सिड्नीमा २५६२ औ बुद्द जयन्ति सामुहिक रुपमा मनाइदै 

कार्यक्रमस्थल सम्म एनआरएनए बाट स्टल बसको सुबिधा  
-- नेपाली टाईम्स अस्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २०, २०७५
‘भगवान बुद्धको चाहना – शान्ति र सदभावना’  भन्ने सन्देशका साथ सिड्नीमा सकृय बिबिध संघ संस्थाहरु को  संयुक्त आयोजनामा २५६२ औ बुद्ध जयन्ति बिबिध कार्यक्रम सहित मनाईदै छ ।  बुद्ध दर्शन समितिको संयोजकत्वमा तमु समाज सिड्नी, तामांग समाज न्यु साउथ वेल्स, रुपन्देही सामाजिक संजाल, थकाली समाज, मगर समाज अस्ट्रेलिया, छन्त्याल परिवार, एनआरएनए अस्ट्रेलिया, नेपाली रेक्रिएसन क्लब, गुठि अस्ट्रेलिया लागाएतका संघ संस्थाहरुले एकै ठाउँमा मनाउने बिगतको परम्परालाई निरन्तरता दिदै यस पटक पनि संयुक्त कार्यक्रम तय गरिएको जानकारी कार्यक्रम संयोजक निमा शेर्पाले दिएका छन्।
शेर्पाका अनुसार लामा गुरु लोपेन छुल्ठिम लामाबाट बुद्ध पुजा, अभिषेक प्रदान गरिने, गुरु बाट खादा ग्रहण, पुजाको प्रसाद ग्रहण, बुद्द जीवनी फोटो पर्दशनी, बुद्ध पर्वचन, शान्ति रयाली पछि पुजा कार्यक्रमका मुख्य आकर्षण रहेका छन्।  यस बाहेक बिपस्यना ध्यान, योगा, बुद्ध कप फूटबल , महिला म्यूजीकल चेयर,शाहाकारी भोजन लगायत अन्य धार्मिक, संस्कृतिक तथा खेलकुद सम्बन्धि  कार्यक्रम रहेको  छ।
कार्य विभाजन अनुसार बुद्ध दर्सन समितिले बुद्ध पुजाको सम्पुर्ण तयारी एवं लामा गुरु एवं प्रसादको व्यवस्थापन, तमु समाजले बुद्द कप फुटबलको आयोजना , फूड स्टल, रुपन्देही सामाजिक संजालले पिउने पानिको व्यवस्था गरिएको छ।  यसै गरि आबश्यकता अनुसार अन्य कार्य बिभाजनहरु थपिदै जानेछन।
यसै गरि कार्यक्रम स्थलमा आउनको लागि एनआरएनए अष्ट्रेलिया एनएसडब्लु समितिले नजिकको ट्रेन स्टेसन सिड्नेहाम स्टेसनबाट फ्री सटल बसको पनि ब्यबस्था गरेको एनआरएनएका उपाध्यक्ष नन्द गुरुङले बत्ताए।
कार्यक्रम सम्बन्धि थप जानकरीका लागि  निमा ग्याल्जे शेर्पा- ०४२२३३४३७१, टंक गुरुङ- ०४१२७७७५८७ ,  महेश्वर शर्मा -०४२५८००३८२, सुदिप गौचन -०४२५०३३१७०, देव गुरुङ- ०४२२०३१६६१ वा नन्द गुरुङ -०४२३७४५५७४ लाई सम्पर्क गर्न अनुरोध गरिएकोछ।
कार्यक्रम निम्न समय र स्थानमा हुदैछ-
समय:  बिहान ९ बजे देखि
मिति :  ६ मे, आइतबार
स्थान: Holbeach Avenue, Tempe Reserve