अष्ट्रेलियामा नेपाली विद्यार्थीहरुका समस्या र मुहान सफा गर्ने कुरा !

  • कतिपय परामर्श दाताहरु संग सम्बन्धित बिषयमामा हुनु पर्ने ज्ञानको अभाव, आर्थिक प्रलोभन तथा अस्वस्थ प्रतिष्प्रर्धाका कारणले विद्यार्थीहरु मारमा परेका छन् ।

  • अष्ट्रेलिया उच्च अध्ययनका लागि संसारकै एक आकर्षक गन्तब्य हो भन्ने कुरामा दुई मत छैन । बिशेष गरि आर्थिक सम्पन्नता, लोक कल्याणकारी राज्य, अनुकुल हावापानी, कुशल सरकारी व्यस्थापन, कानूनी राज्य, सशक्त नागरिक समाज, गुणस्तरीय शिक्षा, अंग्रेजी भाषा अध्ययन अध्यापनको माध्यम, बहुसांस्कृतिक समाज जस्ता थुप्रै राम्रा बिशेषताहरुले गर्दा पनि धेरै बिद्यार्थीहरु अष्ट्रेलियन शैक्षिक संस्थाहरुमा अध्ययन गर्न मन पराउँछन् । यसका अतिरिक्त अधिकांश विद्यार्थीहरु आफ्नो अध्ययन समाप्त गरेपश्चात स्थाई बसोबासको ढोका खुल्ने हुनाले पनि अन्य मूलुकको तुलनामा अष्ट्रेलियन युनिभर्सिटीमा बिदेशी विद्यार्थीहरुको भर्ना संख्या उल्लेख्य मात्रामा बढेको हो । तसर्थ नेपाली बिद्यार्थीहरु पनि यस्ता सुनौलो अवसरबाट अछुतो नरहने हुनाले महँगो र कष्टकर नै भए पनि अष्ट्रेलियालार्ई आफ्नो उच्चशिक्षाकोलागि एउटा रोजिएको गन्तब्य बनाएको पाइन्छ ।

    थुप्रै अवसर रहेको अष्ट्रेलियामा चुनौतीहरु नभएका होइनन् । चुनौती त गाउँबाट सहर पढ्न झर्ने बिद्यार्थीमा पनि त हुन्छ । अष्ट्रेलिया त नेपाली विद्यार्थीहरुका लागि धेरै अर्थमा भूगोलको एउटा बिल्कुलै फरक भाग र फरक परिवेश अन्तर्गत पर्दछ । सुरुका दिनहरु मा परिवर्तित परिवेश अनुकुल आँफुलार्ई समायोजन गर्नु सबैलार्ई एउटा चुनैतीको बिषय नै हो त्यसमा पनि विद्यार्थीहरुको लागि भने अरु कष्टकर नै हुन्छ । किनकि एक त उनीहरु उमेरमा त्यति धेरै परिपक्क हुदैनन् भने अर्कातिर पढाइ, काम र बासस्थानको समस्या एकै चोटी थोपरिने हुनाले सबै कुरालार्ई सन्तुलित गर्न आँफैमा सजिलो काम होइन ।

    अर्थतन्त्रको तेश्रो ठूलो आम्दानीको श्रोत उच्च शिक्षा पनि हो र यसले प्रतिबर्ष करिब २० बिलियन डलर अष्ट्रेलियन अर्थतन्त्रमा योगदान पुर्याउने हुनाले अन्तराष्ट्रिय विद्यार्थीहरुका लागि सरकारले नै ढोका खुला गरि सहज बातावरण बनाउने गर्दछ । यसरी बिदेशी विद्ययार्थीहरुलाई अध्ययनका लागि भित्त्राउँदा यहाँको श्रमशक्तिमा सहज आपूर्तिदेखि दीर्घकालमा शिक्षित जनशक्ति तथा बहुसांस्कृतिक सामाजिक संरचनामा ठूलो योगदान पुग्छ । सरकारले अन्तराष्ट्रिय विद्यार्थीहरुलार्ई एउटा दीर्घकालिन सामाजिक आर्थिक महत्वको रुप लिएको हुन्छ र समयानुसार विभिन्न देशबाट आउने विद्यार्थीहरु लार्ई एउटा निश्चित मापदण्ड तोकेर ढोका खुला गरिदिन्छ ।

    कतिपय परामर्श दाताहरु संग सम्बन्धित बिषयमामा हुनु पर्ने ज्ञानको अभाव, आर्थिक प्रलोभन तथा अस्वस्थ प्रतिष्प्रर्धाका कारणले विद्यार्थीहरु मारमा परेका छन् । जसले गर्दा अष्ट्रेलिया सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार काम गर्ने परामर्श दाताहरुको समेत छबि धमिलिएको देखिन्छ ।

    यस्तै सरकारी मापदण्ड अनुसार हाल केहि समय अगाडिदेखि नेपाली विद्यार्थीहरु अष्ट्रेलियामा सहज बनाएको देखिन्छ । सरकारले नेपाली विद्यार्थी भिसालार्ई एसेस्समेन्ट लेवल २ मा राखेकोले पनि भिसा प्राप्त गर्न अन्य मुलुकको तुलनामा सहज हुन थालेको हो । जसले गर्दा हाल अष्ट्रेलियन शैक्षिक संस्थाहरुमा नेपाली विद्यार्थीहरुको संख्या गुणात्मक रूपले बढेको छ । यस्तो लहर करिब १० वर्ष अगाडि २००७ देखि २००९ सम्म पनि आएको थियो । त्यतिबेला अष्ट्रेलिया सरकारले नेपाली विद्यार्थी भिसा आबेदनमा प्रदान गरेको सहजताको नेपालस्थित परामर्श दाताहरु द्वारा व्यापक दुरुपयोग मात्र भएको थिएन कि यहाँ आइसकेपछि पनि विद्यार्थीहरु विभिन्न खाले शोषण तथा बिकृतिका शिकार बन्न पुगे । यस्तै समस्यालाई देखेर मुख खोलेका तत्कालिन नेपाली राजदूत योगेन्द्र ढकालले समेत परामर्श दाता तथा सरोकार समूहको खप्की समेत खानु परेको थियो ।

    त्यो समस्या हाल आएर फेरी पनि नदोहोरियाला भन्न सकिन्न । अथाह सपना बोकेर काठमाडौंबाट अष्ट्रेलियाका भब्य सहरहरु मा उत्रदै गर्दा यहाँको बास्तविकता संग भिजन नसक्दा विद्यार्थीहरुमा थुप्रै नैराश्यता, बिकृति तथा विसंगतिहरुको सिकार हुन परेका थुप्रै उदाहरणहरु को साक्षी नेपाली समाज छ ।

    यावत समस्याहरुका उचित सम्बोधन तथा न्यूनीकरणका लागि सम्बन्धित सबैले समय मै सामुहिक रुपमा प्रयास गर्नु जरुरी छ । समग्रमा अष्ट्रेलियामा नेपालीहरुको गुणात्मक वृद्धि हुनुमा परामर्श दाताहरुको महत्वपूर्ण भूमिकालार्ई नकार्न सकिदैन । विद्यार्थीहरुलाई अष्ट्रेलियामा प्रवेश गराउन चाहिने आवश्यक सूचना तथा सुबिधाको श्रोत तथा मुहान शैक्षिक परामर्शदाताहरु नै हुन् । तर यो तथ्य अपवाद रहित छैन, विवाद रहित छैन । यहाँनेर सबैलाई एउटै बास्केटमा राख्न खोजिएको छैन तर कतिपय परामर्श दाताहरु संग सम्बन्धित बिषयमामा हुनु पर्ने ज्ञानको अभाव, आर्थिक प्रलोभन तथा अस्वस्थ प्रतिष्प्रर्धाका कारणले विद्यार्थीहरु मारमा परेका छन् । जसले गर्दा अष्ट्रेलिया सरकारले निर्दिष्ट गरेको मापदण्ड अनुसार काम गर्ने परामर्श दाताहरुको समेत छबि धमिलिएको देखिन्छ । गैर जिम्मेवार ढंगबाट सिड्नी ओपेरा हाउस, हार्बर ब्रिज, मनमोहक गगन चुम्बी भबन तथा समुन्द्री तटहरुको फोटो देखाएर, ठुला ठुला होर्डिंग बोर्ड र आकर्षक रंगिन पोस्टर संगै अथाह सपना बाड्न पनि केहि मानिसहरु काठमाडौंमा अड्डा जमाएर बसेका छन् । यो अर्को समस्या हो र यसको निराकरणको लागि स्वयं विद्यार्थीहरु, अभिभावकहरु, अष्ट्रेलियामा स्थापित परामर्श दाताहरु, एनआरएनए, अष्ट्रेलिया स्थित समग्र नागरिक समाज, संचार माध्यम, नेपाली दूताबास, नेपाल स्थित शिक्षा मन्त्रालय लगायत सबैले एउटा सामूहिक प्रयास गर्नु जरुरी छ । अष्ट्रेलियामा शिक्षाको स्तर, जीवनयापन, जीवनशैलि, आर्थिक विकास तथा कानूनी राज्य सहितको एउटा लोक कल्याणकारी राज्य हो । यहाँ आउँदा आर्थिक तथा मानसिक रुपमा पूर्व तयारी गरि आउँदा सबैलार्ई फाइदा हुन्छ र अपेक्षित नतिजा पाउन सकिन्छ । हामी हाम्रा कलिला भाइ बहिनीहरु पैसा कमाउने नाउमा बेचिएको अथाहा सपनाको शिकार भएको र पिडित भएको देख्न कसैको चाहना हुँदैन । विद्यार्थी आउने श्रोत, नेपालबाटै सम्भावित विद्यार्थी हरुलाई ब्याबसाईक परामर्श दिनु आवस्यक छ  र वा मुहान सफा र क्लियर हुनु जरुरि छ  ।

    अभिभावकहरुले कम्तिमा पनि एक बर्षको लागि उनीहरुको बसोबास ट्युशन फी को व्यवस्था गर्न सके मात्र अष्ट्रेलिया जस्तो महँगो ठाउँमा अध्ययनको लागि पठाउन तयार हुनु पर्छ भने परामर्श दाताहरुले आर्थिक मामिलामा अभिभावकहरु बाटै कम्तिमा एउटा निश्चित समयसम्मको लागि आर्थिक व्यबस्थाको सुनिश्चितता प्रतिबद्दता प्राप्त गर्नु जरूरी छ ।

    आफ्ना बालबच्चाहरुलार्ई परामर्शदाताहरुको हात समातेर समुन्द्र पार पठाउँदैमा अभिभावकहरुको जिम्मेवारी पूरा हुँदैन । सिड्नी उत्रेर २ हप्ता गुजार्न पाएको हुदैन, बाबु काम पाइस ? ऋण गरि पठाएको हो घरको समस्या बुझेस जस्ता आशयले एकातिर विद्यार्थीहरुमा चौतर्फी मनाबैज्ञानिक असरको चपेटामा परेको थुप्रै उदाहरणहरु छन् । यसको नकारात्मक असर घर परिवार, स्वयं विद्यार्थीहरु सबै प्रभावित हुंदै उनीहरुको शैक्षिक करीयर धरापमा पर्ने गर्दछ, बिशेष गरि नवागन्तुक नेपाली विद्यार्थीहरुको सवालमा ।

    अन्त्यमा, थुप्रै महत्वकांक्षा बोकेर उच्च शिक्षा हासिल गर्न अष्ट्रेलिया आउने कलिला उमेरका विद्यार्थीहरुलार्ई परामर्शदाताहरुले आफ्नो ब्यापारिक स्वार्थ भन्दा पनि माथि उठेर उचित, बास्तविक र व्याहारिक सुझाव र सल्लाह दिनु अपरिहार्य छ । अभिभावकहरुले कम्तिमा पनि एक बर्षको लागि उनीहरुको बसोबास ट्युशन फी को व्यवस्था गर्न सके मात्र अष्ट्रेलिया जस्तो महँगो ठाउँमा अध्ययनको लागि पठाउन तयार हुनु पर्छ भने परामर्श दाताहरुले आर्थिक मामिलामा अभिभावकहरु बाटै कम्तिमा एउटा निश्चित समयसम्मको लागि आर्थिक व्यबस्थाको सुनिश्चितता प्रतिबद्दता प्राप्त गर्नु जरूरी छ । यहाँनेर काम नपाउने, फी तिर्न नसक्ने, ड्रप आउटको समस्या एकातिर छ भने अर्कातिर काम पाउँदा कानूनी अनुमतिको ख्याल नगरी काम गर्ने, जानेर या नजानेर व्यक्तिगत स्वास्थ्यप्रतिको बेवास्ता गर्ने, प्रचलित नियम कानूनको उलंघन गर्ने जस्ता क्रियाकलापले दिनानु दिन विद्यार्थीहरु कानुनको घेरामा परि दण्डित भएको दुःखद समाचार पनि बाहिर आउने गर्दछन् । एनआर एनए, सामुदायिक संघ संस्थाहरु र नवआगन्तुक बिद्यार्थीहरु बीचको दुरी (ग्याप) घटाउँदै आपसी सम्बाद र सहकार्य गर्दै जान सकिएमा यस्ता समस्याहरुलार्ई न्यूनीकरण गर्न सकिएमा यति सुन्दर र थुप्रै अवसर भएको मूलूकमा कोहि पनि निरास र दुःखी हुनु पर्दैन ।

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार