यही फ्रेबु्ररी ३ मा बसेको न्याभको कार्यकारी समितिको मिटिङ्गमा न्याभको नयाँ कार्यसमितिको छनोट र न्याभ अवार्ड नाइटको मिति तोकेको छ । हरेक दुई वर्षको अन्तरालमा हुने नयाँ कार्यसमितिको छनोट अर्थात न्याभको चुनाव आउँदो जुन २ शनिबार र न्याभ अवार्ड नाइटका जुलाई ७ मा शनिबारकै दिन हुने भएको छ । न्याभको विद्येयक अनुसार मानिसहरुले अध्यक्ष, दुई उपाध्यक्ष जसमा एउटा महिला अनिवार्य, कोषाध्यक्ष र पाँच कार्यकारी सदस्यहरुको पदको लागि भिड्न पाउनेछन् तर सचिव र दुई कार्यकारी समितिको सदस्यहरुचाँहि नयाँ कमिटिले छनोट गर्नेछ ।

१९९७ मा भिक्टोरीया राज्यमा नेपालीहरुको हितको निम्ति खोलेको यस संस्थामा अहिलेसम्म सातसय भन्दा बढी सदस्यहरु आवद्ध रहेका छन् । भिक्टोरीयमा नेपालीहरु बढ्दो क्रमसँगै न्याभले सदस्यहरु पनि बढाउने निधो गरेको छ । नयाँ सदस्य बन्नको लागि र आफ्नो सदस्यता पुनः नवीकरण गर्नको लागि यो वेभसाइटमा गएर गर्न सक्नुहुनेछ http://www.nav.org.au/join-us/registration/ 

साधारण सदस्यकोलागि बीस डलर रकम राखिएको छ भने विद्यार्थीहरुको लागि विशेष छुट सहित दश डलर रक मतोकिएको छ । यो सदस्यता दुई वर्षपनि पुन: नवीकरण गर्नुपर्नेछ । न्याभले जारी गरेको प्रेस विज्ञप्ती अनुसार न्याभ अवार्ड नाइटको विस्तृत जानकारी भने अब छिट्टै हुनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार