नेपाल निर्वाचन : प्रबासबाट हेर्दा

-- सुजित सिग्देल / प्रकाशित मिति : शनिबार, पुस २९, २०७४

बितेको तीस वर्ष नेपाल बिश्व इतिहास कै लागि उल्लेखनिय रह्यो, यी समयका उतार चढावबीच देश करिब ३६० वर्ष पुरानो राजतन्त्रलाई अनपेक्षित तरिकाले बिदाइ गर्दै गणतन्त्रमा प्रवेश गर्यो । दुई पटकको संबिधान सभाको निर्वाचन पछि देशले संबिधान पायो । यति बेला गणतान्त्रिक संबिधान अन्तर्गत स्थानीय निकायलाई अधिकार समपन्न गर्दै देशको शासन व्यवस्था सम्हाल्ने उच्च निकाय प्रतिनिधि सभा र हाम्रो लागि बिल्कुलै नयाँ अभ्यासको रुपमा रहेको प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भइ सकेको छ । सरकार बन्न केहि अलमल देखिए पनि यस पटकलाई सम्म यो पनि सक्दै गर्दाको अवस्था हो भनेर भन्न मिल्ने छ । संबैधानिक गाँठोलाई राष्ट्रपतिले फुकाई दिई सके पछि अब समानुपातिकमा मनोनित र राष्ट्रिय सभाको लागि बाटो खुलेको देखिन्छ ।

द्वन्दग्रस्त बिश्वका धेरै देशहरू संग तुलना गर्ने हो भने हाम्रो देशले उदेक लाग्दो फड्को मारेको मान्नु पर्दछ । २०४६ सालदेखि अहिलेसम्मका नेपालका घटना क्रम मात्र हेर्ने हो भने पनि विश्व परिघटनामा हामीले गरेका र भोगेका घटनाहरू बिश्व मै अद्भूत लाग्दा छन् र जुन एकै देशको लागि ३ दशकको समयमा घट्नु र एक पछि अर्को गर्दै निकाशा निस्कन लगभग असम्बभ जस्तै छ । किनकी २८/३० वर्ष कुनै राष्ट्रका लागि आफैमा ठूलो समय होइन त्यसमा पनि द्वन्दको रापले तातेको राष्ट्रलबाई यति समय त द्वन्दको राप सेलाउन मात्र पनि लाग्न सक्छ । बिश्वका धेरै देशहरू भियतनाम, कम्बोडिया, रुवान्डादेखि अफगानिस्तान हुदै मिडिल इस्ट र अफ्रिकन देशहरू यसैका उदाहरण हुन् जुन द्वन्द पश्चात अझ राम्रो संग तंग्रिन समेत सकेका छैनन् ।

हातमा लिएको मोबाइलले बिश्व नियाली रहेको एक बयष्क उसको सरकार ६/६ महिनामा परिवर्तन हुने वा जागिर झैँ पालोपालो हुन चाहँदैन । यो नतिजाले दिएको अभिमतलाई सम्मान गर्दै आहिलेको ठूलो दल र बाम गठबन्धनले देशलाई स्थायित्व तिर उन्मुख गराउन सके भने नेपालको लागि त्यो फेरि अर्को परिबर्तन उन्मुखको सन्देश हुनेछ ।

नेपालको हकमा कुरा गर्ने हो भने भलै बिकसित देशको तुलनामा हामी विकास निर्माणमा बामे पनि सर्न सकेनौ, तर राजनीतिक रुपबाट त्यो कहाली लाग्दो समयबाट यहाँसम्म आइ पुगेका छौं जुन सन्तोषप्रद नै मान्नु पर्दछ । २०१५ सालमा तत्कालिन जन निर्वाचित सरकारलाई कु गरेर तत्कालिन राजा महेन्द्रले राज्यको बागडोर आफ्नै हातमा लिएर राजनतिक रुपमा लाटो र बहिरो भएर बस्दै गर्दा पनि त्यस पछिको ३० वर्ष नेपालमा उल्लेखेनीय विकास निर्माण कार्यहरू भए । जस्तो पूर्व–पश्चिम राजमार्ग, हवाई मार्ग संग राजधानी र अन्य शहरहरूको सम्पर्क, स्वदेशी र बिदेशी सहयोगमा केहि उद्योग र कलकारखाना त्यो भन्दा पनि अलिकति भए पनि शान्त नेपाल ।

२०४६ सालको राजनीतिक परिबर्तनबाट देशले बहुदलिय संबैधानिक ब्यबस्था अनुसरण गर्यो, त्यस पछिका २८ वर्ष पूरै राजनीतिक लडाई कै नाममा यो वा त्यो गर्दै बित्यो । त्यसमा पनि बीचका १० वर्ष त यति भयाबह रह्यो कि सत्ता पक्ष र बिद्रोही पक्षका गरि करिब १७ हजारले त्यो कालो समयको लागि ज्यानको मुल्य चुकाउनु पर्यो, लाखौंको अंगभंग र अरबौको भौतिक संरचनाहरू नष्ट । २८ वर्ष अगाडि एकदलीय पंचायती ब्यबस्था रहेको यो देशमा आहिले गणतन्त्र छ । १० वर्षमा पड्केका बम र बारुदहरू सम्झने हो भने यस्तो लाग्दैनथ्यो यति चाँडै ती बिर्सिएलान । त्यो मानेमा नेपालका नेताहरू को संयमतालाई सलाम गर्नै पर्छ । युद्धरत माओबादीहरू र संसदीय दलहरू बीचको एकताले २४० वर्षको राजतन्त्र बिदा भो, देशले गणतन्त्रको बिहानी देख्यो । युद्धरत माओबादीका ती सैन्य र हतियार यति सहज र बैज्ञानिक तरिकाले व्यबस्थापन भएकि यो बिश्वको लागि नै अनुकरणिय रह्यो ।

हालै सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावले अलिकति फरक खालको परिणाम दिएको छ, यो परिणामले पक्कै पनि लोकतन्त्र र जनताका लोकतान्त्रिक अधिकारमा कुनै सम्झौता गर्न अभिमत दिएको छैन । अझ प्रष्ट रुपमा भन्नु पर्दा यो निर्वाचनको नतिजाले एक किसिमको स्थायित्वको अभिमत या चाहना झल्कन्छ । हातमा लिएको मोबाइलले बिश्व नियाली रहेको एक बयष्क उसको सरकार ६/६ महिनामा परिवर्तन हुने वा जागिर झैँ पालोपालो हुन चाहँदैन । यो नतिजाले दिएको अभिमतलाई सम्मान गर्दै आहिलेको ठूलो दल र बाम गठबन्धनले देशलाई स्थायित्व तिर उन्मुख गराउन सके भने नेपालको लागि त्यो फेरि अर्को परिबर्तन उन्मुखको सन्देश हुनेछ । जब देशमा स्थायित्व हुन्छ बिकास निर्माणका कामहरू सुरु हुन्छन् र समय मै सम्पन्न पनि हुन्छन् । किनकि सत्तासिन पार्टीहरूले फेरि जनतामा जानको लागि पनि आफ्ना सम्पूर्ण शक्ति विकास निर्माणमा नलगाइ सुखै छैन ।

फेरि पनि यो निर्वाचनको परिणामलाई कुनै आमुक पार्टीले बिपक्षी संगको द्धेष र आफ्नो आडम्बरको रुपमा होइन देशको माया, देशको भविष्य र जनताको खबरदारी संग जोडेर हेर्दै संविधानको कार्यन्वयन र संबिधानप्रद्धत हक अधिकारको सम्मान गर्दै देशलाई अबको औद्योगिक, जलविद्युत, कृषि, शिक्षा र पर्यटन जस्ता कुरामा क्रान्ति गर्न सम्भब बनुन् ।