एनआरएनए र एएनएमडिए बिच सम्झौतामा हस्ताक्षर

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : सोमवार, माघ १५, २०७४

बिभिन्न स्वास्थ्य समस्यामा रहेका नेपालीहरुलाई सहयोग पुरयाउने उद्देश्यका साथ नेपाली डाक्टरहरुको संस्था अष्ट्रेलएसियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोसिएसनका बिच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार एएनएमडिएले मानसिक र शारीरिक स्वास्थ्यमा समस्या देखिएका नेपालीहरुलाई सहयोग पुरयाउने छ । यसैगरि एएनएमडिएले एनआरएनद्धारा सिफारिस गरिएका बिरामीहरुका लागि बल्क बिलिङ हुने डाक्टरहरुको पहिचान गरि उपचारमा हातेमालो गर्नेछ भने बल्क बिलिङ नभएका बिरामीहरुको ‘ग्याप फि’ एनआरएनले ब्योहोर्ने छ । तर त्यो चिकित्सक वा बिशेषज्ञ चिकित्सकसँग उपचार र परामर्श गरिएको एक पटकको मात्र ब्योहोरिने छ ।
यसैगरि एएनएमडिएले एनआरएनसँग मिलेर बिभिन्न जनचेतनामुलक कार्यक्रमहरुको समेत आयोजना गर्ने उल्लेख गरिएको छ । एएनएमडिएले समुदायका अगुवाहरु, पुर्व र वर्तमान कार्यसमिती र एनआरएन सदस्यहरुलाई फस्ट एड तालिम समेत उपलब्द्ध गराउने सम्झौतापत्रमा उल्लेख छ । एएनएमडिएले यहाँको सरकारी निकायहरुसँग एनआरएनले आयोजना गर्ने घरेलु हिंसा, मानसिक स्वास्थ्य लगायतका बिषयमा आयोजना गर्ने कार्यक्रमहरुमा समन्वय गरिदिने उल्लेख गरिएको छ ।
सम्झौतापत्रमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष टोनु घोताने र एएनएमडिएका संयोजक डा. घनश्याम चापागाईका बिच गत २८ जनवरी आइतबारका दिन  एक कार्यक्रमकाबिच हस्ताक्षर सम्पन्न भएको हो ।