बाबा इन्फो सेशन ०१८ हुदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : बिहिबार, बैशाख २७, २०७५
अस्ट्रेलियन शैक्षिक संस्था तथा उपलब्ध अवसरका बारेमा जानकारी दिने उद्देश्यले बाबा एजुकेशन कन्सलटेन्सिले “बाबा इन्फो सेसन २०१८” को आयोजना गर्ने भएको छ । सेशनहरु येही मे १५ (जेष्ठ १ गते) काठमाडौँ न्युरोड़, मे १७ (जेष्ठ ३ गते) भक्तपुर र मे २० ( जेष्ठ ६ गते) पोखरामा आयोजना हुने कुरा बाबा एजुकेशन कन्सलटेन्सि अस्ट्रेलियाका निर्देशक रबिन्द्र कुमार शर्माले द नेपाली टाईम्स अष्ट्रेलियालाई जानकारी दिए I इन्फो सेसनमा अस्ट्रेलियाका एक दर्जन कलेज र युनिभर्सिटीहरु को सहभागिता रहने छ  अस्ट्रेलियामा उच्च शिक्षा अध्ययन गर्न आउन चाहने बिद्यार्थीहरु लाई यहाँको शिक्षा र अध्यागमन (इमिग्रेसन ) सम्बन्धि यथार्थ जानकारी दिने उद्देश्यले यो कार्यक्रम गर्न लागेको शर्माले बताए।
१२ क्लास, स्तानातक तथा मास्टर सकेर बैदेशिक अध्ययन अन्तर्गत अस्ट्रेलिया जान चाहने विद्यार्थीले यो इन्फो सेशनबाट आवश्यक  शैक्षिक जानकारीहरु पाउने र विद्यार्थीले प्रतक्षरुपमा कलेज र युनिभर्सिटीका प्रतिनिधिहरु संग भेटेर परामर्स लिन सक्ने भएकोले पनि यो इन्फो सेसन बिशेष हुने कुरा बताइएकोछ I बिगत लामो समय देखि विद्यार्थीलाई शिक्षा र अध्यागमन सम्बन्धि सेवा दिदै आएको बाबा एजुकेशन कन्सलटेन्सिको नयूरोड़ काठमाडौँमा करपोरेट अफिस सहित बागबजार, भक्तपुर र पोखरामा शाखा कार्यालय समेत रहेको छ।  बाबा एजुकेशनको  मुख्य कार्यालय अस्ट्रेलियाको सिड्नीमा रहेको छ I इन्फो सेशनले विद्यार्थी र उनीहरुका अविभावकहरु लाई समेत अस्ट्रेलियाको बारेमा वास्तविक जानकारी दिने भएको करणले आफ्नो छोरा -छोरि संगै अविभावकहरु लाई पनि सहभागीताको लागि अनुरोध गरिएको छ।