‘ऊ जितेर गई, या हारेर गई, नतिजा आफैंतिर पारेर गई’ लगायतका चर्चित गजल गाएका राज सिग्देलको एकल गजल साँझ यही शुक्रबार जनवरी १९ तारिखमा मेल्वर्नमा हुदैँछ । एबीसीडि इभेन्टसको आयोजनामा हुन लागेको यस एकल साँझमा राज सिग्देलले आफ्ना चर्चित गजलहरुसँगै केही हिट नम्बरहरु पनि गाउने छन् । ‘गजल नाइट विद राज सिग्देल’ नामक यस कार्यक्रम स्थानीय थनवरी थियटरमा हुन लागेको छ भने प्रवेश शुल्क ३५ डलर र डिनरको समेत व्यवस्था रहेको छ । मेल्वर्नवासी नेपाली साहित्य तथा संगीतप्रेमीहरुलाई गजलमा डुब्ने यो एउटा राम्रो अवसर रहेको र यस मेहफिलले एउटा अत्यन्त मिठो झंकार छोड्ने आयोजकको भनाइ रहेको छ । अष्ट्रेलियाको अन्य राज्यहरुमा पनि राज सिग्देलको गजल र मेहफिल एकदमै जमेकोले मेल्वर्नमा पनि त्यतिकै जम्ने आयोजकको विश्वास रहेको छ। साँझ ६ वजेदेखि सुरुहुने यस गजल साँझलाई एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेज मेलबर्नले प्रायोजन गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार