मोबाइल प्रयोगमा रोक लगाउन उच्च प्रबिधि प्रयोग गरिदै 

-- नेपाली टाईम्स अष्ट्रेलिया / प्रकाशित मिति : मङ्लबार, असार ५, २०७५
सिड्नी, अष्ट्रेलिया | सडक दुर्घटनाको मुख्य कारकको रुपमा हेरिएको गाडी चलाउदा चालक द्वारा गरिने मोबाइल प्रयोगलाई एकदमै हतोत्साही गर्न आउदो जुलाई १ बाट उच्च प्रबिधिको प्रयोग गर्न लागिएको छ। सडक तथा यातायत नियममा परिबर्तन गरि संबन्धित निकायलाई स्पिड क्यामरा जस्तै प्रबिधि प्रयोग गरि मोबाइल प्रयोगकर्ताहरु को फोटो खिच्ने प्रबिधि प्रयोग गर्न यो परिबर्तित एक्ट २०१८ ले अधिकार दिएको छ।
यस नियमलाई सबै भन्दा पहिला लागु गर्ने स्टेटको रुपमा एनएसडब्लु रहेको छ । सडक मन्त्री मेलिण्डा पाभेले नयाँ प्रबिधिको प्रयोग संगै लापरबाही पूर्ण तरिकाले ड्राइभिङ्ग गर्दा गरिने मोबाइलको प्रयोगमा एकदमै कमि हुने र सडक सुरक्षा नीतिमा एनएसडब्लु राज्य सरकार आफ्नो आफ्नो लक्ष्यमा पुग्ने बताईन।  स्मरणिय रहोस कुनै पनि ड्राइभरलाई मोबाइल प्रयोग गरेको भेटिएमा ४ डेमेरिट पोइन्ट सहित $330 जरिबाना लाग्ने र उक्त सडक स्कुल जोनमा परेको खण्डमा उक्त जरिबाना  $439 रहेको छ।