संयोजकत्वमा गठित बिधान मस्यौदा समितिले एनआरएनएको तत्कालिन   बिधानमा व्यापक परिवर्तन गरि सके सम्म सबै नेपाली सामुदायिक संघ संस्था तथा ब्यबसायीहरुलाई एउटै साझा चौतारीमा ल्याउने प्रयास भयो ।

    नेपाली समूदायको एउटा  साझा संस्था र साझा अभियानको रुपमा बिस्तार गर्ने अभिप्राय ले सन् २०११ को अधिवेसनले  एनआरएनएको बिधानमा सोहि अनुरुप  परिवर्तन गर्ने अबधारणा ल्यायो । प्राज्ञ डाक्टर होममूर्ति पन्तको संयोजकत्वमा गठित बिधान मस्यौदा समितिले एनआरएनएको तत्कालिन   बिधानमा व्यापक परिवर्तन गरि सके सम्म सबै नेपाली सामुदायिक संघ संस्था तथा ब्यबसायीहरुलाई एउटै साझा चौतारीमा ल्याउने प्रयास भयो । उक्त बिधानमा  सामुदायिक संघ संस्थाहरुलाई एनआरएनएमा संस्थागत सदस्यता दिने र सबै राज्यहरुमा राज्य समन्वय समिति बनाउने राख्ने प्राबधान गरियो । अष्ट्रेलियाका ८ ओटै  राज्य समितिमा  प्रमुखको रुपमा एक  संयोजकको निर्वाचन गर्ने र उक्त संयोजकको हैसियत राष्ट्रिय समन्वय समितिमा उपाध्यक्षको रुपमा रहने व्यवस्था गरियो ।

    सबै राज्य समितिहरुलाई शशक्तिकरण गर्ने,  सामुदायिक संघ संस्थाहरुलाई पनि एनआरएनएमा ल्याउन गरिएको बिधानको परिक्षण सन् २०१३ को एनआरएनएको निर्वाचनमा भयो । बिधानको मर्म अनुसार अष्ट्रेलियाका प्राय सबै राज्यहरुमा एनआरएनएको संगठन बलियो बन्न थाल्यो । राज्य तहमा  थुप्रै राम्रा कार्यहरुपनि हुन थाले । तर बिडम्बना सामुदायिक संघ संस्थाहरुलाई बिधानको मर्म अनुसार  एनआरएनए संग साझेदारी गराउन सकिएन । करिब ४ दर्जन भन्दा बढी संघ संस्था भएको हाम्रो समूदायमा केहि औलामा गन्न सकिने  सामुदायिक संघ संस्थाहरुले मात्र एनआरएनएको संस्थागत सदस्यता लिए । बैधानिक रुपमा राजनीतिक भातृ संस्थाहरुलाई एन आर एन ए मा संस्थागत सदस्यता लिन बन्देज थियो ।  तर थि संस्थाहरु जो  अधिकांश नेपाली  राजनैतिक दलका भातृ संस्थाहरु  थिए आफुहरु अष्ट्रेलियामा एउटा  सामुदायिक संस्थाको रुपमा  दर्ता भएकोले सदस्यता लिन योग्य साबित गर्दै  एन आरएनएको संस्थागत सदस्य बन्न पुगे  । यसरि  ब्यबहारिक पक्षलार्इ हेर्दा एन आर एन ए मा बृहत  सामुदायिक संघ संस्था भन्दा पनि राजनैतिक दलका भातृसंस्थाहरु को मात्र प्रवेश हुन पुग्यो र साझा एनआरएनए बनाउने बिधानको मर्म अनुसार काम हुन सकेन  ।

    फेन्काको आवश्यकता

    अष्ट्रेलियामा नेपाली समूदायको संख्या दिनानुदिन  बढ्दो छ । १० बर्ष अगाडिको नेपाली समुदाय र आजको अवस्था हेर्दा आगामी १० बर्षमा नेपालीहरु को स्थिति कस्तो हुन्छ सजिलै अनुमान लगाउन सकिन्छ । बहुभाषिक,   बहुसांस्कृतिक समाजमा नीति निर्माण गर्दै गर्दा समूदायको सामुहिक पहिचान र एकत्रित अवाज एउटा संगठित रुपमा सम्बन्धित निकायसम्म पुर्याउनु अत्याबस्क हुन्छ । हाम्रो सामुदायबाट मूल धार राजनीति, प्रशासन, ब्यबसाय जस्ता क्षेत्रहरुमा नीति निर्माण गर्ने तहसम्म नेपालीहरुको इन्ट्री हुन सकेको छैन, जुन अत्याबस्यक भैसकेको छ । यसको लागि  उपयुक्त  सामाजिक र सामुदायिक पूर्वाधार तयार पर्दै जानु आवस्यक छ ।

    सिनियर, अनुभवी र समाज प्रतिको जिम्मेवारी निस्वार्थ सम्पादन गर्न सक्ने व्यक्तित्वहरु मात्र रहने एउटा प्रभावशाली, सानो र चुस्त संगठनले मात्र यी  सबै संघ संस्थाहरुको शक्तिलार्इ एकत्रित गरि नेपालीहरुको सयुक्त, संगठित र एकत्रित आवाज सम्बन्धित निकायसम्म पुर्याउन सक्छ । 

     

    हो, एनआरएनएले बिगत १२ वर्ष पर गर्दै गर्दा अष्ट्रेलियामा थुप्रै काम गरिसकेको छ र यहाँको नेपाली तथा मूल धार अष्ट्रेलियन समाजमा नेपालीहरुको एउटा साझा र प्रतिनिधिमूलक संस्थाको रुपमा आफ्नो पहिचान राख्न सफल भएको छ । तर एन आर एन ए आफ्नै कार्य क्षेत्रको दायरा बढ्दै गएको अवस्था छ । बिशेषतः आफ्नै विश्व संजाल संग समन्वय गर्नेदेखि नेपाल सरकार, भूकम्प पुनःनिर्माण, थुप्रै परोपकारी परियोजनाहरु,  सचिवालय भवन निर्माण, सामूहिक लगानी तथा नेपाल सरकार संग निरन्तर गरि रहनु पर्न सहकार्यका कारण पनि एनआरएनए बाट सबै कामहरु प्रभावकारी रुपमा गर्न सहज देखिदैन । तसर्थ समुदाय र सरकारसंग पारस्परिक सहयोग सम्बन्धित नीति निर्माण तहसम्म पुगेर काम गर्नको लागि अष्ट्रेलिया  एनआरएनएलार्इ एउटा सहयोगी र सहयात्री  सामुदायिक संरचना अत्याबस्यक देखिन्छ जुन “फेन्का” ले गर्न सकोस् ।

    समाजमा कतिपय मानिसहरु  एनआरएनए हुँदा हुँदै अर्को संरचना किन चाहियो ? भन्ने पनि छन् भने कतिपय मानिसहरुको सोचाइमा  फेन्का यहाँ स्थापना भएका थुप्रै संस्थाहरुको भिडमा एउटा थप संस्था मात्र हुन सक्छ भन्ने पनि छ । त्यसमा केहि सत्यता पनि छ  यदि यो प्रस्तावित संघले पुरानो संस्कारबाट माथि उठ्न सकेन भने ।

    अष्ट्रेलियामा स्थापित यस्ता सामुदायिक संस्थाहरु नीतिगत रुपमा सहयोग गर्ने, उनीहरुको गतिबिधिहरुलाई अष्ट्रेलियाको कानूनी मापदण्ड अनुसार संचालन गर्न सहयोग गर्ने प्रमुख हुन जान्छ ।

     

    नेपाली सामुदायिक संस्थाहरुको फेडेरेसन भन्ने बित्तिकै सबै नेपाली संघ संस्थाहरुको एउटा प्रतिनिधिमूलक संरचना भन्ने बुझिन्छ । अष्ट्रेलिया भरि करिब १०० भन्दा बढी नेपाली संघ संस्थाहरु खुलेका छन् । यिनीहरुमा धेरै बिबिधता देखिन्छ । जातीय, क्षेत्रीय, धार्मिक, राजनीतिक आधारमा खुलेका यी संस्थाहरु  कतिपय  औपचारिक रुपमा दर्ता छैनन ।  दर्ता भएकाहरुले पनि यहाको नियम कानून बमोजिमको  मापदण्ड  अनुसार नचलेका हुन सक्छन  ।  तर उनीहरुले धेरथोर  सामुदायिक गतिबिधिहरु संचालन गरेकै हुन्छन । यस्ता साना ठुला सामुदायिक संस्थाहरुले नेपालमा आफ्नो क्षेत्र जिल्ला र गाउँमा थुप्रै सहयोग गरेका छन् । सिनियर, अनुभवी र समाज प्रतिको जिम्मेवारी निस्वार्थ सम्पादन गर्न सक्ने व्यक्तित्वहरु मात्र रहने एउटा प्रभावशाली, सानो र चुस्त संगठनले मात्र यी  सबै संघ संस्थाहरुको शक्तिलार्इ एकत्रित गरि नेपालीहरुको सयुक्त, संगठित र एकत्रित आवाज सम्बन्धित निकायसम्म पुर्याउन सक्छ ।

    प्रस्तावित  फेन्काले गर्ने भनेको काम  आउट डोर भन्दा पनि इन्डोर धेरै हुन जरुरी छ ।   अष्ट्रेलियामा स्थापित यस्ता सामुदायिक संस्थाहरु नीतिगत रुपमा सहयोग गर्ने, उनीहरुको गतिबिधिहरुलाई अष्ट्रेलियाको कानूनी मापदण्ड अनुसार संचालन गर्न सहयोग गर्ने प्रमुख हुन जान्छ । केन्द्र तथा राज्य सरकारले  सामुदायिक संघ संस्थाहरुलाई विभिन्न विधामा अनुदानहरु दिने गर्छ, त्यसका लागि विभिन्न संस्थाहरुलाई डकुमेन्टेसनको लागि आवस्यक सहयोग गर्ने जस्ता कार्य गरेमा फेन्का र अन्य सामुसायिक संघ संस्थाहरु बीचको पारस्परिक सम्बन्ध अरु घनिष्ट बन्दै जान्छ र परस्पर निर्भरतामा समाज अगाडि बढ्न सक्छ ।

    फेन्काले समुदायलार्इ सदस्यको रुपमा लिदा व्यक्ति भन्दा पनि संस्था र त्यसको बैधानिकता लार्इ हेरर सदस्यता दिदा राम्रो होला । नेतृत्वमा सकेसम्म  अष्ट्रेलियाको सरकारी तथा निजि क्षेत्रमा लामो समय काम गरेका अनुभवी तथा ज्येष्ठ सदस्यहरु लार्इ अवसर दिदै जाँदा नेतृत्वले समुदाय दिने समय र निस्पक्षतामा धेरै आशा गर्न सकिन्छ ।

     

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार

    सकसमा एनआरएनका छ महिना

    /बिहि, अशोज ५, २०७४