nta pic jun mप्रजातन्त्र र प्रजातन्त्रिक संस्कारको राम्रो प्राक्टिस भएको विश्वका देशहरूमा अष्ट्रेलिया पनि आउने गर्दछ । हालै अष्ट्रेलियाको गठबन्धन सरकारद्वारा प्रस्तुत गरिएका दुईवटा बिलहरू तल्लो सदनबाट पास भई माथिल्लो सदनबाट अस्विकृत भएपछिगत ८ मे आईतवारका दिन प्रधानमन्त्री मल्कम टर्नबुलले संसदको दुबै सदन भङ्ग गरी नयाँ जनादेशमा जाने निर्णय गर्दै गभर्नर समक्ष प्रस्ताब राखे । यो घटनालाई बैधानिक रूपमा डबल डिसोलुसन निर्वाचन घोषणा भनिन्छ । तदनुरूप आउँदो २ जुलाईका दिने अष्ट्रेलियामा दुबै सदनको लागि निर्वाचन तोकिएको छ । डबल डिसोलुसन इलेक्सन एनाउन्समेन्टका लागि सबै बैधानिक प्रकृया पूरा भएपछि प्रधानमन्त्री मल्कम टर्नबुलले यो कदम चालेका हुन् । यहाँको संघीय सदनको निर्वाचन तीन–तीन वर्षमा हुने भएकोले पनि जनताहरू छिटो छिटो सरकार परिवर्तनको पक्षमा देखिदैनन् र कम्तिमा पनि २ वा त्यो भन्दा बढी कार्यकाल एउटै दलले शासन गर्ने जनादेश दिने गरेका देखिन्छ । तर पार्टी भित्रको आन्तरिक कलहका कारण यो कहिले काहीँ सरकारको निरन्तरतामा फरक पर्न सक्छ । यसको उदाहरण सन् १९९७ देखि २००७ सालसम्म तत्कलिन प्रधानमन्त्री जोन होवार्डले करिब ११ वर्ष अबछिन्न लेबरलाई सत्तामा पुऱ्याए । तर जब २००७ मा केविन रडले जनमत लेबरको हातमा ल्याउन सफल भए त्यो ३ वर्षभन्दा बढी लेबरले अधिपत्य जमाउन सकेन । २०१० देखि २०१३ मा अष्ट्रेलियामा त्रिसंकु संसद रह्यो जुन दलको आन्तरिक कारणले हुन पुगेको हो । जब २०१३ मा लिबरल नेता टोनी एबट सानदार जीत सहित लिबेरल नेशनल गठबन्धन सरकारमा गए तर त्यो पनि अहिलेको जनमत हेर्दा ३ वर्षको लागि मात्रै हो जस्तो देखिन्छ । दलहरूको बीचमा आधारभूत भिन्नताहरू के छन् त ? अति राष्ट्रबादी र बातावरणबादीलाई छोड्ने हो भने अष्ट्रेलियाको राजनीतिमा प्रमुखत: २ दलहरू नै देखिन्छन ती हुन् लेबर र लिबरल । लिबरलसँग नेशनल पार्टीको गठबन्दन छ र लेबरसँग ग्रीन पार्टीको अघोषित सामिप्यता छ । किनकि ग्रीन पार्टीका केही नीतिहरू लेबरसँग मिल्छ । लिबरल नेशनल गठबन्धनको नीति तथा कार्यक्रमको चर्चा गर्दा उनीहरू अति राष्ट्रबादी र पूँजीबादी दलको रूपमा चिनिन्छन् भने लेबर पार्टी बहुसांकृतिक तथा समाजवादी राजनीतिक बिचारधाराबाट प्रभावित छ । रर्बट मेन्जिज, मल्कम फ्राजर तथा जोन होवार्ड यि तीन यस्ता महान नेताहरू हुन जसले अष्ट्रेलियाको सामाजिक, आर्थिक तथा राजनीतिक मार्गदर्शन दिँदै यसको सफल प्रयोग गर्न सफल भएका हुन् । bill shorten vs malcumबिगतमा  प्रतिस्प्रर्धात्मक खुला अर्थ बजार, निजिकरण, उच्च करदरबाटै देशलाई सम्बृद्ध र प्रतिस्प्रर्धात्मक बनाउन सकिन्छ भन्ने लिबरल दर्शन हो भने अर्कोतर्फ अर्थतन्त्रमा सबैको समानुपातिक हिस्सा हुनु पर्ने कुरामा जोड दिने दल हो अष्ट्रेलिया लेबर पार्टी । अर्न वा लर्न (कि पैसा कमाउ कि त केही सिक) सामाजिक सुरक्षाको नाममा अल्छि र ठगहरू प्रति कडा नीति लिने, नियम कानूनको कडा पालना गराउने, सामाजिक तथा आर्थिक अनुशासनमा लिबरल पार्टी खरो देखिन्छ । सरकारले उपयुक्त लगानी, उचित बजार तथा सुरक्षाको व्यबस्था गर्छ नियम र कानुनको परिधीमा बसेर व्यापार व्यवसाय गर्न तथा आर्थोपार्जनको लागि स्वतन्त्र रूपमा प्रोत्साहन तथा उचित सुरक्षा प्रदान गर्ने दल लिबरल नै हो । तर अर्को तिर व्यापार व्यवसाय गर्दै गर्दा धनीले गरीबलाई शोषण नहोस्, व्यबसायीबाट मजदुरहरूले उचित तलब, सुबिधा तथा सुरक्षाको प्रत्याभूतिको लागि लड्ने दल हो लेबर । त्यसै गरी आम्दानी, योग्यता, क्षमताका आधारमै समाजमा कसैलाई पनि न्यूनतम आधारभूत जीवन यापनको लागि कोही पनि बञ्चित हुन नपरोस् भन्ने आर्थिक तथा सामाजिक नीतिको पक्षपाती हो अष्ट्रेलियन लेबर पार्टी । आदिवासी जनजतीहरूको अष्ट्रेलियन भूमिमा अधिकार, बिगतमा गोराहरूद्वारा यहाँका आदिबासी अश्वेतहरू माथि गरेको अन्यायको क्षमायाचना तथा पुनर्मिलनको पक्षमा लेबर दल छ । त्यसैगरी परराष्ट्र नीतिमा लिबेरल बिशेष गरी अमेरिकन एलाइन्स हो भने लेबर नजिकका एशियन राष्ट्रहरू सँग अष्ट्रेलियाको राम्रो सम्बन्ध हुनु पर्ने कुरामा जोड दिन्छ ।labour campighn for cover story

नेपालीहरू को आर्कषण कता ?

नेपाली सामुदाय अष्ट्रेलियामा एउटा सबै भन्दा छिटो बड्दै गरेको समुदाय मध्येमा पर्छ । त्यसै तथ्यलाई मध्यानजर गर्दै तत्कालिन अध्यागमन तथा बहु सांस्कृतिक मन्त्री क्रिश बोवेनले नेपाली समुदायका महेन्द्र लम्साल लाई सन् २०१२ मा मन्त्रिस्तरिय सुझाव समितिमा नियुक्त गरेका थिए । नेपालीहरूको संख्या बढ्दो छ र बर्तमान परिप्रेक्षमा नेपालीहरू यहाँको दुबै प्रमुख दलहरूमा संलग्न भइसकेका छन् । बिशेष गरी सामुदायिक तथा व्यक्तिगत सामिप्यताका कारण धेरै नेपालीहरू अष्ट्रेलियन लेबर पार्टीमा आबद्ध भएको  देखिन्छ । Librarl for cover storyर बिस्तारै लिबेरल फ्रेण्ड्स अफ नेपालको नाममा पनि नेपालीहरू संगतठित हुँदै गएको देखिन्छ जसको नेतृत्व श्री नपितले गरेका छन् भने नेपाली फ्रेन्डस अफ लेबर पनि गठन प्रकृयामा अगाडि बडेको छ । जेहोस् कर्मभूमिमा रहेपछी यहाँको राजनीतिक मूलधारमा सकृय सहभागीताले नै आफ्नो समुदायको जल्दाबल्दा समस्याहरूको सम्बोधनको लागि सम्बधित ठाउँमा आवाज पुर्याउन सकिन्छ । अष्ट्रेलियामा राजनीति गर्ने हो भने परम्परगत रूपमा नेपाली नेपालीबीचको एकता र सबलतालाई नजरन्दाज गर्नु किमार्थ हुँदैन । सकेसम्म पहिलो पुस्ताका क्षतमतावान नेपालीहरू र आउँदो पुस्तालाई उचित मार्गदर्शन गर्नको लागि आम अष्ट्रेलियन नेपालीहरूमा एउटा सुझबुझपूर्ण कार्यगत एकता र सौहार्दता अपरिहार्य देखिन्छ । .

Bhrat Nepal for Mahendra dai articleअष्ट्रेलियन लेवर पार्टीलाई हाम्रो मत किन ?

– भरत नेपाल

अष्ट्रेलियाको केन्द्रिय सरकार हरेक तीन वर्षमा (पूर्ण अवधिसम्म संसद कार्यरत रहेको अवस्थामा) हुने केन्द्रिय संसदको निर्वाचनबाट तल्लो सदनमा बहुमत प्राप्त पार्टीले बनाउँछ । यस वर्ष आउँदो जुलाई २ तारिखका दिन अष्ट्रेलियाको केन्द्रिय संसदको निर्वाचन हुन गइरहेको छ । यो निर्वाचन अघिल्ला निर्वाचन भन्दा अत्यन्त फरक किन छ भने सामान्यतया तल्लो सदन पूरै र माथिल्लो सदन आधा निर्वाचित हुने गर्दछ तर यस पटक सम्माननीय प्रधानमन्त्री मालकम टर्नबुलले दुवै सदनको पूर्ण सदस्यहरूको निर्वाचन गराउन गर्भनर जनरलसँग सिफरिस गर्नुभएकोले सम्पूर्ण जननिर्वाचित सदस्यहरू पून: निर्वाचनमा जानुपर्ने अहिलेको निर्वाचनको विशेषता हो । सामान्यतया दुवै सदनको पूर्ण निर्वाचन गरिंदैन । यस अघि तत्कालिन सम्माननीय प्रधानमन्त्री श्री बबहोकले ११ जुलाई १९८७ मा गराउनु भएको थियो ।

अब २०१६ को दुवै सदनको पूर्ण निर्वाचन आह्वान किन भयो ? त्यतातिर हेरौं र अष्ट्रेलियन लेवर पार्टीलाई हाम्रो सहयोग र मतदान किन भन्ने छलफल गरौं । सर्वप्रथम त अष्ट्रेलियाको केन्द्रिय सरकारले हुनेखाने र पूँजीपति वर्गको हितमा हुनेगरी नीति निर्माणहरू गर्ने र उपल्लो वर्गलाई सहज बनाउने गरेको विगतका लिवरल सरकारले गरेका प्रसस्त नजिरहरू देख्न पाइन्छ । सरकारी नीतिनियम र योजनाहरू अधिक भन्दा अधिक जनताका लागि हुनुपर्नेमा सिमित धनाढ्यहरूको हितलाई बढी ध्यान दिइएको प्राय: सबै लिवरल पार्टीको सरकारले गर्दै आएको विगत तथा वर्तमानले देखाउँछ । अब हामी यस निर्वाचन किन Double Dissolution (दुवै सदनको पूरै निर्वाचन) आवश्यक छ । वर्तमान सरकारले निर्माण उद्योग सम्बन्धी अत्यन्त शक्तिशाली र निरंकुश आयोग निर्माण गरी युनियनका गतिविधिहरू प्रतिबन्ध लगाउन चाहन्छ जुन आयोग दुवै सदनले स्वीकृति नदिइ बन्न सक्दैन । माथिल्लो सदनमा लिबरल पार्टीको बहुमत छैन र आँफूले चाहेको कानुन अन्य पार्टीको सहयोग विना लागु गर्न सक्दैन । यदि यो आयोग अष्ट्रेलियाको हितमा हुन्थ्यो भने पास भइसक्थ्यो । यो ABCC (Australian Building and Constructiopn Commission) विगतमा पूर्व प्रधानमन्त्री सम्माननीय जोन हावर्डले २००४ को केन्द्रिय निर्वाचनमा दुवै सदनको बहुमत प्राप्त भएको अवस्थामा Work Choice भन्ने कानुन मार्फत कार्यस्थलमा कामदारहरूको अधिकारहरू कटौति गरी काम दिने । मालिकले चाहेको बेलामा सजिलै वर्खास्त गर्न सक्ने नियम बनाउनु भयो । त्यो नियम समस्त कामदारहरू विरुद्ध अत्यन्त कठोर थियो र त्यसको परिणाम २००७ को निर्वाचनमा श्री हावर्डले आफ्नो संसदको सिट (Bennelong) मा पराजय बेहोर्नु भयो । त्यसपछिको प्रधानमन्त्री सम्माननीय श्री केमिन रडको सरकारले त्यसलाई भ∙ गऱ्यो । तत्कालिन प्रतिपक्ष लिवरल पार्टीले Work Choice लाई Dead, Burried and Cremetod भनेर घोषणा गरेको थियो । फेरी यस पटक त्यसैलाई हल्का रंगरोगन फेरेर ABCC को रुपमा निर्माण व्यावसायीमा धनाढ्यहरूको पक्षपोषण गर्न खोजिएको छ । यहाँनेर हामीले विर्सन नहुने तथ्य के हो भने कार्यस्थलमा मृत्यु अमान्य छ । २०१५ मा १९१ जनाले कार्यस्थलमा ज्यान गुमाए, २०१६मा हालसम्म ५७ जनाको मृत्यु भइसक्यो । यहाँ विचार गरौं कि पछि यी कार्यक्षेत्रमा युनियनहरूले न्युनतम साबधानी तथा सुरक्षाको प्रत्याभूति नगर्दा कति भयाबह अवस्था बन्छ होला ।

त्यसै गरी हामीले समग्र सामजिक नीतिहरूको बारेमा ध्यान दिने हो भने अष्ट्रेलियन लेबर पार्टी संधै सकरात्मक तथा प्रगतिशिल नीति तथा योजना मार्फत अष्ट्रेलियालाई सम्बृद्ध तथा समुन्नत समाज बनाउन सदैब प्रयासरत छ । चाहे त्यो विगतमा आजको विश्वकै उत्कृष्ट मेडिकेयर होस वा HECS होस अथवा Supper annuation होस वास्तवमा समस्त अष्ट्रेलियामा यहाँका आप्रबासीहरूको हितमा ALP बाहेक अन्य राजनैतिक संगठनले योजनाबद्ध काम गरेको छैन । ALP ले संधै बहुजनाय हिताय: लाई लागु गर्दै आएको छ । यसै गरी प्रगतिशिल योजनाहरूलाई लागु गर्दै अगाडि बढ्न र अष्ट्रेलियालाई अझ समृद्ध र समुन्नत बनाउन हामी सबैको अमुल्य मत दिएर सहयोग गरौं ।

Shree napait for cover storyलिबरलको निरन्तरता आर्थिक बिकासमा निरन्तरता

श्री नापित, अध्यक्ष लिबरल फाउण्डेसन अफ नेपाल

आउने जुलाई २ मा हुन गईराखेको फेडेरल सरकारको चुनाबको परिमाणले अष्ट्रेलियाको भविष्यको आर्थिक अवस्था, देश विकास तथा सामाजिक अवस्थाको निर्घारण हुनेछ भन्ने मलाई विश्वास छ । लेबर सरकारको पछिल्लो ६ वर्षको कार्यकालमा (२००७ देखि २०१३ सम्म ) देश चलाउन ६६७ बिलियन डलर ऋण लिएका थिए होवार्ड कोस्तेलो कोलियसन सरकारले १९ बिलियन डलर बजेट छोडेकोमा ६६७ बिलियन डलर जोड्दा ६८६ बिलियन डलर घाटामा गएको छ । १९८३ देखि १९९६ सम्मको बब हक तथा पल किटिंग को पालामा देशनै रीसेसनमा गएको थियो । यसले यो प्रमाणित गर्छ कि लेबर सरकारले देशको अर्थिंक योजना तथा विकास ब्यबस्थापन गर्न सक्दैन । अहिलेको लिबरल कोलिसन सरकारले लेबर सरकारले छोडेको ऋणले गर्दा प्रत्येक महिना १ बिलियन डलर भन्दा बढी ब्याज तिरिराखेका छन् । यो नै हाम्रो लागि भार हो । यदि यसलाई चाडै व्यबस्थापन गर्न सकिएन भने हरेक दिन हामीलाई भार बढने छ र यसको असर हामीलाई पर्ने छ । भन्नुको अर्थ भविष्यमा आम्दानी कर बढने छ ।

लिबरल कोलिसन सरकारले गरेको चुनाव घोषणामा सबैभन्दा बढी जोड आर्थिक व्यबस्थापन तथा उन्नती, शिक्षा, स्वास्थ, सिमानाको सुरक्षा तथा इनोभेसनमा जोड दिइएको छ । तर लेबर पार्टीका नेताहरूले देशको ढुकुटीनै नहेरिकन यो दिन्छु त्यो दिन्छु भनेर भोटकालागि झूठो आस्वासन दिदै आएका छन् । कृपया यसमा सतर्क हुनुहोला ।

लिबरल कोलिसन पार्टीको मूल नारा “हालको अन्तर्राष्ट्रिय अवस्था हेर्दा अष्ट्रेलियालाई राजनैतिक स्थिरता, काम र परिवारकालागी बलियो आर्थिक योजनाको जरुरी छ । “कोलिसन पार्टीको योजनाले मात्र यी आवश्यकता पूरा हुन सक्दछ । अर्को तिर हेर्दा लेबर पार्टीको अहिलेसम्म कुनै योजना नै छैन ।

लिबरल कोलिसन पार्टीको घोषित योजनाहरू :

१. खानीमुखी देशबाट आधुनिक इनोभेसनमा परिणत हुने

२. बिज्ञान तथा बैज्ञानिक आबिस्कारमा लगानी गर्ने

३. साना तथा मझौला ब्यापारको प्रबर्धन गर्ने

४. कन्सट्रक्सन क्षेत्रमा स्थिरता ल्याउने

५. पारिवारिक विकासमा सहयोग पुर्याउने

६. निर्यात ब्यापारको प्रर्वधन तथा विकास गर्ने

७. देशको सेनालाई विकास गर्ने

८. आतंककारिहरूसंग लड्ने शक्तिको विकास गर्ने

९. देशको सिमानाको संरक्षण गर्ने

१०. देशको पुर्वाधारको विकास गर्ने

११. अन्तराष्ट्रिय स्तरको स्वास्थ व्यवस्था लागु गर्ने

१२. विद्यार्थीको उत्थान गर्ने

१३. पारिवारिक हिँसा निवारण गर्ने

अष्ट्रेलियामा नेपालीहरूको आगमन होवार्ड कोस्तेलो कोलियसन् सरकार पश्चात धेरै भएको देखिन्छ । सन् १९९६ पछि अद्यागमंनको नियम परिवर्तन गरी बिदेशी विद्यार्थीहरू भित्रिएका थिए । लेबर सरकारले सन् २००८ देखि २०१२ सम्म अद्यागमंनको नीतिहरूमा परिवर्तन गर्दा नेपाली विद्यार्थीहरू आगमनमा घटन गएको देखिन्छ । तसर्थ आहिले पनि यदि लेबरको सरकार बन्यो भने नीतिमा परिवर्तन गरेर नेपाली विद्यार्थीहरूको संख्यामा असर पर्ने छ ।

नेपालबाट आएर अष्ट्रेलियामा बसोबास गरी राख्ने सम्पूर्ण अष्ट्रेलियाली नेपालीहरूलाई मेरो बिनम्र । अनुरोध यो छ कि कृपया सोचेर मात्रै आफ्नो मत खसाल्नु होला । तपाइको बहुल्मुल्य भोटको सदुपयोग होस् । .

coveranupam pokhrelअनुपम पोख्रेल, न्याभ अध्यक्ष

म आफूलाई न त लेबर न त लिभरलको मतदाता भन्न चाहन्छु । अहिलेको परिस्थितिमा बरु म आफूलाई न्युट्रल मतदाता भन्न रुचाउँछु । यो पनि साँचो हो कि पछिल्लो पटक लिबरलमा भोट खसालेको थिए । तर यो पटक भन्न सकिन्न । मेरो प्राथामिकता आप्रवासीलाई सरकारले के गर्छ भन्दा पनि अष्ट्रेलियाको अर्थतन्त्रप्रति यी दुई पार्टीको दृष्टिकोण महत्वपूर्ण हो । त्यसमा पूर्वाधारमा लगानी, सामाजिक सुरक्षाको राष्ट्रमाथिको बोझ नियन्त्रण महत्वपूर्ण हुन्छ जस्तो मलाई लाग्छ । त्यस्तै हामीजस्ता व्यक्तीहरूलाई कुन पार्टीले महत्वपूर्ण स्थान दिएको छ (या उमेदवार नै बनाएको छ) त्यो पनि हेर्नु पर्ने हुन्छ । अहिले नै कसलाई भोट् दिने निश्चित गरेको चाँही छैन । तर पनि ५१ प्रतिशत चाँहि लिबरललाई नै दिन्छु होला त्यसका विभिन्न कारणहरू हुन सक्छ । तर यो भन्दै गर्दा परिस्थिती हेरेर मनस्थिति परिवर्तन पनि हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार