12674880_10209181840769088_1199340280_o

नेपाली नयाँ बर्ष २०७३ को उपलक्ष्यमा डब्बो नेपाली समाज अस्ट्रेलियाको आयोजनामा संगीतमय शुभकामना साँझ हुदैछ। ९ अप्रिल २०१६ को साँझ ५. ३० देखि १०. ३० सम्म PCYC Hall ( CNR Erskine St & Darling St) Duboo मा हुन लागेको उक्त कार्यक्रममा यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली दाजु भाइ दिदी बैनीहरुलाई डब्बो नेपाली समाजले हार्दिक निमन्त्रणा गर्दछ ।

नेपालकी चर्चित गायिका मन्जु पौडेलको बिशेष प्रस्तुतुती रहने उक्त कार्यक्रममा स्थानीय कलाकारहरुको नृत्य, गायन, लघु-नाटक, मुक्तक, चुट्किला र राफल लगायतका प्रस्तुतहरु रहनेछन् । कार्यक्रमको प्रवेश शुल्क ३० डलर र साना बाबु-नानीहरुका लागि १० डलर रखिएको छ । कार्यक्रम सम्बन्धि थप जानकारीका लागि सन्जु- 0452 518 944,  सुरेस- 0412 043 933  यम – 0423 859 928 मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार