महिलाका समस्या, चुनौती र समाधानका बिषयमा अन्तर्कृया सम्पन्न 

-- नेपाली टाइम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, चैत्र १५, २०७४
एनआरएनए वुमन फोरम एन्एसडब्लु राज्य समितिको आयोजनामा अन्तराष्ट्रिय महिला दिवसको अवसरमा परेर सिड्नीमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । “प्रबासमा महिलाहरु को अवस्था, समस्या, चुनौती र समाधान ” का बिषयमा सम्पन्न उक्त अन्तर्कृया कार्यक्रममा  प्रमुखता तिन बिषयमा किन्द्रित भाई कार्यपत्र प्रस्तुत र छलफल गरिएको थियो।
जस अनुसार महिलाका लागि उद्यमशीलाको बिकासका बारेमा ब्यबसायी डा किरण थापा, महिलामाथि हुने घरेलु हिंसाका बरेमा एनआरएन आइसीसी सदस्य जानकी पौडेल र मानसिक स्वास्थका बारेमा मानासिक रोग बिशेषज्ञ डा घनश्याम चापागाईंले कार्यपत्र प्रस्तुति र बिषय बस्तु माथि छलफल गरेका थिए।
प्यानल सहितको टिप्पणी र छलफलका क्रममा सिड्नीमा कन्भिन्सियरको रुपमा ब्यबसाय गर्दै आउनु भएकी रेनु घिमिरे, मन फोरम अष्ट्रेलियाकी राष्ट्रिय संयोजक प्रतिज्ञा अधिकारी, वुमनफोरमअष्ट्रेलियाकी राष्ट्रिय सचिव एबं ब्यबसायी मोनी लिम्बु, एनएसडब्लु राज्य सरकारमा कार्यरत रचना गौतम, स्वास्थकर्मी मिना शर्माले बिभिन्न बिषय उठान सहित छलफलमा सहभागि भएका थिए।
गत मार्च २५ का दिन सिड्नीको रक्डेलमा सम्पन्न उक्त कार्यक्रम वुमन फोरम एनएसडब्लुकी संयोजक सन्ध्या शाहको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रम समापनको अबसरमा सहभागीहरुलाई धन्यवाद दिदै शाहले तिन गहन बिषय उठान र छलफल गर्न आजको कार्यक्रम निक्कै सफल भएको आजको छलफलको निचोडले महिलाका समस्या र चुनौतीहरु पहिचान गर्न सहज हुने बताएकी थिइन् । वुमन फोरम एनएसडब्लुकी उपसंयोजक राधिका बानियाँले संचालन गरेको उक्त कार्यक्रममा सदस्य जिप्सना भण्डारीले सबैलाई स्वागत गरेकी थिइन् । कार्यक्रममा एनआरएनएकी किन्द्रिय संरक्षक इन्द्रा बन, ओसियना क्षेत्रीय संयोजक धर्मराज अधिकारी, आइसिसि सद्स्य बबिता श्रेष्ठ, एनआरएनए अष्ट्रेलियाका उपाध्यक्ष नन्द गुरुङको बिशेष उपस्थिति रहेको उक्त कार्यक्रममा अतिथिहरुले पनि कार्यक्रममा छोटो मन्तब्य राखेका थिए।