साउदर्न हाईल्याण्ड नेपलिज कमिटिको साधारण सभा सम्पन्न 

सन्तोष बडालको अध्यक्षतामा नयाँ कार्यसमिती गठन 
-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : शुक्रबार, असार ११, २०७८
सिड्नी अष्ट्रेलिया । न्यूसाउथवेल्स राज्यको दक्षिण भेगमा पर्ने तिन सबअर्बहरु मित्तगोंग, बोवराल, मोसेभल र यसको सेरोफेरोमा बसोबास गर्ने नेपालीहरू को संस्था साउदर्न हाईल्याण्ड नेपलिज कमिटिको हालै साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले सन्तोष बडालको अध्यक्षतामा सर्बसम्मत नयाँ कार्यसमिती गठन गरेको छ।
कार्य समितिको अन्य पदाधिकारीहरु मा उपाध्यक्षमा अर्जुन चौलागाई र कृष्ण प्रसाद सुबेदी, महासचिबमा रबिन जोशी, सचिवमा सुजा तामाङ चयन भएका छन भने सदस्यहरूमा उज्वल पोखरेल, प्रेम पराजुली, सुजन्या पिया, ऋतु सापकोटा, संगा रत्न, गोकर्ण पुरी, श्री पराजुली, प्रशान्त भण्डारी, अनिल शाक्य, अमित ढुंगेल, निर्मल लामिछाने, दिपेन्द्र सिंह, अर्जुन लम्साल, बिष्णु पौडेल, मदन कार्की र अनिल ज्ञवाली चयन भएका छन ।
समाजले सल्लाहकारहरूमा तुलानाथ भट्टराईलाई चयन गरेको छ भने परशुराम अधिकारी र पूर्वअध्यक्ष अरुण गौतमलाई संरक्षकको रूपमा चयन गरेको छ।भेलाले कार्यसमितिको पहिलो बैठकबाट कोषाध्यक्ष र बाँकी सल्लाहकारहरूको चयन गर्ने जानाएको छ।
संस्थाका सचिब डिल्ली शर्माले सञ्चालन गरेको उक्त साधारण सभा कार्यक्रममा निबर्तमान कोषाध्यक्ष अशोक बस्नेतले संस्थाको आर्थिक विवरण पेश गरेका थिए भने अध्यक्ष अरुण गौतमले आफ्नो कार्यकालमा भएका बिबिध कार्यहरुको  बारेमा जानकारी गराएका थिए।  साधारण सभा एनआरएनएनए अष्ट्रेलियाका उपाध्यक्ष तथा न्यू साउथ वेल्सका संयोजक देब गुरुङको प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो  ।