बिगतका बर्षहरुमा दुइ पटक सफल सांगेतिक शुभकामना साँझ सम्पन्न गरिसकेको नेपाली युथ फोरम अष्ट्रेलिया (नाइफा) ले नेपाली नयाँ बर्षको अबसर परेर  आयोजना गर्दै गरेको शुभकामना साँझको लगभग सम्पूर्ण तयारी पुरा भइ सकेको छ।  जसका लागि नेपालबाट आमन्त्रित कलाकारहरु पुरुषोत्तम न्यैपाने, सैलेन्द्र सिम्खडा र प्रश्ना शाक्य अष्ट्रेलिया आइपुगी सक्नु भएको छ।  कलकारहरुलाई सिड्नी एयरपोर्टमा  नाइफाका सदस्यहरु स्वागत गर्नु भएको छ। परोपकारिता सँग जोडिएको यस कार्यक्रमको हिस्सा बन्न पाएकोमा अतिथि कलाकारहरुले प्रशन्नता ब्यक्त गर्दै सबैलाई आउदो शनिबार भेट्न आमन्त्रण पनि गरे।
 २०१४ मा स्थापना भई बिभिन्न परोपकारी एबम सामाजिक कार्यमा सक्रिय रहि युबाहरु माझ छुटै पहिचान स्थापना गर्न सफल नाइफाले यस बर्षको शुभकामना साँझ पनि पुरै परोकारी भावनाले गर्न लागेको संस्थाका अधक्ष्य सगर अधिकारीले द नेपाली टाईम्स अष्ट्रेलियालाई बताए। नेपाल भरि नै परोपकारीताको अनुपम नमुना बनेका र धेरै परोपकारी कार्यहरु सम्पन गरि हालै अन्तराष्ट्रिय स्तरको क्रिकेटको रंगशाला निर्माणमा जुटेका धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गर्ने यस पटकको कार्यक्रमको लक्ष्य रहेको पनि अधिकारीले बताए। जसका लागि सम्पूर्ण तयारी पुरा भइसकेको छ र हामीले सिड्नी वरपर बस्ने धेरै भन्दा धेरैको सहभागिताको अपेक्षा गरेको बताउदै अधिकारीले पुन सबै नेपाली दाजु भाई दिदि बैनी हरुलाई कार्यक्रममा सहभागी हुनका लागि अनुरोध समेत गरे। 
बिगतमा कहिले स्थानीय प्रतिभा त कहिले राष्ट्रिय प्रतिभालाई समेट्दै परोपकारी हेतु सांगेतिक कार्यक्रम गर्दै आइरहेको नाइफाले यस पटक नेपाल बाटै ख्याती प्राप्त कलाकारहरु का साथमा स्थानीय प्रतिभाहरु लाई समेत समेट्दै यो शुभकामना साँझको आयोजना गरेको छ।
आउदो अप्रिल १४ शनिबारको साँझ ५ बजे बाट इन्द्रेणी फंक्सन सेन्टर रक्डेलमा हुने उक्त परोपकारिता सहितको सांगेतिक शुभकामना साँझमा नेपालका अथिति कलाकारलाई स्थानीय कलाकार हरु समिर आचार्य, अस्मिता सोती, मनोज पाण्डे, प्रवेश अधिकारी, सुबाश लामिछाने ले साथ दिने नाइफाले जनाएको छ ।
टिकट दर ५० डलर ( डिनर सहित )रहेको उक्त कार्यक्रमको  सम्पूर्ण मुनाफा धुर्मुस सुन्तली फाउन्डेसनलाई सहयोग गरिनेछ।  कार्यक्रम सम्बन्धि थप जानकारीका लागि ०४११ ३२९ २५१, ०४५१ ६३४ ७२२ वा ०४५१ ०५१ ९११ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार